स्वास्थ्य

    Showing 1,841-1,850 of 1,871 items.
  • उदयपुर , कपिलवस्तु र पर्सामा गरि थप ७ जनमा कोरोना पुष्टि , संक्रमित संख्या १०९ पुग्यो

    धरान /नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १०९ पुगेको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पताल बिराटनगरको प्रयोगशालामा गरिएको परीक्षणामा उदयपुरका ३ , पर्सा १ र कपिलवस्तु ३ जना गरि जम्मा ७ जनामा संक्रमण देखिएको हो । उदयपुरका १८ , ४५ र ६५ वर्षीय महिला,  पर्साका ६२ वर्षीय पुरुष र कपिलवस्तुका १७, १८ र १८ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।                               &

    • प्रकाशित मितिः वैशाख २७, २०७७
    • 905 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा शुक्रबार सम्म जम्मा ८ हजार ९ सय ९७ जनाको कोरोना परीक्षण

    प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट शुक्रबारसम्म जम्मा ८ हजार ९ सय ९७ जनामा नमूना परीक्षण भएको छ । कोरोना भए नभएको पत्ता लगाउन दुबै विधिबाट नमूना परीक्षण भएको हो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ७ हजार २ सय २ जनाको नमूना परीक्षण भएको छ । जसमा ७ हजार १ सय ८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआरबाट १ हजार ७ सय ९५ जनाको नमूना परीक्षणको लागि ल्याबमा पठाइएको छ । तीमध्ये एक हजार ७ सय १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शुक्

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 1,298 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना ठिक भएपछि प्रदेश १ बाट थप आठ जना ८ जना डिस्चार्ज

     कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ जना आज डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केबाट ल्याईएका ८ जनालाई आज अस्पतालले डिस्चार्ज गरेको हो । डिस्चार्ज हुनेमा ७ जना नेपाली र एक भारतीय नागरिक रहेका छन् । कोरोना संक्रमण पुष्टी भएपछि गत वैशाख ८ र ९ गते विराटनगर ल्याइएका १५ जनामा गरिएको स्वाव परीक्षणमा ८ जनामा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्टेन्ड डा. संगीता मिश्राले जानकारी दिनुभयो । डिस्चार्ज हुने ८ जनामा दुई पटक सम्म गरिएको स्वाव परीक्षणमा नेगेटिभ रिपोर्ट आएको उहाँले बताउनुभयो । डिस्चार्ज हुनेमा उदयपुरका २० वर्षीय आजाद आलम, १८ वर्षीय म

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 947 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालगञ्जका थप १ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या १०२ पुग्यो

    नेपालगञ्जका थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पोजेटिभ देखिएको हो ।उनका अनुसार नयाँ संक्रमित १६ वर्षीया बालक हुन । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ । कुल संक्रमित मध्ये कोरोना निको हुनेको संख्या ३० जना पुगेको छ । कोशी अस्पतालमा उपचारत ८ जना निको भएर शुक्रबार भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास डा देवेकाटाका अनुसार पीसीआर विधिबाट हालसम्म १५ हजार ४ सय ९२ वटा नमूना परीक्ष

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 859 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उदयपुरमा भेटिएका कोरोना संक्रमित निको भएर घर फर्किए

    धरान । उदयपुरको भुल्केमा भेटिएका कोरोना संक्रमितहरु मध्ये ८ जना निको भएर घर फर्किएका छन् । उनीहरुको रिपोर्ट नेगेटिभ देखिएले शुक्रबार डिस्चार्ज गरिएको हो । कोरोना भाइरस संक्रमण भएर विराटनगरको कोसी अस्पतालमा भर्ना भएका मध्ये ८ जना डिस्चार्ज भएका हुन् । दुई पटकसम्मको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि ७ नेपाली र एक भारतीय गरी ८ जना डिस्चार्ज भएका हुन् ।कोरोना निको भएर घर फर्किने सबैजना उदयपुर, त्रियुगा नगरपालिका–३, भुल्केबाट संक्रमित भएर अस्पताल भर्ना भएका थिए । डिस्चार्ज भएका ७ जना पुरुषलाई विराटनगर रानीस्थित मस्जिदको क्वारेन्टाइनमा राखिएको र एक महिलालाई घरमै क्वारेन्टाइनमा बस्ने गरी प

