हप्तामा कतिपटक सम्म यौन सम्पर्क राख्ने ?

  • पुस ९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

उमेरको वृद्धी भएसँगै मानिसमा यौन चहाना वृद्धि हुदै जाने गर्दछ । यो मानिसको जीवनमा विषेश गरी विवाहीत दम्पतीको सामान्य दीनचर्या जस्तै हो । यौवन अवस्थाको तुलानमा उमेर सगँै यौन चाहनापनि घट्दै जाने गर्दछ ।
तर मानिसहरुलाई कुन कुन अवस्थामा यौन सम्र्पक राख्न हुन र नहुने भन्ने विषयमा खासै ज्ञान नहुने गरेको पाइन्छ ।

थुप्रै दम्पतीबीच यौन सक्रियतामा असन्तुलन हुनेगर्छ । कतिले आफ्नो पार्टनर यौनमा उदासिन भएको बताइरहेका हुन्छन् । त्यसैगरी कतिले आफ्ना पार्टनर यौनमा बढी नै सक्रिय हुने गुनासो गर्छन् । जबकी यौन सम्पर्कमा दुबैको रुची, उत्सुकता र सक्रियता समान हुनुपर्छ । यदि त्यसो भयो भने यौन जीवन सुखमय हुन्छ ।

अक्सर दम्पतीको यौन सम्बन्धमा तालमेल मिलिरहेको हुँदैन । यहि कारणले उनीहरुको सम्बन्धमा खटपट आउँछ । मनमुटव हुनेगर्छ । कतिपय अवस्थामा त डिभोर्स पनि हुने गर्छ ।

जब पार्टनरबाट यौन सन्तुष्टि मिल्दै उनीहरुले अर्कैतिर त्यसको विकल्प खोज्न थाल्छन् । पति वा पत्नी दुबैको हकमा यस्तो हुनसक्छ ।
त्यसैले यौन सम्बन्धमा दुबै पति पत्नी सक्रिय हुनुपर्छ ।

तर, यौनमा अधिक रुची हुनु पनि राम्रो मानिदैन । साथै यौनमा उदासिन भएको पनि राम्रो मानिदैन ।

दम्पतीको सम्बन्ध सुमधुर राख्नका लागि यौन जीवनमा सन्तुष्ट चाहिन्छ । यौन जीवन सुखमय भयो भने उनीहरु एकअर्कामा थप नजिक हुनपुग्ने विभिन्न अध्ययनहरुमा पाइएको छ ।

यसको शारीरिक फाइदा पनि छ । भनिन्छ, यौन सम्पर्कको क्रममा शरीरको रक्तप्रवाह राम्ररी हुन पाउँछ । यसले मुटुलाई स्वस्थ्य राख्नदेखि छालामा चमक ल्याउनसम्म सहयोग गर्छ ।

अमेरिकन जर्नल अफ कार्डियोलोजीमा प्रकासित एक अध्ययन अनुसार जो पुरुष हप्तामा दुई पटक भन्दा बढी यौन सम्पर्क गर्छन्, उनीहरुमा हृदयघातको खतरा ४५ प्रतिशत कम हुन्छ । अध्ययनमा के पनि उल्लेख छ भने, स्वस्थ्य यौन जीवनले शरीरमा कार्टिसोल नामको हर्मोन कम उत्पन्न हुन्छ, जसले चिन्ता र उच्च रक्तचापको समस्या पनि हुँदैन ।

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved