हिरासतमै मृत्यु भएका दलित युवाको न्यायका लागि अनसनमा बसेका पुर्बमन्त्री धरानको बिपिमा भर्ना

  • भदौ १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान। हिरासतमै मृत्यु भएका दलित युवाको को न्यायका लागि अनसनमा बसेका पुर्बमन्त्री बिसेन्द्र पासवानलाइ प्रहरीले जबर्जस्ती पक्राउ गरि धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको लागि ल्याएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा विजय रामको रहश्यमय मृत्यु भएपछि मृतकका परिवारलाई क्षेतिपुर्ती र दोसिलाई कार्वाहीको माग गर्दै पासवान अनसनमा बसेका थिए । उनलाइ अनसनमा वसेको समयमा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले गुन्डागर्दी शैलीमा पक्राउ गरेको उनले आरोप लगाएका छन् ।

विजय रामको रहश्यमय मृत्यु भएपछि मन्त्रि पासवान सहित पुर्व संसद तथा राष्ट्रिय सभा सदस्य रामप्रित पासवान र भिम पैकरा अनसनमा बस्दै आएका थिए । अनसनमा बसेका ३ जना मध्ये बिसेन्द्र पासवानलाइ कुनै जानकारी विना रातको १२ बजे गुण्डागर्दी शेलीमा ७०÷८० जना प्रहरीले नियन्त्रण लिएर प्रतिष्ठानमा लिएको पुर्वमन्त्रि पासवानले वताए । उनले भने, `अनसन तोडाउनका लागी प्रतिष्ठानमा ल्याएको छ, अनसन तोडाएर आन्दोलनलाई फितलो बनाउने र हत्यारालाई उन्मुकति दिने रणनिती हो ।’ पासवानले २०७२ मा स्वास्थ्य तथा वातावरण मन्त्रालय समालेका थिए ।

प्रहरी सिभिलमा आएर सुतेकै स्थानमा मुख छोपेको मन्त्री पासवानका छोरा ज्ञान बहादुर पासवानले वताए । उनले भने,` प्रहरी कार्यालय भित्र लगेर एक्कासी एम्बुलेन्समा हालेर यहाँ लिएको छन किन हो ? अहिलेसम्म केहि थाहा छैन ।´ रौतहटको गरुडा नगरपालिका– ८ बस्ने २० वर्षका निरञ्जन रामको हत्या आरोपमा नियन्त्रणमा लिइएका विजय रामको सोधपुछका क्रममा मृत्यु भएको प्रहरीले वताउदै आएको छ । त्यो घट्नालाई लिएर अनसान र निरन्तर आन्दोलन भईरहेको छ ।

मृतकका आफन्तहरूले भने प्रहरीकोे कुटपिट र यातनाले विजयको मिर्गौले बिग्रिन पुग्दा मृत्यु भएको दावी गर्दै आएका छन । हत्या आरोपमा नियन्त्रणमा लिएका आरोपीको सोधपुछ गर्ने क्रममा थुनामै मृत्यु भएको घटनामा संलग्न रौतहटका एक प्रहरी अधिकृत सहित तीन प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी हिरासत मै संकास्पद रुपमा मृत्यु हुनेको संङ्ख्या दिनदिनै बढ्दै गइरहेको छ ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved