लागुऔषधसहित सुनसरीमा तीन जना पक्राउ

  • असोज १६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इनरुवा/  सुनसरीको सीमावर्ती कोशी गाउँपालिका क्षेत्रबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बिहीबार साँझ कोशी गाउँपालिका–१, लौकही भन्सार गेटबाट लागुऔषधसहित दुई जना र भोक्राहा नरसिंह गाउँपालिका–६, ईस्राइल कामतस्थित चेकपोस्टबाट एक जना पक्राउ परेका हुन् ।

लौकहीस्थित सशस्त्र प्रहरी बल, नेपाल (बीओपी) लौकहीबाट खटिएको चेकपोस्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०५३ प ४६९६ नम्बरको बजाज कम्पनीको २०० सीसीको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो ।

शंकास्पद लागेर चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध फेला परेपछि कोशी गाउँपालिका–४, जुधगन्जका २५ वर्षीय शम्सेर आलम र २२ वर्षीय अलिसेर मियाँलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूको साथबाट नेट्रोकोर र स्पास्मो प्लस–१३६ बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका आलम र मियाँलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैगरी भोक्राहा नरसिंह गाउँपालिका–६, ईस्राइल कामतस्थित चेकपोस्ट टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इटहरी उपमहानगरपालिका–५, पिपलचोकका १८ वर्षीय मनिष लिम्बूलाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ ।

पत्रकार गोविन्द बस्न ...

धरान/ धरान खेलकुद मञ्चले आयोजना गरेको तेस्रो धरान ...

सुनसरीमा सडक किनारमा ...

धरान/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ ...

दमकमा भारतीय नक्कली ...

दमक/ झापाको दमकमा भारतीय नक्कली नोटसहित दुई जना भारतीय ...

युएन–नवोदय कलेजमा नव ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन&ndash ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved