धरान / धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार सिरहा मिर्चैया ६ का ६५ वर्षीय पुरुषको सोमबार राति साढे ९ बजे मृत्यु भएको हो । विराटनगरस्थित विराट मेडिकल कलेजबाट भदौं १० गते धरान रिफर गरिएको उनको ९ गते रिपोर्ट पोजेटिभ आएको थियो । प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाको अनुसार मृतकमा उच्च रक्तचाप र मुधमेहको समस्या रहेको थियो । उनका उनुसार स्वासप्रस्वास समस्या देखिएपछि संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । संक्रमितको शव नियम अनुसार व्यवस्थापन गर्ने तयारी भइरेहेको प्रवक्ता सापकोटाले जनाए ।
सुनसरि । समुदायमा फैलिएको कोरोना संक्रमणको अनुगमनमा पुगेका प्रदेश १ का सामाजिक विकासमन्त्रीलाई नै कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक बिकाश मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको हो । प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाइ झाडापखाला भएको थियो । सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । शनिबार साझदेखि घिमिरे निवासमै रहेका छन । मन्त्री घिमिरेले आफ्नो स्वास्थ अवस्था सामान्य रहेको जानकारी दिएका छन ।
काठमाडौ २०७७ भदौ १५ सोमबार १६:२२:०० प्रकाशित / आज थप ८ सय ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३९ हजार ४ सय ६० जना पुगेको छ । नेपालमा मृतकको संख्या २२८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २१ हजार ४१० जना रहेका छन् । सोमबार काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१
विराटनगर, १५ भदौ । प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६, मोरंगमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ६ महिला १४ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिला, मोरङको विराटनगरमा ५ महिला ६ पुरुष, लेटाङमा १ महिला ४ पुरुष र बुढीगंगामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संखुवासभाको खाँदबारीका १ महिला ८ पुरुष, झापाको कमलगाउँपालिकामा २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३
इटहरी । कोरोना संक्रमणको जोखिम पुरै शहर बजार बन्द छ । आम नागरिकहरु मा अभाव बढदै गएको छ । यस्तो अवस्थामा सहयोगी भित्ता अभाबमा रहेका नागरिकलाइ सहयोग प्रदान गर्न तल्लिन रहेको छ । मुख्य राजमार्ग संगै जोडीएको इटहरी स्थित रेयुकाइ चौतारी भित्र एउटा सानो छाप्रोमा रहेको छ, सहयोगी भित्ता । झट्ट हेर्दा सामान्य र सानो कटेज जस्तो देखिएपनि यो मनकारी हृदय भएका ब्याक्तिहरूले निस्वार्थ रूपमा सेवा गर्नका लागि स्थापना गरिएको एक संस्था हो । २०७६ साल साउन १४ गते स्थापना भएको यो संस्थाले जनताको सेवाका लागि भनेर समर्पित संस्था मानिदै आएको सहयोगि भित्ता स्थापनाको छोटो समयमै चर्चित रहेको छ । `हुनेले दिएर जाउ,
धरान । कोरोनाको जोखिम बढ्दै गएको अवश्थामा पनि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले पिसिआर रिपोर्ट आउनु अगावै एक बिरामीको शल्यक्रिया गरेर ज्यान बचाएका छन् । प्रतिष्ठानको युरोलोजि विभागले प्रोस्टेडको समस्या भएका मोरङका ७८ वर्षिय वृद्धको शल्यक्रिया गरेर उनको ज्यान बचाएका हुन् । युरोलोजी विभागका डा. सुधिर सिंहको टोलिले उनको शल्यक्रिया गरेका थिए । कोरोनाको जोखिम बढ्दै गए पछि अस्पतालमा आउने बिरामीको पिसिआर रिपोर्ट आए पछि मात्रै थप उपचार गर्ने गरिन्छ, तर प्रोस्टेडको समस्या लिएर आएका बिरामीको ७ घण्टा देखि पिसाब रोकिएका कारण रिपोर्ट आउनु अगावै नै शल्यक्रिया गरेको थियो । शल
विराटनगर । प्रदेश १ को राजधान विराटनगरमा निजी क्षेत्रबाट आईसियू र भेन्टिलेटर सुविधासहितको अस्पताल संचालनमा आएको छ । महेन्द्र चौक नजिकै ४२ शैयाको जनरल वार्ड, ७ शैयाको आइसियु र २ भेन्टिलेटरसहितको कोभिड अस्पताल संचालनमा ल्याइएको हो । यसको उद्घाटन प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका छन । सरकारले संचालन गरेका अस्पतालहरुमा बिरामीको चाप थेगिनसक्नु भईरहँदा निजीक्षेत्रबाट संचालनमा ल्याइएको अस्पतालबाट थप सेवा प्राप्त हुने अपेक्षा गरिएको छ । सामाजिक विकास मन्त्री घिमिरेले निजीस्तरबाट समेत सेवा शुरु हुनु सकारात्मक भएको बताए । विराटनगरमा झण्डै दुई दशकदेखि संचालनमा रहेको न्यूरो कार्डियो
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ९ रंगशालामा निर्माणाधीन सय वेडको आइसोलेसन भवनको निर्माणलाई तिव्रता दिएको छ । सोमवार उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख,शशस्त्र र नेपाली सेनाका प्रतिनिधि, उद्योग वाणिज्य संघ समेतको उपस्थितिमा वसेको वैठकले इटहरी ९ रंगशालामा निर्माण भइरहेको आइसोलेसनलाई चाडै संचालनमा ल्याउने गरि काम गरिने निर्णय गरेको छ । इटहरीमा संक्रमित वढदै गएकाले लक्षण नदेखिएका संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन निर्माण थालिएको हो । आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख सहयोग गरेको छ । खानेपानी, विद्युत लगायतका विभिन्न
धरान । कोरोना संक्रमणबाट धरानमा आज थप ८ जनामा संक्रमीत देखिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेस्कमा स्वाब सङ्कलन गरिएकाहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । संक्रमित पुष्टि हुनेमा धरान ५ का ३६ बर्षीया महिला, धरान १८ का ४ जना महिला सहित १ जना पुरुष रहेका छन् । यसै गरी धरान १० का २२ वर्षीय पुरुष र धरान १२ का १७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितहरूको अहिले धमाधम विवरण लिने काम भइरहेको मेहेताले बताए ।
इलाम कोरोना संक्रमण संग मिल्ने लक्षण भएका एक बिरामीको मृत्यु भएको छ । सन्दकपुर गाउँपालिकाका एक बिरामी स्वासप्रस्वासमा समस्या आएर ज्वरो आएपछि इलाम सदरमुकाम स्थित इलाम एपोलो हस्पिटलमा आइतबार विहान भर्ना भएका थिए । शरिरमा अक्सिजनको मात्रा कम देखिएका उनलाई भेन्टिलेटरको आवश्यकता पर्ने भएकाले बिर्तामोड रेफर गरिएको अस्पतालका प्रवन्ध सञ्चालक प्रकाश चापागाईले बताए । विर्तामोड लैजादा लैजादै गोदकमा पुगेपछि उनको मृत्यु भएको बताइएको छ । अस्पतालमा आएका शंकास्पद बिरामीको मृत्यु भएपछि इलाम एपोलो अस्पतालले सेवा रोकेको छ । उपचारमा संलग्न चिकित्सकहरुलाई समेत आइसोलेसनमा राखिएको चापागाईले बताए । यता इलाम अ