इटहरी । सिंङ्गो मुलुक कोरोनाको कहरमा परिरहदा प्रदेश एकको अन्य जिल्लाहरूको तुलनामा सुनसरी निकै संवेदनशिल मानिएको छ । भारतसंग जोडिएका सबै सिमाहरूमा निगरानी बढाउने देखि, नियमित चेकजाँचमा समेत कडाइ गरिएको थियो ।
स्थानीय सरकार देखि सुरक्षा संयन्त्र सबै परिचालन गरी जिल्लालाइ निषेधित क्षेत्र तोक्दै कार्यान्वयन पक्ष बलीयो बनाइएको थियो । प्रदेश एकको उदयपुरमा पहिलो पटक कोराना संक्रमण पुष्टी भइरहदा सुनसरीमा उच्च सतर्कता अपनाउनुका साथै कडाइका साथ लकडाउनको पालना भएको थियो ।
चैत्र महिनाबाट नेपालमा कोरोनाको संक्रमण देखिएपनि बैशाख अन्तिममा प्रदेश एकको जिल्लाहरूमा देखिएको थियो । उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो । उदयुरमा संक्रमण देखिए लगत्तै सुनसरीलाइ उच्च निगरानीमा राखिएको थियो ।
प्रदेश एकको झापा, मोरङ, उदयपुरमा संक्रमणको दर बढिरहदा सुनसरीमा कोरोना संक्रमण शुन्य रहेको थियो, त्यसमा पनि सुनसरीको धरान र इटहरीलाइ सुरक्षित शहरको रूपमा हेरीएको थियो । धरानमा संक्रमण फैलन नदिन उपमहानगरले समयमा नै लकडाउन घोषणा गरेपनि इटहरीले ढीलो लकडाउन घोषणा गरेको थियो ।
दुवै उपमहानगरले कडाइका साथ लकडाउन पालना नगराउँदा अहिले धरानमा संक्रमण बढनुका साथै मृत्यु दर पनि बढिरहेको छ । धरानमा हाल सम्म २ सय ७ जना कोरोनाबाट प्रत्यक्ष प्रभावित बनेका छन भने पछिल्लो दुई महिनामा संक्रमणकै कारण ६ जनाले ज्यान गुमाइसकेका छन ।
यता इटहरीमा हाल सम्म २ सय ३१ जना कोरोनाबाट प्रत्यक्ष प्रभावित भएका छन भने लापरवाहीले अझै जोखिममै रहेको छ । धरानमा लकडाउनलाइ मात्र कडाइ गर्दा केहि समय संक्रमणको दर रोकिएको थियो तर लकडाउन उलंघन संगै खुकुलो भएपछि संक्रमणको दर संगै मृत्युदर पनि बढेको पाइएको छ । हाल दुवै उपमहानगरमा आंशिक लकडाउन कायम गरिएको छ । जिल्ला प्रशासनको कार्यालय सुनसरीले गत भदौ १८ गते देखि बिहान १० बजे सम्म ब्यवसाय सञ्चालन गर्न अनुमति दिएपनि दिउँसो भने पुनः बन्द नै कायम गरिएको छ ।
धरान उपमहानगरका मेयर तिलक राइले समयमै नगरले लकडाउन गरेकै कारण हदै सम्म संक्रमण फैलन नपाएको दावी गरेका छन् । आम नगरवासीहरूले सुरक्षा सतर्कता अपनाउन नसक्दा पछिल्लो समय संक्रमण समुदाय स्तरमा पुगेको र सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न सबैलाइ अनुरोध पनि गरेका छन् ।
यता इटहरी उपमहानगरमा भने बिहान १० बजे सम्म पसल सञ्चालन गर्दा पनि कुनै सुरक्षा सतर्कता अपानाइएको देखिएको छैन । जति लापरवाही बढदै जान्छ त्यति नै संक्रमित पनि थपिदै गएको उदाहरण प्रसस्तै छन तर पनि नगरवनसी आफैमा सचेत नहुँदा झन जोखिम बढेको छ ।
इटहरी उपमहानगरका मेयर द्वारीकलाल चौधरीले नगरवासी आफै सचेत बनिनुपर्नेमा जोड दिए । मेयर चौधरीले सके सम्म लकडाउनलाइ कडाइका साथ पालना गराएको भएपनि नगरवासीहरूको अटेरीपनले गर्दा जोखिम बढेको पनि बताए । साथै उनले लकडाउनको पालना गरिदिन र आवश्यकिय सुरक्षा सतर्कता अपनाइदिन सबै नगरवासीहरूमा अनुरोध पनि गरेका छन ।