धरान/ सशस्त्र प्रहरी बलले सुनसरीको धरानबाट साढे २१ सय किलोभन्दा बढी अवैध गाँजासहित एक ट्रक नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरानका अनुसार आज (सोमबार) धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्ग खण्डबाट प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो। भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त ट्रक विशेष सूचनाका आधारमा रोकेर जाँच गरिएको थियो। जाँचका क्रममा ट्रकमा रहेको ३१ बोरा अदुवा र तरकारीका बोरा मुनि लुकाएर राखिएको ७० बोरा गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजाको तौल करिब २ हजार १ सय किलोभन्दा बढी रहेको प्रारम्भिक
इटहरी/ सुनसरीको रामधुनी नगरपालिका–२ मा खसी चोरीको प्रयासका क्रममा खुकुरी प्रहारबाट एक युवकको ज्यान गएको छ। सोमबार बिहान करिब २ः३० बजे रामधुनी–२ शिवनगरस्थित सन्तोष चौधरीको घरमा चोरी गर्न आएका रामधुनी–४ लालपुरका ४२ वर्षीय राकेश चौधरी घाइते भएका थिए। चोरीको प्रयास भइरहेको देखेपछि घरधनीले होहल्ला गरेका थिए। होहल्ला सुनेर चौधरी भागे पनि उनलाई खेद्दै जाँदा घरधनीले खुकुरी प्रहार गरेका थिए। प्रहारले चौधरीको दाहिने हातको नाडीमा गम्भीर चोट लागेको थियो।घाइते चौधरीलाई तत्काल झुम्कास्थित साई अस्पतालमा पुर्याइएको थियो। त्यहाँबाट थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिए पनि ब
धरान/ पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले गम्भीर समस्या भोगिरहेको छ। धरान–२० स्थित सुलिकोट मार्गमा पर्ने स्थानीय काली खोलामा दैनिक सयौं मानिस नुहाउने र लुगा धुने गरेका कारण त्यही खोला आसपास बसोबास गर्ने १२५ घरधुरी फोहर पानी पिउन बाध्य भएका छन्। नेपालमा मनसुन नआउँदै गर्मी अत्यधिक बढिरहेको बेला विराटनगर लगायत आसपासका ठाउँबाट समेत मानिसहरू काली खोलामा आउन थालेका छन्। गर्मी छल्न र रमाइलो गर्न खोलामा पौडी खेल्ने, साबुनसहित नुहाउने, लुगा धुने क्रमले खोलाको पानी दुर्गन्धित र प्रदूषित बनेको छ। स्थानीयहरू आक्रोशित स्थानीयवासीका अनुसार यस्तो समस्या १६&ndas
फिदिम/ पाँचथरको हेवाखोला क्षेत्रमा निर्माणाधीन बेलिब्रिज भाँचिँदा तीन जना मजदुरको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। शनिबार अपराह्न फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई जोड्ने मेची राजमार्ग अन्तर्गतको अस्थायी बेलिब्रिज जडानको अन्तिम चरणमा पुग्दा अचानक पुल भाँचिएको हो। पुल भाँचिँदा काममा संलग्न मजदुरहरू खोलामा खस्दा ६ जना घाइते भएका थिए। घाइते सबै मजदुरलाई सुरुमा फिदिम अस्पतालमा लगिएको थियो। अवस्था गम्भीर भएपछि उनीहरूलाई थप उपचारका लागि विराटनगरस्थित नोबल अस्पताल पठाइएको थियो। नोबल अस्पतालमा उपचारको क्रममा बाराको सिमरा उपमहानगरपालिका–१२ का ३ जना मज
सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करेन्ट लागेर एकै परिवारका श्रीमान–श्रीमतीको ज्यान गएको छ। सुन्दरहरैंचा नगरपालिका–७ निवासी ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया पत्नी फूलमाया लिम्बूको माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार मदेली खोलाको पुलमुनि विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृतक पूर्णबहादुरले बिजुलीको पोलबाट हुक जोडेर खोलामा करेन्ट प्रवाह गर्दा श्रीमतीसहित आफैँ पनि करेन्ट लागेर ज्यान गुमाएका हुन्। घटना शनिबा
झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउको झाडीमा एक अन्दाजी ३५–४० वर्षका पुरुषको शव फेला परेको छ। स्थानीयवासीले शव देखेपछि इलाका प्रहरी कार्यालय धुलाबारीलाई खबर गरेका थिए। प्रहरीका अनुसार मृतक पहाडी मूलका जस्तो देखिने भए पनि उनको परिचय खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। मृतकको पहिचान खुलाउने र मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
ईनरुवा/ सुनसरीको ईनरुवामा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। बिहिबार राति १०ः३० बजेको समयमा ईनरुवा नगरपालिका–४ स्थित बसचौक नजिक पूर्व–पश्चिम राजमार्गमा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले चेकजाँचका क्रममा स्कुटरमा लागूऔषध फेला पारेको हो। पश्चिमबाट पूर्वतर्फ गइरहेको बा.प्र.०२–०५२ प ७७५७ नम्बरको स्कुटर चेकजाँच गर्दा डिक्कीभित्र प्लास्टिकमा पोका पारेर राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने लागूऔषध २७.९२ ग्राम फेला परेको प्रहरीले जनाएको छ। लागूऔषधसहित सिन्धुलीको
धरान/ धरान–१२, चतरालाइनस्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजको प्राङ्गणमा आयोजित ‘फुड फेस्टिवल २०२५’ आज दोस्रो दिनमा प्रवेश गरेको छ। जेठ २९ देखि ३१ गतेसम्म चल्ने तीन दिने महोत्सव बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणका लागि निःशुल्क प्रवेशसहित खुला गरिएको छ। कलेजका निर्देशक अनिल श्रेष्ठका अनुसार, “फेस्टिवल विद्यार्थीहरूको व्यवहारिक सीप र सिर्जनशीलता देखाउने जीवन्त अवसर हो। विद्यार्थीहरूले तयार गरेका परिकार, खेल र व्यवस्थापन सिपमार्फत उनीहरूको व्यावसायिक क्षमता प्रत्यक्ष रूपमा जनसमक्ष प्रस्तुत भइरहेको छ।” फेस्टिव
धरान/मिति २०८२ जेठ २९ गते (आज)(१२:१० बजे) धरान उपमहानगरपालिका वडा नं. १६ जोरसखुवा भुमीपथ क्षेत्रबाट लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोली त्यहाँ पुग्दा ३४ वर्षीय रोहित विष्टले THC GATSBY लेखिएको प्लाष्टिकको बट्टा फालेर भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको थियो। प्रहरीले उक्त बट्टा खोली हेर्दा कालो प्लास्टिकमा बेरी स-साना १८ वटा बुलेटजस्तै पोका बनाइ राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने लागू औषध फेला परेको जनाएको छ। तौल जाँच गर्दा लागू औषधको परिमाण १.०२ ग्राम (१ ग्राम २० मिलिग्राम) रहेको पाइएको हो। हाल उ
ताप्लेजुङ/ ताप्लेजुङ र पाँचथर जिल्लाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ। ताप्लेजुङको फुङलिङ नगरपालिका–४ स्थित लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा फुङलिङ नगरपालिका–११ का २१ वर्षीय रोमन विश्वकर्मा, सिन्धुली दुधौली–१० का २७ वर्षीय देवबहादुर विक, फक्तालुङ गाउँपालिका–३ का ३२ वर्षीय मन्दिप लिम्बू र भारतीय नागरिक मनोज साहलाई ३३३ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। यस्तै, पाँचथरको फिदिम नगरपालिका–४ मा पनि प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्र