स्वास्थ्य

    Showing 261-270 of 2,527 items.
  • बुहारीले खुवाइन ‘बिष’ ! सासूको मृत्यु, ससुरा आईसीयूमा

    धरान / मोरङ — बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा बुहारीले सासू–ससुरालाई ‘विष मिसाइएको खाना’ खुवाइदिएको आरोपमा एक महिला पक्राउ परेकी छिन्। घटनामा ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको छ भने ७० वर्षीय भक्तबहादुर राई गम्भीर अवस्थामा आईसीयूमा उपचाररत छन्। शनिबार दिउँसो वृद्ध दम्पती बेहोस अवस्थामा फेला परेपछि घटना सार्वजनिक भएको हो। भक्तबहादुर राई घरनजिकैको खोल्सामा ढलेका अवस्थामा भेटिए भने इन्द्रमाया घरभित्रै अचेत अवस्थामा पाइइन्। त्यही बेला खोरमा रहेका तीन कुखुरा समेत मृत फेला परेपछि खानेकुरामै विष हालिएको आशंका झनै प्रबल बनेको प्रहरी प्रवक्ता डीएसपी हरिनन्दन चौ

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 422 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बला*त्कारपछि घाँटी रेटेर ह*त्या : लेटाङकी अंशुको ज्यान लिने छिमेकी पक्राउ

    धरान/  मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीय अंशु गौतमको बलात्कारपछि घाँटी रेटेर हत्या गरेको अभियोगमा ५९ वर्षीय छिमेकी पदम अधिकारीलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै अधिकारीलाई सार्वजनिक गरेको हो। उनी मृतककै छिमेकी र पेशाले ज्याला–मजदूरी गर्ने व्यक्ति हुन्। प्रहरीले जनाएको छ कि अधिकारी घटना खुल्न नपरोस् भनी भारत भागेका थिए। निरन्तर खोज र सुराकीका आधारमा उनलाई नेपाल फर्कने क्रममा पक्राउ गरिएको छ। अंशु असोज २१ गते घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भइन् । तर साँझसम्म घर नफर्केपछि परिवारले खोजतला

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 599 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ग्यारेजभित्रै गाडीमा गाँजा लोड गर्दै गर्दा ३ जना पक्राउ

    धरान/  सुनसरीको धरान उप–महानगरपालिका–१ कृषि बजार नजिक रहेको ‘साफिर’ नामक ग्यारेजमा गाडीमा गाँजा लोड गर्दै गरेका तीन जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा हिजाे (शनिबार) दिउँसो १ बजे गरिएको छापामा १४९ किलो गाँजा समेत बरामद गरिएको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले मे.१–ज २०१८ नम्बरको सवारी साधनबाट गाँजा अनलोड/लोड गर्ने क्रममा तिनै जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी–४ का २९ वर्षीय इन्द्रकुमार लिम्बु, सहिदभूमि–४ का २५ वर्षीय जिबस

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 657 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागूऔषध ओसारपसार गर्ने २ जना पक्राउ

    धरान/  जिल्ला सुनसरी, धरान उप–महानगरपालिका वडा नं.–५ देउराली भोटे बस्तीमा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचना पाएपछि अस्थायी प्रहरी चौकी देउरालीको टोलीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ। मंसिर २० गते राति २ बजे गएको चेकजाँच क्रममा वडा नं.–५ का २२ वर्षीय जितेन्द्र राई र धनकुटा जिल्ला, साँगुरीगढी गाउँपालिका वडा नं.–७ का २२ वर्षीय जीवन राईको साथबाट ट्रामाडोल–७० र स्पास्मो–७० गरी कुल १४० पिस ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले दुवैजनालाई लागूऔषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा लगेको र थप अनुसन्धान जारी रहेको बताएको छ।

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 613 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रेडक्रसको एम्बुलेन्समा ५१ किलो गाँजासहित चालक पक्राउ

    सर्लाही/ मानवीय सेवा गर्ने उद्देश्यले प्रयोग गरिने रेडक्रसको एम्बुलेन्समै ठूलो परिमाणको गाँजा फेला परेको छ। हरिवन नगरपालिका–५, घुर्कौलीस्थित हिरालाल टोलमा ज १ च १५५८ नम्बरको एम्बुलेन्समा लागुऔषध लुकाइ–छिपाइ गरी ढुवानी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पछ्याउँदै नियन्त्रणमा लिएको हो। नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता गरिएको सो एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा पछाडिको भागमा बोराभित्र लुकाइएको ५१ किलो ५०० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति एम्बुलेन्स चा

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 408 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लेटाङकी अंशुको हत्*यामा छिमेकीकै हात रहेको प्रहरी संकेत,१ जना पक्राउ

    सुनसरी/मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या छिमेकी पदम अधिकारीले गरेका हुन् भन्ने निष्कर्षमा प्रहरी पुगेको छ। करिब ५०–५२ वर्षका पदमलाई नियन्त्रणमा लिएर विस्तृत सोधपुछ जारी छ। प्रहरी स्रोतका अनुसार उनले हत्या गरेको स्वीकार गरिसकेका छन्, यद्यपि प्रहरी अधिकारीहरूले आधिकारिक रुपमा पुष्टि गर्न बाँकी छ। असोज २१ गते घरबाट निस्किएकी अंशुको शव कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र टाउको र शरीर छुट्टिएको भयानक अवस्थामा भेटिएको थियो। शव कुहिंदा धेरै प्रमाण नष्ट भएकाले अनुसन्धान निकै चुनौतीपूर्ण बनेको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानमा अंशु घर

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 555 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र नगर अस्पतालबाट बिशेषज्ञ सहितको दन्त सेवा सुरु , सेवा बढाउदै अस्लताल ग्रामिण क्षेत्रका नागरिकलाई सुविधा

    वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पतालले विशेषज्ञ सहितको दन्त सेवा सुरु गरेको छ । नगर अस्पतालले सुरु गरेको बिशेषज्ञ सहितको दन्त सेवाको अस्पताल सञ्चालन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले उद्घाटन गरेका छन् ।  शुक्रवार भएको दन्त सेवाको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख तथा अस्पताल सञ्चालन समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडा नं ६ का अध्यक्ष उद्बव प्रसाद पोखरेल , वडा नं ७ का अध्यक्ष कपिल आचार्य , अस्पताल सञ्चालन समितिका सदस्य अनु गुरुङ्ग , रत्न बहादुर राउत , नगर स्वास्थ्य शाखाका प्रमुख रन्

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 539 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महेन्द्रनगर स्वास्थ्य चौकी अब नयाँ आधुनिक भवनबाट सेवा विस्तार, वराहक्षेत्रवासीलाई सहज स्वास्थ्य सेवा

    सुनसरी/ वराहक्षेत्र नगरपालिका–६, चक्रघट्टीस्थित महेन्द्रनगर स्वास्थ्य चौकी अब नवनिर्मित आधुनिक भवनबाट विस्तारिएको सेवासहित सञ्चालनमा आएको छ। साकेला पार्कअगाडिको साझा भवन परिसरमा बनेको नयाँ संरचनाको रिबन काट्दै नगर प्रमुख रमेश कार्कीले स्वास्थ्य सेवाको औपचारिक शुभारम्भ गरेका हुन्। नेपाल सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत मझौला र साना शहरहरुमा खानेपानी, सरसफाइ तथा स्वास्थ्य पहलमार्फत कोभिड–१९ रोकथाम तथा नियन्त्रण कार्यक्रमले निर्माण गरेको सामुदायिक बहुउद्देश्यीय भवन ७६० वर्गमिटर क्षेत्रफलमा फैलिएको आधुनिक संरचना हो। १६ बेड क्षमताका दुई कोठासहित प्रशासनिक कक्ष, नर्सिङ

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 467 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट दुई युवा लागू औषधसहित पक्राउ

    धरान/  विशेष सूचनाका आधारमा अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको टोलीले धरान–१६ नौलोबस्ती क्षेत्रमा जारी लागू औषध ओसारपसारको गतिविधि रोक्न छापा मार्दा दुई युवालाई ठूलो परिमाणको नशालाग्दासहित नियन्त्रणमा लिएको छ। प्रहरीले धरान–१६ का २७ वर्षीय दिल कुमार राईको साथबाट ट्रामाडोल ६१ र स्पासपेन ६१ गरी कुल १२२ ट्याब्लेट फेला पारेको छ। त्यस्तै, धरान–१३ का २७ वर्षीय सागर भुजेलको साथबाट ट्रामाडोल ७७ र स्पासपेन ७७ गरी १५४ ट्याब्लेट बरामद गरिएको छ। दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी छ।

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 435 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुन्दरहरैंचामा अपाङ्गता भएका दुई जनालाई व्हीलचेयर

    सुन्दरहरैंचा/  मोरङको सुन्दरहरैंचा नगरपालिका - ६ मा अपाङ्गता भएका दुई जनालाई व्हीलचेयर वितरण गरिएको छ।    गणेश लीला आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा सुन्दरहरैंचा डिपु टोल निवासी मान बहादुर राई र हाम्रो टोल विकास संस्थाका टंक बहादुर श्रेष्ठलाई ह्वील चेयर वितरण गरिएको कार्यक्रमका अध्यक्ष तथा समाजसेवी मान बहादुर श्रेष्ठले जानकारी दिए। अध्यक्ष तथा समाजसेवी श्रेष्ठ तथा धन बहादुर याम्फु राईको पहलमा स्पाइनल इन्जुरी संघ कोशी प्रदेशका अध्यक्ष बिक्रम घिमिरेबाट प्राप्त व्हीलचेयर वितरण गरिएको हो।    कार्यक्रमका प्रमुख अतिथि इन्जिनियर खड्ग बहादुर बस्नेतले अपाङ

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 293 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved