वराहक्षेत्र नगर अस्पतालबाट बिशेषज्ञ सहितको दन्त सेवा सुरु , सेवा बढाउदै अस्लताल ग्रामिण क्षेत्रका नागरिकलाई सुविधा

  • मंसिर १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पतालले विशेषज्ञ सहितको दन्त सेवा सुरु गरेको छ ।

नगर अस्पतालले सुरु गरेको बिशेषज्ञ सहितको दन्त सेवाको अस्पताल सञ्चालन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले उद्घाटन गरेका छन् । 

शुक्रवार भएको दन्त सेवाको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख तथा अस्पताल सञ्चालन समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडा नं ६ का अध्यक्ष उद्बव प्रसाद पोखरेल , वडा नं ७ का अध्यक्ष कपिल आचार्य , अस्पताल सञ्चालन समितिका सदस्य अनु गुरुङ्ग , रत्न बहादुर राउत , नगर स्वास्थ्य शाखाका प्रमुख रन्त रोग बिशेषज्ञ डाक्टर धनराज यादव , महेन्द्रनगर स्वास्थ्य केन्द्रका प्रमुख पृश्बी चन्द्र भगत नगर अस्पतालका निमित्त व्यवस्थापक दिवस बिष्ट, अस्पतालका चिकित्सकहरु, कर्मचारीहरुको उपस्तिथि रहेको थियो ।

नगरवासिहरुले दन्त सेवाको माग गरेको र आवश्यक्ता वमोजिम आधाुनिक उपकरणको व्यवस्थापन गरि नगर अस्पतालवाट विशेषज्ञ सहित दन्त सेवा सुरु गरिएको नगर प्रमुख तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष रमेश कार्कीले बताए ।

नगरवासिको स्वास्थ्य सम्बन्धी आधारभुत आवश्यक्तालाई पूरा गर्न नगर अस्पतालले सेवा बिस्तार गर्न योजना बनाएर र सोही अनुसार बिशेषज्ञ सहितको दन्त सेवा सुरु गरेको उनले बताए ।

नगर अस्पतालबाट अप्रेसन सहितको आखा उपचार केन्द्र, आधुनिक आकस्मिक कक्ष, नया भवन , आधुनिक भिडियो एक्सरेको खरिद गरि सेवालाई थप ब्यवस्थित र बिस्तार गर्दै आएको नगर प्रमुख तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष रमेश कार्कीले बताए ।

अस्पतालको आन्तरिक स्रोतबाट ९ लाखबाट आधुनिक उपकरण खरिद गरि बिशेषज्ञ सहितको दन्त सेवा बिस्तार गरिएको नगर अस्पतालका निमित्त व्यवस्थापक दिवस बिष्टले जानकारि दिए । उक्त सेवा शनिवार र सार्बजनिक विदाको दिन बाहेक बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । उक्त सेवा नगर स्वास्थ्य शाखाका प्रमुख रन्त रोग बिशेषज्ञ डाक्टर धनराज यादवले दिनेछन् ।

हाल दैनिक अस्पतालमा २ सय ७५ देखि ३ सय २५ को संङख्यामा सेवाग्राहीहरू आउने गरेका छन् । हाल अस्पतालले वर्षको ३६५ दिनै बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म चिकित्सकद्वारा ओपिडी सेवा र आकस्मिक सेवा दिँदै आइरहेको छ । 

२४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, फिजोयोथेरापी सेवा, आँखा उपचार सेवा, हप्ताको दुई दिन सोमबार र बिहीबारका दिन भिडियो एक्स-रे र सबै सरकारी नियमित सेवाहरू यथावत् रूपमा सञ्चालन भई राखेको र हाल विभिन्न सेवाहरू बढाउने लक्ष्य सहित भौतिक संरचना निर्माण र जनशक्ति थप्ने योजना बनाएको अस्पतालका निमित व्यवस्थापक दिवस बिष्टले बताए ।

हाल अस्पतालकै आम्दानीबाट फार्मेसी भवन र आधुनिक आक्समिक कक्ष निर्माण भएको त्यस्तै सामान्य सल्यकृयाकालागि भवन पनि निर्माणाधिन रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved