धरान । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण पुष्टि भई दुहबीका पत्रकार चन्दन रौनियार ११ दिनको आइसोलेशन बसाई पछि कोरोना परास्त गर्न सफल भएका छन् । ११ दिनको आईसोलेशनको बसाई पछि अगामी दिनमान थप सर्तक र सुरक्षित बन्न प्रेरणा मिलेको उनले बताएका छन् ।
सुनसरीको दुहवीवाट समाचार संकलनका लागि अग्रपंतिमा रही समाचार संकलन गरिरहेका उनको रिपोर्ट पोजेटिभ आएपछि प्रदेश नं. १ मोरङको सुन्दर हरैँचा स्थित प्रदेश सरकारले बनाएको आइसोलेशनमा ११ दिनका बसाई पछि उनले शुक्रबार कोरोनालाई परास्त गरी घर फर्कीएका छन् । घर फर्किए पछि उनले भने “समाजमा कसैलाई कोरोना संक्रमण हुँदा समाजको हेर्ने दृष्टिकोण फरक हुन्छ भनेर सुनेको थिए तर त्यस्तो हुँदैन मैले त समाजवाट सम्मान नै पाए ।”
उनले थपे “साथी भाई संग नाचगान, योगा, नियमित खानपिन गरी निडर भएर दृढ इच्छा शक्ति भए कोरोनालाई पराजित गर्न सजिलो छ , कोरोना संक्रमण पुष्टी भएमामा आत्तिनु हुँदैन, दृढ इच्छा शक्ति, उच्च मनोबल र स्वास्थ्य कर्मीहरुले दिएका निर्देशन पालन गरेमा कोरोना अनिवार्य प्रास्त हुन्छ ” । कोरोनाबाट कोही पनि नडराऔं, नअत्तालिऔं, सुरतक्षित र सर्तक बन्ने कोशिस गर्न सबैलाई आग्रह समेत गरेका छन् ।