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 770 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कपिलवस्तुका थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या १०१ पुग्यो

    कपिलवस्तुका २ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्र मण पुष्टि भएको हो । संक्रमित हुने कपिलवस्तु ८ निवासी १६ र २२ वर्षका दुई पुरुष छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका जनाए ।                            

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,297 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का थप ८ जना कोरोना संक्रमित निको भएर भोलि डिस्चार्ज हुँदै

    धरान /प्रदेश १ मा थप ८ जना कोरोना संक्रमित निको भएका छन् । उनिहरुलाई भोलि (शुक्रबार) डिस्चार्ज गरिने भएको छ । उनिहरुको दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । हिजो मात्रै ६ जना कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका थिए । प्रदेश १ मा जम्मा ३१ ज्ना कोरोना संक्रिमतहरु रहेका थिए । भाली डिस्चार्ज हुने ८ जना पछि उपचाररत संक्रमितको संख्या १७ हुने छ । उनिहरु सबैको अवस्था सामान्य रहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएअनुुसार प्रदेश १ मा पिसिआरबाट हालसम्म १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ । त्यस्तै आरडिटिबाट

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 865 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सांसदहरुको स्वास्थ्य परीक्षण सुरु

    धरान /आजबाट प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण सुरु गरिएको छ । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो । बिहान १० बजेदेखि राष्ट्रिय सभा सांसदहरुको र ११ बजेदेखि प्रतिनिधिसभा सांसदहरुको पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुने छ । संघीय संसद भवनकै ल्होत्से हलमा कोरोना परीक्षणको व्यवस्था मिलाइएको सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए । एकै दिनमा स्वाब संकलन गरिसक्ने सचिवालयको लक्ष्य छ ।  सांसदहरुको परीक्षण गरिसकेपछि कर्मचारी, मर्यादापालक र पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइने सूचना अ

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 594 पटक पढिएको
    • "सन्जोग बाबु दाहाल "
  • कोरोना रोकथामका लागि सुनसरी जिल्ला प्रशासन कार्यालयले आवश्यक होल्डिङ्ग एरिया स्थापना गर्ने

    कोरोना (कोभिड–१९) को रोकथामका लागि सुनसरी जिल्ला प्रशासन कार्यालयले आवश्यक होल्डिङ्ग एरिया स्थापना गर्ने भएको छ । भविष्यमा बोर्डर एरिया खुल्ला हुँदा वा भारतबाट नेपालीहरुको आवागमन भएको अवस्थामा ति व्यक्तिहरुलाई क्वारेन्टाईनका लागि राख्नका लागि जिल्ला प्रशासन कार्यालय, सुनसरीहरुले आवश्यक सामाग्रीहरु संकलन गरिरहेको छ । विभिन्न स्थानमा स्थापना गरिने सो कार्यको लागि सुनसरी उ्रद्योग वाणिज्य संघले समेत सहयोग गरेको छ । हिजो २०७७ वैशाख २३ गते प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई १५० थान तन्ना र १५० थान म्याट्रेस उपलब्ध गराएको छ । संघका अध्यक्ष गिरिधारी सापकोटा, द्वितीय उपाध्यक्ष अनिल अग्रवाल र म

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 764 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुई महिने शिशु सहित १७ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या ९९ पुग्यो

    धरान पर्साको वीरगन्जमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । संक्रमितहरु २ महिनादेखि ६६ वर्षसम्मका भएको र संक्रमण पुष्टि भएकाहरुमध्ये १० जना पुरुष र ७ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।  नेपालमा देखिएका ९९ संक्रमितहरु मध्ये ७१ जना पुरुष र २८जना महिला छन् । संक्रमित ९९ मध्ये २२ जना उपचार पछि निको भएर अस्पतालबाट फर्किएका छन् । बुधबार बिहान मात्र कोर

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 872 पटक पढिएको
    • "सन्जोग बाबु दाहाल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved