वराहक्षेत्रमा वर्षाको प्रभाव : डुवान पीडितलाई उद्धार, राहत र उपचारमा स्थानीय सरकार सक्रिय

  • असोज २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/  असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाले वराहक्षेत्र नगरपालिकाका दर्जनभन्दा बढी बस्ती जलमग्न बनेका छन्। वडा नं ३ को नडाहा, इक्राई, वडा नं ४ को प्रतापपुर–दुब्याही, वडा नं ६ को ठाकुरवारी, वडा नं ९ को राजावास र वडा नं १० को विद्यालय पछाडिका क्षेत्र विशेष प्रभावित बनेका थिए।

अर्का क्षेत्रका पीडितहरूको दैनिकी सामान्य बन्दै गए पनि वडा नं ४ र वडा नं ११ का डुवान पीडितहरू अझै कष्टकर जीवन बिताइरहेका छन्। वडा नं ४ का प्रभावितहरूलाई खाद्यान्न र स्वास्थ्य समस्याले सताएको छ भने वडा नं ११ का पीडितहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा लैजानु परेको थियो।

नगरपालिकाले खाद्यान्न वितरण, स्वास्थ्यकर्मीमार्फत उपचार, औषधि वितरण, सरसफाइ र खानेपानी सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ। यसमा नगर प्रमुख रमेश कार्की, वडा अध्यक्ष आशाराम चौधरी, जनस्वास्थ्य निरीक्षक उमेश मेहता, भरौल स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलगायत सक्रिय रहेका स्थानीयले बताएका छन्।

वडा नं ११ का पीडितहरूलाई उद्धार गरी स्थानीय जनता मावि र कार्यपालिका सदस्य पंकज महत्बको घरमा अस्थायी सुरक्षित आवासको व्यवस्था गरिएको छ। सो कार्यमा नगर प्रमुख कार्की, वडाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दिवस कुवरसहित सुरक्षा निकाय सक्रिय भएको स्थानीय अजय गुप्ताले जानकारी दिए।

यस्तै, वडा नं ६ ठाकुरवारीका पीडितलाई खाद्यान्न वितरणसँगै रेडक्रसको सहकार्यमा त्रिपाल समेत वितरण गरिएको वडा अध्यक्ष उद्वब पोखरेलले बताए।

तीन दिनको वर्षाले वराहक्षेत्रमा सडक अवरुद्ध, बाढी र कटानको त्रास, विद्युत् तथा इन्टरनेट सेवामा अवरोध ल्याएको थियो। विशेषगरी वडा नं १ को कोशीपुल–वराहक्षेत्र सडक खण्डमा पहिरो खस्दा यातायात रोकिएको हो। तर अहिले विद्युुत, खानेपानी र इन्टरनेट सुचारु भइसकेको नगर प्रमुख कार्कीले बताए।

वराहक्षेत्र मन्दिर क्षेत्रमा पहिरो समस्या बुझ्न नगर प्रमुख कार्की, वडा अध्यक्ष किसन मगर र वडा सदस्य कुमार भट्टराई सोमबार बिहानै स्थल भ्रमणमा पुगेका थिए।

यसअघि, जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म भारी वर्षाको पूर्वानुमान गरेसँगै वराहक्षेत्र नगरपालिकाले नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक बोलाएर पूर्वतयारी, उद्धार र राहत व्यवस्थापन सम्बन्धी निर्णय लिएको थियो।

स्थानीयहरूका अनुसार, वर्षाका कारण केही चौपाया मरे पनि मानव क्षति भने भएको छैन। यात्रुहरूलाई पहिरोमा फसेको अवस्थामा सुरक्षा निकायले सकुशल उद्धार गरेको छ। उद्धार, राहत, अस्थायी आवास र स्वास्थ्य उपचारमा सक्रिय भएर काम गरेको वराहक्षेत्र नगरपालिकाको भूमिका उल्लेखनीय रहेको स्थानीयवासीहरूले बताएका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved