विराटनगर । कोरोना संक्रमणबाट विराटनगरका दुई महिलाको मृत्यु भएको छ ।
उपचारमा रहेकी एक जनाको कोसी अस्पताल विराटनगर र अर्की महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
कोशी अस्पतालमा मृत्यु भएकी महिलाको रिर्पोट आज बिहान पोजेटिभ आएको कोसी अस्पताल आईसोलेसनका प्रमुख डा. लक्ष्मीनारायण यादवले बताए । उनी विराटनगर महानगरपालिका वडा नम्बर–४ की बासिन्दा हुन । उनको हिजो साँझ कोसी अस्पतालमा मृत्यु भएको बताउँदौ डा.यादवले भने,“६४ वर्षीया महिलामा ज्वरो, झाडापखाला र श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।” महिलामा स्वास्थ्य समस्या देखिएपछि उपचारको लागि शुक्रबार दिउँसो आईसोलेसनमा भर्ना गरिएको थियो ।
उता, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा।
विराटनगर–११ की ४३ वर्षीया महिलाको शुक्रबार साँझ नै मृत्यु भएको छ । उनमा पेटछात्ती दुख्ने र श्वासप्रश्वास सम्बन्धी समस्या बढेपछि न्यूरो अस्पताल विराटनगरले धरान रिफर गरिदिएको थियो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले शव व्यवस्थापनको तयारी थालिएको जानकारी दिएका छन ।
विराटनगरको कोसी कोभिड १९ उपचार केन्द्रका अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष ५५ को पुरूषको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा उपचारको क्रममा दिउँसो मृत्यु भएको बताइएको छ । शुक्रबार साँझयता उपचारका क्रममा विराटनगरका दुई महिलासहित तीन जनाको मृत्यु भएको छ । विराटनगर ९ की अर्की एक ७० वर्षीया महिलाको पनि कोसी अस्पतालमा मृत्यु भएकी महिलाको पनि स्वाब परीक्षण गर्न पठाइएको आईसोलेसन प्रमुख डा. लक्ष्मीनारायण यादवले जानकारी दिए ।