विपी प्रतिष्ठानको मेडिसिन विभागद्वारा ‘अनलाईन ओपिडी’ सुरु

  • भदौ २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अस्पतालहरु उच्च जोखिममा छन् । यस्तो अबस्थामा धेरै अस्पतालहरु सामान्य विरामीको उपचारमात्र गरिरहेका छन् भने केही अस्पतालहरुले आफ्ना पुराना विरामी तथा नयाँ विरामीका लागि सेवा दिन नयाँ उपाय अपनाउन थालेका छन् ।

यसैक्रममा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि टेलिमेडिसन सेवा निरन्तर सञ्चालन गरिरहेको छ भने प्रतिष्ठानका विभिन्न विभागहरुले पनि विषेशज्ञ सेवालाई अनलाईनमार्फत निरन्तर दिईरहेका छन् ।

यसै क्रममा प्रतिष्ठानको इन्टरनल मेडिसिन विभाग अन्र्तगतका सेवाहरुलाई ‘अनलाईन ओपिडी’ सुरु गरेको छ । अस्पताल आउदा विरामी,विरामीका आफन्त तथा डाक्टरहरुलाइ पनि कोरोना संक्रमणको जोखिम रहने भएकालेले हामीले अनलाईन ओपिडी सेवा सुरु गरेका हौ,यहाँ दैनिक विषेशज्ञ डाक्टरहरु रहनु हुन्छ ।’ इन्टरनल मेडिसिन विभागका विभागिय प्रमुख प्राडा संजिबकुमार शर्माले कोशीपत्रलाई भने ।हामीले यसलाई थप ब्यबस्थितपनि बनाउने योजना बनाउदै छौ उनले भने ।

अनलाईन ओपिडी निःशुल्क सेवा हो,हामीले प्रत्येक बारे विषेशज्ञ डाक्टरहरुलाई अनलाईन ओपिडीमा राख्छौ,त्यहाँ विरामीले सिदै फोन,ह्वाटसएप,भाईबर,इमो तथा फेसबुकबाट सेवा लिन सक्नेछन् शर्माले भने ।उनका अनुसार प्रत्येक विभागमा दैनिक ५० कल आउने गरेको उनले बताए । उनले थपे “ विभिन्न सञ्जाल इमो , व्हाट् सप , भाइभरबाट रिपोर्ट हेर्न औषधी तथा सुझाव समेत दिइदै आइएको छ । ”

न्युरोलोजी तथा जनरल मेडिसन विगाभका विशेषज्ञ डा भुपेन्द« शाहले आफुले दैनिक ५०–६० जनालाई इमो , व्हाट् सप , भाइभर मार्फत सेवा दिइरहेको बताएका छन् ।


doctors-number

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved