विराटनगर । विरानगरमा कोरोना संक्रमितको संख्या तीन सय हाराहारी पुगेको छ । परीक्षण गरिएका थप नमूनारको रिपोट प्राप्त भएपछि संक्रमितको आँकडा बढ्दै गएको हो । विराटनगरमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगर–९ का ११ जनासहित थप २२ जनामा कोरोना देखिएको विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले जनाएको छ । विराटनगरमा पछिल्लो पटक थपिएका संक्रमितसंगै अबको संखया २ सय ७८ पुगेको छ । आइतबार थप रिर्पोट आउने बताइएको छ । महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले परीक्षण बढेसंगै संक्रमित संख्या पनि थपिन थालेको जानकारी दिएका छन् । विराटनगरमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकलाइ पनि कोरोना संक्रमण देखिएको छ । प्रतिष्ठानको दुई जना चिकित्सकमा कोरोना संक्रमण देखिएको हो । इएनटी र बायोकेमेष्ट्री विभागका डाक्टरको पिसिआर रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानका प्रबक्ता डा. निदेश सापकोटाले बताए । हो । दुवैको अवस्था सामान्य रहेको छ । उनी हरुको कन्ट्याक्ट् ट्रेसिङ गर्ने तयारी भैरहेको उनले बताए ।
विराटनगर । प्रतिनिधि सभाकी सांसद तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले प्रदेश १ राजधानी विराटनगरको संक्रमण रोक्न प्रदेश सरकारले ठोस कार्ययोजनासहित काम गर्नुपर्नेमा जोड दिएकी छन् ।कोरोनाको संकमण दिनहुँ बढ्दै समुदाय स्तरसम्म पÞmैलिने क्रममा रहेको र विशेष गरी विराटनगरमा भय र त्रासको वातावरण बढेको भन्दै उनले संक्रमितलाई उपचारको लागि भर्ना गरिने आइसोलेसन वार्डको कमी देखिएको जनाएकी छन् । सांसद संग्रौलाले आज सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै भनेकी छन्,“कोरोनाको प्रभावकारी नियन्त्रण र रोकथाम का लागि तीनवटै तहका सरकारबीच समन्वय र सहकार्य को आवश्यकता पर्दछ । मुख्यमन्त्री क
विराटनगर, २४ साउन । प्रदेश १ मा आज ६१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४८, सुनसरीमा १० र ३ जना प्रदेश १ बाहिरका जिल्लाका छन् । मोरंगको विराटनगरका २६ पुरुष ७ महिला, बुढीगंगाका १२ पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १–१ जना महिला, सुनसरीको धरानका २ महिला २ पुरुष, दुहवीका ३ पुरुष १ महिला, इनरुवाका २ पुरुष, महोत्तरीका १ महिला १ पुरुष र सप्तरीका १ पुरुष कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजा ३ सय ८३ पुगेको छ । प्रदेश १ मा आज १ हजार ५ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्य १४ महिला र ४७ पुरुषको रिप
काठमाडौ / आज थप ३सय ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २२ हजार ५ सय ९२ जना पुगेको छ । नेपालमा हालसम्म ७३ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ४ सय ९९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय १३ जना जना रहेका छन् ।
धरान । गत विहिबार धरान ३ का एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भयो । उनीहरुलाई २४ घण्टा सम्म होम आइसोलेसनमा बस्नु पर्यो । शुक्रबार धरान १५ का एक १० वर्षे बालक पनि घरमै छन् । शनिबार पनि उनका आमा र हजुरआमा सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ तर तुरुन्तै उनीहरुलाई अस्पतालको आइसोलेसनमा राख्न सकिएको छैन् । धरानमै रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा बेडको अभाव भए पछि उनीहरुलाई घरमै राख्न बाध्य भएको थियो । समुदाय स्तरमै कोरोना संक्रमण बढ्दै गए पछि संक्रमितहरुको उपचारको व्यवस्थापन पनि चुनौती पुर्ण बन्दै गएको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठ
इलाम समय :शनिबार विहान ८ बजे स्थान : इलाम चोक बजार इलाम चोकबजारमा प्रहरीको ‘ड्युटी’ चलिरहेको छ । त्यहाँ बसेका प्रहरीमध्ये एकजनाको हातमा एउटा बिल बुक पनि छ । त्यसै समयमा अन्दाजी १७÷१८ वर्ष उमेरका दुई जना किशोरी चोक बजारतिर आइरहेका छन् । किशोरीले हातमा सानो झोलापनि झुण्डाएका छन् । एक अर्कामा गफ गर्दे हिनिरहेका थिए । जब चोक आइपुग्न लागे तब दुवै जनाले गोजीमा हात लगाए । गोजीमा माक्स रहेछ । झिकेर लगाए । प्रहरीले पनि हेरिरहेको थिए । प्रहरीको नजिकैमा आएपछि एक प्रहरीले भने,‘हाम्रालागि होइन तपाईको सुरक्षाका लागि हो माक्स । हामीलाई देख्दा मात्र नलगाउनुहोस न ।’ किशोरीहरूले
धरान । धरानमा समुदाय स्तरमै कारोना संक्रमण फैलिदै गएको छ । अहिले सम्म कारोना संक्रमण देखिएका ४६ जना मध्ये समुदाय स्तरमै फैलिएको कोरोनाबाट संक्रमितको संख्या २१ पुगेको छ । बाँकीका २५ जना भने बाहिरबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको पोजिटिभ देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । समुदाय स्तरमा कोरोना संक्रमण देखिन थाले पछि धरान उपमहानगरपालिकाले समुदायमै कोरोना परिक्षण शुरु गरेको थियो । पहिलो चरणमा गरिएको स्वाब परिक्षणमा ६ जनामा पोजिटिभ आएको छ । पहिलो चरणमा गरिएको १ सय ३० जनाको स्वाब संकलनमा ६ जनामा पोजिटिभ देखिएको उनले बताए । शुक्रबार दुई जनामा कोरोना पोजिटिभ दे
विराटनगर । विराटनगरकापत्रकारलाई कोरोना संक्रमण भएपछि उनीहरुको स्वास्थ्य स्थिति र व्यवस्थापनबारे प्रदेश १ का सामाजिकविकास मन्त्रीजीवन घिमिरेले चासो दिएका छन् । प्रदेश सरकारको स्वास्थ्यको समेत जिम्मेवारी संलहाल्दै आएकामन्त्री घिमिरेलाई नेपालपत्रकार महासंघ प्रदेश १ समितिले औपचारिक रुपमापत्रकार संक्रमितभएको विषय र व्यवस्थापनको समस्याबारे अवगत गराएको थियो । महासंघका अध्यक्षविक्रम लुइँटेलले मन्त्री घिमिरेले टेलिफोन गरी पत्रकारको स्वास्थ्यअवस्थाबारे सोधपुछ गरी जानकारी लिएको बताए । अध्यक्ष लुइँटेलले भने,“महासंघको तर्फबाट मैले औपचारिक रुपमै पत्रकारलाई आइसोलेट गर्ने र स्वास्थ्य समस्याभएउपचारको प
विराटनगर । मोरङको रंगेली नगरपालिकामा एकै दिन ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २३ जना वडा नम्बर ७ का छन् । यो रंगेलीको बजार क्षेत्र हो । प्रदेश सरकारले संचालन गरेका कोभिड अस्पताल र आईसोलेसन सेन्टरहरु संक्रमितका कारण खचाखच भरिएकोले रंगेलीका सबै संक्रमितलाई नगरपालिकाले उतै व्यवस्थापन गर्ने तयारी गरेको हो । रंगेलीस्थित मुख्य बजारमा एकै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि रंगेली नगरपालिकाले मंगलबार ४ सय २३ जनाको स्वाब परीक्षण गराएको थियोे । शुक्रबार आएको रिपोर्टमा ३० जना सङक्रमित फेला परेका हुन । सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार संक्रमण पुष्टि भएकामध्ये ६ महिला र