ईनरुवा/सुनसरी प्रहरीले ठूलो मात्रामा लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ। शुक्रबार साँझ करिब ६:४५ बजे विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवा र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले चिरौलिचोकतर्फबाट बसपार्क आउँदै गरेका व्यक्तिहरूमाथि चेकजाँच गर्दा उनीहरूको साथबाट ब्राउन सुगर प्रतिबन्धित पदार्थ बरामद भएको हो। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमा— • रोशन खड्का (३७), मोरङ सुन्दरहरैचा-६ : २.०३ ग्राम • लालबहादुर बि.क. (३२), स्थायी ठेगाना नखुलेको : ०.३९ ग्राम • कुमार बिडारी (३१), धादिङ थाक्रे-१० : ८.०० ग्राम • राम आछामे
धरान/बराहक्षेत्र नगरपालिका–१ स्थित मदनभण्डारी राजमार्गअन्तर्गतको दुधपानी खोला तर्ने क्रममा शुक्रबार मोटरसाइकलमा बुबासँगै बगेकी १९ वर्षीया अनिता राई अझैसम्म फेला परेकी छैनन्। धरान–१६ का जीवन राई र छोरी अनिता सवार मोटरसाइकललाई शुक्रबार दिउँसो करिब १:५० बजे आकस्मिक बढेको भेलले बगाएको थियो। खोलामा बगेका दुवैजना सप्तकोशीमा पुगे पनि स्थानीय र प्रहरीले जीवनलाई भने सकुशल उद्धार गरेका थिए। तर छोरी अनिता भने वेपत्ता भएकी थिइन्। घटनापछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरका निरीक्षक दिवस कुँवरको कमाण्डमा ५ जना, चतराका सई राजन खड्कासहित ५ जना, र चतरा पुलबाट असई एकनाथ खतिवडासहित २ जना गरी १२ जन
सुनसरी/ सुनसरीको सप्तकोसी चतरामा शुक्रबार रातिदेखि लगातार परेको भारी वर्षासँगै बाढीको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागले आज (शनिबार) बिहान ५ः३५ बजे विशेष चेतावनी जारी गर्दै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो। विभागका अनुसार पछिल्लो १ घण्टामा सप्तकोसी चतरा वर्षामापन केन्द्रमा उल्लेखनीय वर्षा रेकर्ड गरिएको छ र अझै पानी पर्ने सम्भावना रहेको छ। यस कारण सो क्षेत्र हुँदै बग्ने साना–ठूला खोलामा बहाव तीव्र हुने र तटीय बस्तीहरू प्रभावित हुने खतरा बढेको विभागले जनाएको छ। ‘तटीय क्षेत्रमा बसोबास गर्नेहरूले उच्च सतर्कता अपनाउनुस्,’ विभागको चेतावनीमा भनिएको छ, &lsq
धरान/सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले कार्यभार सम्हाल्नु भएको छ । उपकुलपतिको नियुक्ति भएसँगै नियुक्ति पत्रका लागि उहाँ काठमाण्डौ जानु भएको थियो । बुधबार नियुक्ति प्राप्त गर्नु भएका नवनियुक्त उपकुलपति प्रा.डा. श्रेष्ठ आज शुक्रबार काठमाण्डौबाट धरान फर्किएर आजै प्रतिष्ठानको कुलपतिको पदको कार्यभार सम्हाल्नु भएको हो । कार्यभार सम्हाल्दै नवनियुक्त उपकुलपति प्रा.डा श्रेष्ठले चारजना पदाधिकारीको छलफल प्रतिष्ठानमा रहेका कर्मचारी कल्याण समाज, कर्मचारी कल्याण समाजसँग सहकार्य गरेर वीपीको विकासमा अगाडि बढ्ने बताउनुभयो । उह
धरान/ हृदयघातका कारण ज्यान गुमाएका यातायात मजदुर मुक्ति भुजेलकी छोरी आर्या भुजेलको शिक्षाका लागि हङकङमा रहनुभएकी रजीता राईले ११ हजार सहयोग गर्नु भएको छ । धरान धनकुटा रुटको यात्रुबाहक बसका चालक रहेका मुक्ति भुजेल गाडी लिएर मारेकटहरे गएका समय २०७८ मंसिर ६ गते राती सुतिरहेकैबेला हृदयघात भएको थियो । स्वर्गीय भुजेलका श्रीमति मिना भुजेल र छोरी आर्या भुजेल धरान ८ स्थित अरुणटोल सुकुम्बासी बस्तीमा बस्दै आउनुभएको छ । ७ वर्षिय आर्या धरान ८ दुर्गापथ स्थित जुनियरपायनिएर स्कुलमा कक्षा २ मा अध्ययनरतछिन् । बुवा गुमाएकी आर्याको शिक्षामा सहयोग गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष भ
धरान/सुनसरीको धरान उपमहानगरपालिका–१६, समिति मार्गस्थित एक कोठामा लागू औषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको छ। मिति २०८२ साउन २९ गते साँझ ६ः१० बजे अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको टोलीले २२ वर्षीय रकिल राईको कोठामा खानतलासी गर्दा ट्रामाडोल ५५० क्याप्सुल र डिकोलिक ५०० ट्याब्लेट फेला पारेको हो। लागू औषधसहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं/ अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ‘सोसल इयर २०२५ (सामाजिक वर्ष) को अवसरमा यो महिना (अगस्ट) मा विश्वभरि आठ प्रतियोगिता हुँदैछ, जसअन्तर्गत् एसियाको एक्लो प्रतियोगिताको रुपमा ‘हिमालयन क्वीन्स ग्याम्बिट’ आइतबार काठमाडौंमा आयोजना गरिँदैछ । हिमालयन चेस एकेडेमीले कोसी प्रदेश बुद्धिचाल महासंघ र सेन्ट जेभियर कलेजसँगको सहकार्यमा आयोजना गर्न लागेको हिमालयन क्वीन्स ग्याम्बिटमा १ सय महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘फिडेले सोसल इयरको अवसरमा यो वर्ष चेसमा महिलाको सहभागितालाई प्रोत्साहन गरेको छ । बौद्धिक
सुनसरी/ विशेष सूचनाको आधारमा खनार प्रहरी चौकी र CRV खनारको संयुक्त टोलीले इटहरी–११ बस्ने ३० वर्षीय मो.अवजल मियाको घरमा छापा मार्दा ठूलो मात्रामा लागू औषध बरामद गरेको छ। बुधवार दिउँसो २ बजे गरिएको खानतलासीमा ट्रामाडोल १,२६० क्याप्सुल र डिकोलिक ५१० क्याप्सुल लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको हो। घटनास्थलबाट चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय इटहरीमा बुझाइएको छ। पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा–७ का २४ वर्षीय सलमान मंसुरी, इटहरी–११ का १८ वर्षीय करण राई, इटहरी–१४ का २२ वर्षीय रुजित सरदार र सिरहा नगरपालिका–१० का २४ वर्षीय होम मुखिया रहेका छन्। प्रह
धरान/बिषादी परीक्षणमा खान अयोग्य ठहर भएपछि धरानस्थित कृषि उपज बजारमा १९ किलो रायोको साग गाडेर नष्ट गरिएको छ। कृषि उपज बजारस्थित बिषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले विभिन्न १० प्रकारका तरकारी परीक्षण गर्दा डाँडाबजारबाट आएको रायोको सागमा अर्गानोफस्फेट समूहको बिषादी अत्यधिक मात्रा पाइएको हो। एकाइका प्रमुख रुपेश रिजालका अनुसार उक्त सागमा ६१.९१४१ प्रतिशत अर्गानोफस्फेट भेटिएको छ, जुन सुरक्षित सीमा (३५% भन्दा कम) भन्दा धेरै हो। उनले ३५–४५ प्रतिशतको बीचमा देखिए ‘क्वारेन्टाइन’ राखी केही दिनपछि मात्र उपभोग गर्न मिल्ने जानकारी दिए। परीक्षण कृषि बजारमा मात्र केन्द्रीत भएको भन्दै
इटहरी/सुनसरीको झुम्का कारागारबाट एक कैदी बन्दी फरार भएका छन्। जबरजस्ती करणी मुद्दामा जीवन बिताइरहेका खोटाङ जिल्लाको दिप्रुङ चुईचुम्पा गाउँपालिका–२ बस्ने २८ वर्षीय रूपक पौडेल खत्री कारागारको बि ब्लकमा रहेको आफ्नै बासको सहारामा बाल चढेर करिब १६ फिट अग्लो वाल नाघेर फरार भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ईश्वर कार्कीले पुष्टि गरे कि, बुधबार बिहान नै अनुसन्धानको क्रममा खत्री फरार भएको देखिएको हो। उनी फरार भएपछि बिहानैदेखि व्यापक प्रहरी परिचालन गरी उनको खोजतलास जारी छ। डिआइजी कार्कीले भने, “फरार कैदीलाई चाँडै पक्राउ पर्ने विश्वास छ।” फरार घटनाको सम्बन्धमा