सुनसरीमा लागुऔषधसहित दुई युवा पक्राउ

  • असोज २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/जिल्ला सुनसरीको कोशी गाउँपालिका–२ मा अवैध लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

मिति २०८२ असोज २२ गते राति ११:१५ बजे इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले उत्तर–दक्षिण भित्री सडकखण्डमा पैदल यात्रुहरूको चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१०, प्रकासपुरका २६ वर्षीय सरोज विश्वकर्मा र कोशी गाउँपालिका–२ का २१ वर्षीय सनम माझी रहेका छन्।

चेकजाँचका क्रममा सनम माझीको रातो झोलामा लुकाइएका २,४०० पिस Tramol-50 ट्याब्लेट, १०० पिस Nitzascen-10 ट्याब्लेट, र Laborate लेखिएको झोल १ बोतल सहितको जम्मा २,५०० पिस लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएका लागुऔषधसहित दुबै जना हाल जिल्ला प्रहरी कार्यालय सुनसरीमा नियन्त्रणमा रहेका छन् र थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रहरीले हालै लागुऔषध कारोबार र ओसारपसार विरुद्ध सशक्त अभियान सञ्चालन गरेको र यस्ता अवैध क्रियाकलापमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved