विपी प्रतिष्ठानमा अत्याधुुनिक सिटिस्क्यान मेसिन सुुचारु

  • मंसिर २९, २०७८
  • "सञ्जोगबाबुु दाहाल"
alt


धरान । निकै लामो कसरतपछि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटिस्क्यान मेसिन सञ्चालनमा आएको छ । पुुरानो सिटिस्क्यान मेसिन विग्रिएका कारण प्रतिष्ठानले नयाँ सिटिस्क्यान मेसिन खरिद गरेको थियो ।

प्रतिष्ठानका निर्देशक प्राडा गौरिशंकर शाहले सिटिस्क्यान मेसिन सँगै अन्य थप सेवापनि विस्तार गर्ने कार्यहरु भई रहेको बताए ।प्रतिष्ठानले मेसिन खरिद गरेरपनि सञ्चालनमा नल्याएको भन्दै प्रतिष्ठान पदाधिकारीको चर्को आलोचना हुुदै आएको थियो भने विरामीले सास्ती खेप्नुु परेको थियो । मंगलबारबाट भने प्रतिष्ठानले सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याएको हो ।अहिले प्रतिष्ठानमा जडान गरिएको ‘२५६ स्लाइस’ सिटिस्क्यान मेसिन काठमाण्डौ बाहिर पहिलो पटक विपी प्रतिष्ठानमा ल्याइएको हो ।

CT machine3

यो मोसिनबाट दैनिक ६० जनाको सिटिस्क्यान गर्न सकिने प्रतिष्ठानका सहायक प्रबक्ता डा चुरामणी पोख्रेलले जानकारी दिए । अहिले दैनिक ५० जना सम्म विरामीको सिटिस्क्यान गरिरहेका छौ उनले भने ‘अब सिटिस्क्यानका लागि विरामीले बाहिर जानुु पर्ने अबस्था अन्त्य गर्ने योजनामा प्रतिष्ठान छ ।’उनका अनुुसार मेसिन सञ्चालन गर्न प्रतिष्ठानकै कर्मचारीलाई तालिम दिइएको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरिशंकर शाहले बिसम परिस्थितीको बाबजुुतपनि हामीले सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याएको बताउदै चाडै एमआरआइ पनि ल्याउने बताए । पछिल्लो समय प्रतिष्ठानमा केही बिषम परिस्थीती निर्माण भएको थियो,हामीले चाहेरपनि विरामीलाई सहजता पुुग्ने गरि काम गर्न सकेका थिएनौ,निर्देशक शाहले भने ‘ अब त्यस्ता परिस्थीतीलाई चिर्दै प्रतिष्ठान सुुधारका कार्यहरु सञ्चालन गर्न हामी लागेका छौ ।

gauri sankar sahah

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved