मेचीनगरमा एक सातादेखि बेपत्ता युवक मृत फेला

  • असोज २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ मेचीनगर–१ देवीगन्जका २५ वर्षीय सुजन राजपुत एक साता अघिदेखि बेपत्ता थिए। खोजतलासको क्रममा शुक्रबार बिहान उनी मृत फेला परेका छन्।

राजपुतको शव सोही वडाकी सीता पाण्डेको धान खेतमा सडेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तिरिङले जनाएको छ। शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै प्रहरी चौकी तिरिङबाट टोली खटिएर घटनास्थल पुगेको थियो। प्रहरीले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।

घटनाबारे विस्तृत विवरण संकलन गर्दै प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved