स्वास्थ्य

    Showing 21-30 of 2,527 items.
  • सप्तकोशीमा माछा मार्ने, दाउरा टिप्ने र सेल्फी खिच्न रोक

    सुनसरी/ सप्तकोशीका सहायक नदीहरूमा पानीको बहाव बढिरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। प्रहरीले बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो। प्रहरीले नदी तटीय क्षेत्रमा माछा मार्ने, दाउरा टिप्ने, सेल्फी खिच्ने तथा भिडियो बनाउनेलगायतका गतिविधि नगर्न आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित रहनसमेत प्रहरीले अनुरोध गरेको छ।

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 99 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चोरी मुद्दामा ४ वर्ष कैद र ३० हजार जरिवाना तोकिएका धरानका सुवे परियार पक्राउ

    धरान/चोरी मुद्दामा अदालतबाट ४ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएपछि लामो समयदेखि फरार रहेका धरानका एक व्यक्ति पक्राउ परेका छन्। सुनसरीको धरान उपमहानगरपालिका–८ का ३८ वर्षीय मक्कर भन्ने सुवे परियारलाई प्रहरीले पक्राउ गरेको हो। अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा शनिबार साँझ ६ः३० बजे परियारलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ। परियारविरुद्ध काठमाडौं जिल्ला अदालतले २०७५ चैत ५ गते चोरी मुद्दामा ४ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेपछि उनी फरार रहँदै आएका थिए। पक्राउ परेका परियारलाई आवश्य

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 709 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भन्सार छलेर भारत लैजान लागिएको ५ लाखको फर्सीको बियाँ झापामा बरामद

    झापा/ भन्सार छलेर भारततर्फ लैजान तयारी अवस्थामा राखिएको करिब ५ लाख रुपैयाँ मूल्यको ५७० किलो फर्सीको बियाँ झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले बरामद गरेको छ। मेचीनगर नगरपालिका–६ स्थित तुर्केनीबाट शनिबार बिहान ठूलो परिमाणमा फर्सीको बियाँ बरामद गरिएको हो। भारततर्फ अवैध रूपमा लैजान तयारी अवस्थामा राखिएको बियाँ सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी नायव उपरीक्षक योगबहादुर थापाको कमाण्डमा परिचालित गस्ती टोलीले बिहान ३ः४५ बजे तुर्केनी क्षेत्रमा शंकास्पद गतिविधि देखेपछि जाँच गर्दा १९ बोरा फर्सीको बियाँ फेला पारेको थियो

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 109 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोटेकोशीको बाढीपछि धरानका भूगर्भविद् मुकेश बेपत्ता, परिवारमा बढ्यो चिन्ता

    धरान/भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी त्रिशूली–३ क्षेत्रमा प्रवेश गरेपछि धरानका भूगर्भविद् मुकेश नेपाल सम्पर्कविहीन भएका छन्। बाढी आएको दिनदेखि मुकेशको अवस्था अज्ञात रहेपछि धरान–६ पानबारीस्थित उनको परिवार गहिरो चिन्तामा परेको छ। त्रिशूली–३ आयोजना अन्तर्गत हेवा जलविद्युत् परियोजनामा भूगर्भविद्का रूपमा कार्यरत मुकेशले मंगलबार साँझ परिवारसँग फोनमा कुराकानी गरेका थिए। त्यसपछि भने उनको मोबाइलमा सम्पर्क हुन नसकेको उनका बुबा रमेश नेपालले बताए। ‘नेपाल सरकारबाट अहिलेसम्म केही प्रतिक्रिया आएको छैन। कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग समन्वय गर्दा पनि आयोजनासँग पर्याप्त समन

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • 489 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोटेकोशी बाढीपीडितको घाउमा बराहक्षेत्रको मल्हम, भत्ता–पारिश्रमिक सहयोग र बेपत्ता परिवारलाई ५० हजार

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले भोटेकोशीमा आएको भीषण बाढीपीडितको राहत तथा उद्धारका लागि जनप्रतिनिधिको भत्ताबाट , कर्मचारी शिक्षक , स्वास्थ्यकर्मीको पारिश्रमिकबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शनिवार बिहान बसेको कार्यापालिका तथा नगर स्तरिय विपद व्यवस्थापन समितिको बैठकले जनप्रतिनिधिको भत्ताबाट नगर प्रमुखबाट १० हजार , उपप्रमुखबाट ७ हजार , वडा अध्यक्षहरुमा ५ / ५ हजार , कार्यपालिका सदस्यहरुबाट २/२ हजार त्यस्तै वडा सदस्यहरुबाट १ हजार ५ सय र नगरपालिका मातहतका अधिकृत स्तर भन्दा माथिका तहका कर्मचारीबाट ३ दिनको अन्य तहका कर्मचारी , शिक्षक तथा नगर अस्पताल र चतरा अस्पतालमा कार्यरत स्व

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • 99 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विशेष प्रार्थनासँगै बाढीपीडितका लागि अन्जुमन इस्लामियाले राहतकोषमा दियो ७५ हजार

    धरान/ गत भदौ १० गते रसुवा जिल्लाको सिमा क्षेत्र रसुवागढी र तल्लो तटीय क्षेत्रमा भोटकोशी र त्रिसुली नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै शुक्रबार धरान-३ स्थित धरान जामे मस्जिद नेपालले सरकारको राहतकोषमा सहयोग रकम प्रदान गरेको छ । उक्त घटनामा परि मृत्यु हुने मृतकहरूप्रति भावपूर्ण श्रदाञ्जली अर्पण, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बिध्वंसकारी बाढीबाट पिडितहरुको शान्तिको निम्ति र यथाशिघ्र जनजिवन सामान्य होस भनी विशेष प्रार्थना गरिएको अन्जुमन इस्लामिया धराना महासचिव अफाक अहमदले जानकारी दिए । भोटेकोशी र

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 738 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मृतकको सङ्ख्या ५३८ पुग्यो, ९७७ सम्पर्कविहीन

    काठमाडौँ/ रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज दिउँसो ३ बजेसम्म सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी ९पूर्व० मा १३४, नवलपरासी ९पश्चिम० मा २७, तनहुँमा २८ र चितवनमा १२१ रहेका छन् । गोरखामा फेला परेका मृतकको विवरणमा विभिन्न मानव अङ्गसमेत समावेश गरिएको प्राधिकरण्ले जनाएको छ । प्राधिरकणको प्रवक्ता शान्ति महतले बाढीपछि ९७७ जना सम्पर्कविहीन रहेको जानकारी दिनुभयो । सम्

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 104 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोटेकोशी बाढी : चार सय ८९ को शव फेला, २८ प्रहरी सम्पर्कविहीन

    काठमाडौं/ रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन् । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढीपछि विभिन्न जिल्लाबाट हालसम्म ४८९ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३७, धादिङमा ४०, चितवनमा १८६, गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वी क्षेत्रमा ११२ र पश्चिम क्षेत्रमा २८ जना रहेका छन्। त्यस्तै, बाढीबाट प्रभावित १ हजार ४७३ जनाको उद्धार तथा उपचार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 90 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुख्यमन्त्रीसहितको टोलीद्वारा स्थलगत निरीक्षण:तत्काल बजेट र नियन्त्रणको प्रतिबद्धता

    बराहक्षेत्र/ सप्तकोशी नदीले बराहक्षेत्र नगरपालिका–६ र ९ अन्तर्गत कोशीपारि रहेको श्रीलंका टप्पु क्षेत्रमा तीव्र कटान गर्न थालेपछि जोखिम न्यूनीकरण र कटान नियन्त्रणका लागि कोशी प्रदेश सरकारसहित सरोकारवाला निकायको उच्चस्तरीय टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ। बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्की र उदयपुरको बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीको सक्रियतामा कोशी प्रदेश सरकारको टोली प्रभावित क्षेत्रमा पुगेको हो। टोलीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमुख्यमन्त्री उद्धव थापा र राजेन्द्रकुमार राई, उपसभामुख सिर्जना दनुवार, प्रदेश सरकारका

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 725 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला

    काठमाडौँ/  रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला, ६९ पुरुष, १० जना बालिका, ७ जना बालक र ५० जनाको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार रसुवामा २ जना पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा ४ महिला र ६ पुरुष र पहिचान नखुलेका २ जना, धादिङमा ९ महिला, ११ पुरुष, एक बालिका तथा पहिचान नखुलेको ६ जनाको शव भेटिएको छ । गोखरामा दुई महिला, १० पुरुष, एक बालक र पहिचान नखुलेका ७ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार चितवनमा १५ महिला, १९ पुरुष, २ जना बालिका, चार बालक र पहिचान नखुलेका २९ जनाको शव भेटिएको छ । त्यसैगरी

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 99 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved