बला*त्कारपछि घाँटी रेटेर ह*त्या : लेटाङकी अंशुको ज्यान लिने छिमेकी पक्राउ

  • मंसिर २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीय अंशु गौतमको बलात्कारपछि घाँटी रेटेर हत्या गरेको अभियोगमा ५९ वर्षीय छिमेकी पदम अधिकारीलाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै अधिकारीलाई सार्वजनिक गरेको हो। उनी मृतककै छिमेकी र पेशाले ज्याला–मजदूरी गर्ने व्यक्ति हुन्। प्रहरीले जनाएको छ कि अधिकारी घटना खुल्न नपरोस् भनी भारत भागेका थिए। निरन्तर खोज र सुराकीका आधारमा उनलाई नेपाल फर्कने क्रममा पक्राउ गरिएको छ।

अंशु असोज २१ गते घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भइन् । तर साँझसम्म घर नफर्केपछि परिवारले खोजतलास सुरु गर्‍यो।

भोलिपल्ट प्रहरीमा निवेदन दिएपछि व्यापक खोजी सुरु भयो। बेपत्ता भएको १८ दिनपछि, कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र सडेगलेको, क्षतविक्षत अवस्थामा शव फेला परेको थियो। शरीर र टाउको छुट्टिएको, कपडा छेउमै फालिएको अवस्थामा भेटिएको शवको पहिचान चप्पल, कपडा र डीएनए परीक्षणबाट पुष्टि भएको थियो।

प्रहरी अनुसन्धानले खुलाएको अनुसार अधिकारीले विद्यालय नजिकै खेल्ने बहाना बनाएर अंशुलाई साथीबाट छुट्याएका थिए। छेउमै रहेकी साथीलाई ५ रुपैयाँ दिएर दिदी खोज्न पठाइदिएपछि अंशुलाई “घाँस काट्न सघाउन जाऊ” भन्दै जंगलतिर लगे। साइकलमा करिब ४ किलोमिटर जंगल भित्र पुर्याएर बलात्कार गरेका थिए। घटना बताइदिने डरले अधिकारीले हसियाँले घाँटी रेटेर हत्या गरे। प्रमाण लुकाउन शरीरका अङ्ग टुक्रिएको अवस्थामा भेटिएको थियो।

जिल्ला प्रहरी, कोशी प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को संयुक्त टोलीले मोबाइल डेटा, कल डिटेल, फरेन्सिक जाँच, समुदाय प्रोफाइलिङ र घटनास्थल पुनर्निर्माणको आधारमा अनुसन्धान अघि बढाएको थियो। ३०० भन्दा बढी व्यक्तिसँग सोधपुछ गरिएको र ४५ जनाको लिखित बयान संकलन गरिएको थियो।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार अंशुले घटना आफन्तलाई बताइदिन्छिन् भन्ने डरले अधिकारीले हत्या गरेको पुष्टि भएको छ। शव सडिसकेको, टाउको छुट्टिएको र जंगलको गहिराइले अनुसन्धान जटिल भए पनि वैज्ञानिक विधि प्रयोग गरी हत्यारा पक्राउ गरिएको छ।

पोस्टमार्टम भइसके पनि परिवारले न्याय नपाएसम्म शव बुझ्ने छैनन् भनी अडान राखेको कारण शव ४५ दिनदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राखिएको छ। आरोपी पदम अधिकारीविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार करणी र ज्यानसम्बन्धी अपराध दर्ता गरिएको छ।

कक्षा ५ मा अध्ययनरत अंशुको निधनले स्थानीय समुदायमा ठूलो आक्रोश छ। सबैले अपराधीलाई कडा भन्दा कडा सजाय दिन माग गरेका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved