बुहारीले खुवाइन ‘बिष’ ! सासूको मृत्यु, ससुरा आईसीयूमा

  • मंसिर २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt तस्बिर -एआई

धरान / मोरङ — बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा बुहारीले सासू–ससुरालाई ‘विष मिसाइएको खाना’ खुवाइदिएको आरोपमा एक महिला पक्राउ परेकी छिन्।

घटनामा ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको छ भने ७० वर्षीय भक्तबहादुर राई गम्भीर अवस्थामा आईसीयूमा उपचाररत छन्।

शनिबार दिउँसो वृद्ध दम्पती बेहोस अवस्थामा फेला परेपछि घटना सार्वजनिक भएको हो। भक्तबहादुर राई घरनजिकैको खोल्सामा ढलेका अवस्थामा भेटिए भने इन्द्रमाया घरभित्रै अचेत अवस्थामा पाइइन्।

त्यही बेला खोरमा रहेका तीन कुखुरा समेत मृत फेला परेपछि खानेकुरामै विष हालिएको आशंका झनै प्रबल बनेको प्रहरी प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले बताए।

अनुसन्धानले दम्पतीका भतिजो प्रशान राईकी ३२ वर्षीया श्रीमती सुनीता कार्कीमाथि शंका गहिरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक प्रमाण अनुसार उनले नै खानामा विष मिसाएको देखिएपछि इलाका प्रहरी कार्यालय बेलबारीले उनलाई पक्राउ गरी अदालतबाट म्याद लिएर थप अनुसन्धान अघि बढाएको छ।

इन्द्रमायाको नोबेल शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। भक्तबहादुरको अवस्था समेत गम्भीर रहेको र आईसीयूमा राखेर उपचार भइरहेको डीएसपी चौधरीको भनाई छ।

घटनास्थलबाट प्रहरीले जलाइएको अवस्थामा विषादीको बट्टा समेत बरामद गरेको छ। पोस्टमार्टम, फरेन्सिक परीक्षण र प्रयोगशाला रिपोर्ट आएपछि मात्र प्रयोग गरिएको विषको प्रकार र घटनाको पूर्ण पुष्टि हुने प्रहरीले जनाएको छ।

सन्तानविहीन वृद्ध दम्पती आफ्नै भतिजासँग बस्दै आएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार प्रशान राई घरबाहिर रहेका बेला सुनीताले खाना खुवाएपछि दुवै वृद्ध ढलेका थिए।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved