विरामीलाई राहत दिने बीपी प्रतिष्ठानको नयाँ निर्णय, अब पेइङ सेवामा अतिरिक्त शुल्क नलाग्ने

  • असोज २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विरामीहरुको गुनासोलाई मध्यनजर गर्दै पेइङ सेवामा राहत हुने गरि निर्णय गरेको छ ।

प्रतिष्ठानको नेतृत्वमा आएका उपकुलपति प्रा.डा.बिक्रमप्रसाद श्रेष्ठले जनगुनासोको सुनुवाई गर्दे पेइङ सेवा लिएका विरामीहरुलाई राहत पुग्ने गरि विभिन्न अतिरिक्त शुल्कहरु नलिने निर्णय गरेका हुन् । उनको निर्णय अनुसार अस्पताल प्रशासनले सोमबार सूचना एवं सर्कुलर पनि जारी गरिसकेको छ ।

प्रतिष्ठानका अनुसार आउदो कार्तिक १ गतेदेखि लागु हुने गरि विरामीले पेइङ सेवा लिदा अप्रेशन शुल्क मात्र पेइङको दररेटमा यथावत रहने भएको छ । त्यसबाहेकका सम्पुर्ण अतिरिक्त सेवाहरुको शुल्क नलिने र सामान्य अस्पताल दररेट अनुसार लाग्ने प्रतिष्ठानले जनाएको छ । विरामीले पेइङ सेवा लिदा महंगो अप्रेशन शुल्क तिर्नुपर्छ भने बेडमा भर्ना हुँदा पनि महंगो बेड चार्ज तिर्नुपर्छ ।

यस्तै, अप्रेशन अघि र पछि नर्सिङ तथा अन्य सेवाको पनि दैनिक शुल्क तिर्नुपर्छ भने डाक्टरहरुले दैनिकरुपमा विरामीलाई हेर्न आउदाको पनि अतिरिक्त स्वास्थ्य सेवाको नाममा महंगो शुल्क तिर्नुपर्छ ।

विरामी सामान्य वार्डमा भर्ना भएपनि चाडो अप्रेशन गर्न चाहदा पेइङ सेवामार्फत गराउछन्, र महंगो शुल्कहरु तिर्न बाध्य हुन्छन् । तर, विरामी एवं तिनका परिवारजनलाई अप्रेशन शुल्कबाहेक पनि यस्ता विभिन्न शुल्कहरुबारे जानकारी नहुँदा डिस्चार्ज हुने बेला धेरै पैसा तिर्नुपरेको गुनासो प्रतिष्ठानका उच्च अधिकारीहरुसम्म पुग्ने गरेको थियो ।

विरामीका तिनै गुनासोहरुलाई ध्यान दिएर उपकुलपति प्रा।डा।श्रेष्ठले पेइङ सेवाको शुल्कमा यस्तो निर्णय गरेका हुन् । कार्तिक १ गतेदेखि पेइङ सेवा लिएका विरामीहरुले अप्रेशन शुल्कबाहेक अन्य विभिन्न सेवाहरु जनरल (सामान्य) अस्पताल सेवाकै दररेटमा पाउनेछन् ।

‘अब उप्रान्त कुनै पनि विरामी सामान्य वार्डमा भर्ना भई शल्यक्रिया वा प्रक्रियाको लागि इएचएस स्किम अन्तर्गत बिलिङ गर्दा बेड चार्ज, रेडियोलोजी, ल्याब परीक्षणलगायत अन्य सेवाहरुको शुल्क सामान्य अस्पताल दररेड अनुसार लागू हुनेछ,’ अस्पताल निर्देशक डा.जगत नारायण प्रसादले जारी गरेको सूचनामा भनिएको छ ।

पेइङ वार्डमा भर्ना भएकालाई यथावत

सामान्य वार्डमा भर्ना भएर पेइङ सेवामार्फत शल्यक्रिया गर्दा वेड चार्ज, ल्याबलगायत सेवा शुल्क सामान्य सेवा अनुसार लिने निर्णय भएपनि पेइङ वार्डमा भर्ना भएका विरामीहरुको हकमा भने ती शुल्कहरु यथावत नै रहनेछ । पेइङ वार्डमा महंगो शुल्क तिरेर बिशेष सुविधासहित उपचार सेवा लिन चाहनेहरु भर्ना हुने गरेका छन् ।

अस्पताल प्रशासनका अनुसार पेइङ वार्डमा भर्ना भएका वा अन्य कुनै वार्डबाट बेड ट्रान्सफर भई आएका विरामीहरुको हकमा यो निर्णय लागु हुनेछैन । ‘पेइङ वार्डमा भर्ना भएका वा अन्य कुनै वार्डबाट पेइङ वार्डमा बेड ट्रान्स्फर भई आएका विरामीहरुको हकमा भने साविकको सूचना बमोजिम नै शुल्क यथावत रहनेछ,’ सूचना एवं सर्कुलरमा भनिएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved