महेन्द्रनगर स्वास्थ्य चौकी अब नयाँ आधुनिक भवनबाट सेवा विस्तार, वराहक्षेत्रवासीलाई सहज स्वास्थ्य सेवा

  • मंसिर १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ वराहक्षेत्र नगरपालिका–६, चक्रघट्टीस्थित महेन्द्रनगर स्वास्थ्य चौकी अब नवनिर्मित आधुनिक भवनबाट विस्तारिएको सेवासहित सञ्चालनमा आएको छ।

साकेला पार्कअगाडिको साझा भवन परिसरमा बनेको नयाँ संरचनाको रिबन काट्दै नगर प्रमुख रमेश कार्कीले स्वास्थ्य सेवाको औपचारिक शुभारम्भ गरेका हुन्।

नेपाल सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत मझौला र साना शहरहरुमा खानेपानी, सरसफाइ तथा स्वास्थ्य पहलमार्फत कोभिड–१९ रोकथाम तथा नियन्त्रण कार्यक्रमले निर्माण गरेको सामुदायिक बहुउद्देश्यीय भवन ७६० वर्गमिटर क्षेत्रफलमा फैलिएको आधुनिक संरचना हो।

१६ बेड क्षमताका दुई कोठासहित प्रशासनिक कक्ष, नर्सिङ कक्ष, स्टोर, १६ अक्सिजन सिलिन्डर र महिला–पुरुष तथा अपांगमैत्री शौचालयसमेत भवनमा व्यवस्था गरिएको छ।

उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल, वडा–६ का अध्यक्ष तथा चौकी अध्यक्ष उद्वब प्रसाद पोखरेल, शाखा प्रमुखहरू, स्वास्थ्यकर्मी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो।

२०७९ चैत १० गते शिलान्यास गरिएको यो भवन स्वामित्वमा लिएपछि स्वास्थ्य सेवा अझ सहज, व्यवस्थित र प्रभावकारी बन्ने अपेक्षा नगरपालिकाले व्यक्त गरेको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved