बराहक्षेत्र / वराहक्षेत्र नगरपालिकाको वडा नं २ स्थित जब्दि र बिष्ट टोललाई सफा र स्वच्छक्षेत्र घोषणा गरिएको छ । वडाका दुई टोललाई प्लान इन्टरनेशनल र सामुदायिक समाज उथान केन्द्र सुनसरीको सहयोगमा सफा र स्वच्छक्षेत्र घोषणा गरिएको हो । सोमवार जब्दि स्थित शिवलय चौकमा एक कार्यक्रम गरेर दुई वटै टोललाई सधै सफा राख्ने प्रतिबद्धता गराउदै प्रमुख अतिथि वराहक्षेत्र नगरपालिकाकि उप- प्रमुख कमला मगरले सफा र स्वच्छक्षेत्र घोषणा गरेकी थिईन् । अनुगमनबाट टोललाई सफा र स्वच्छक्षेत्र घोषणा गरिएकाले यसरीनै बराहक्षेत्रका सवै टोललाई घोषणा गर्ने लक्ष्य लिएको बताए । उनले सफा र स्वच्छ हुन सवै टोलबासी सचेत हुनु पर्ने बताईन् ।
कार्यक्रममा वडा नं २ का वडा सदस्य लालबहादुर तामाङ्गले व्यक्तिले आफ्नो शरिर, घर र टोललाई सधै सफा र स्वच्छ राख्नु पर्ने बताए । उनले गत कात्तिकमा परेको अबिरल बर्षाले किसानहरुलाई पारेको समस्याको निकास र सहयोग गर्न नगरपालिकाको कार्यलयसँग माग समेत गरे ।
कार्यक्रममा तोरीवारी खानेपानी सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डम्बर सिग्देल, सामुदायिक समाज उथान केन्द्र सुनसरीका संयोजक कुमारमणि निरौला, वडा नं ७ का वडाध्यक्ष वीरबहादुर लिम्बू लगायतले टोललाई सफा र स्वच्छलाई सवैले व्यहारमा लागू पर्नेमा जोड दिए ।
हप्तामा १ दिन टोलवासिको उपस्थितिमा सडक, चौक सफा गर्ने गरिएको र टोललाई सफा र स्वच्छक्षेत्र बनाउन समिति समेत गठन गरेर काम गरिएको प्लान इन्टरनेशनलकी सामाजिक परिचालिका रेखा धामिले बताईन् । कार्यक्रममा दुई वटै टोलमा समितिलाई सम्मान पत्र र सामाजिक परिचालिका सुनिता राईलाई वडध्यक्ष भट्टराईले साईकल हस्तान्तरण
गरेका थिए ।