धरानमा बेवारिसे अवस्थामा भेटिएका ८२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु

  • असोज १४, २०८३
  • कोशीपत्र/संवाददाता
alt सागेतिक तस्बिर

धरान/ धरान–१७ को रेल्वे क्षेत्रमा बिरामी अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार असोज ३ गते साँझ करिब ७ः३० बजे रेल्वे क्षेत्रमा मागी खाई डुल्दै आएका ती पुरुषलाई धरान उपमहानगरपालिकाको नगर प्रहरी टोलीले बिरामी अवस्थामा फेला पारेको थियो।

नगर प्रहरीले उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पुर्‍याएको थियो।

प्रतिष्ठानमा उपचाररत उनको असोज ४ गते दिउँसो ३ः३३ बजे मृत्यु भएको अस्पतालमा खटिएका प्रहरीले इलाका प्रहरी कार्यालय धरानलाई जानकारी गराएका थिए।

त्यसपछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक बिनालाल साह तेलीको कमाण्डमा सोकोसहितको टोली घटनास्थल तथा अस्पताल पुगेको थियो।

मृतकको शव प्रतिष्ठानकै शवगृहमा राखिएको थियो। सुरुमा नामथर र वतन खुल्न नसकेका ती पुरुषको मिति २०८३/०६/ १३ गते मंगलबार मृतककि छाेरीले पहिचान गरेपछि   अनुसन्धानका क्रममा उदयपुरको ताप्ली गाउँपालिका–४ निवासी ८२ वर्षीय छबिलाल नेपालीका रूपमा खुलेको प्रहरीले जनाएको छ।

उनको पहिचान छोरी थानकुमारी नेपालीबाट खुलेको प्रहरीले जनाएको छ।

धरानमा ट्रामोलसहित ३ ...

धरान/ धरानमा लागूऔषध ट्रामोलसहित एक जना पक्राउ परेका छन ...

धरानमा एलिट एक्स बाझ ...

धरान/ धरान–१७ स्थित श्री माध्यमिक विद्यालयको प्रा ...

बराहक्षेत्रमा चाडबाड ...

बराहक्षेत्र/ बराहक्षेत्रमा चाडबाड लक्षित गरेर नगर क्षेत ...

आईपीओ जारी गर्ने तया ...

विराटनगर/  विराट एग्रो लिमिटेडले सर्वसाधारणका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved