जीवित बच्चालाई मृत घोषणा गर्ने "कोशी अस्पतालका चिकित्सकमाथि हातपात"

  • माघ ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

 मोरङ / १८ दिन अगाढि जन्मिएको एक बालकलाई उपचारका लागि कोशी अस्पताल ल्याउने क्रममा चिकित्सकले मृत घोषित गरेपछि चिकित्सकमाथि नै कुटपिट भएको छ ।

विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा.आकाश यादवले विरामी भएर हस्पिटल ल्याएको जीवित नवजात शिशुलाई मृत घोषणा गरेपछि डा. आकाशमाथि हातपात भएको हो ।१८ दिन अगाडि मोरङको जहदा गाउँपलिका ३ भतिजगञ्जकी उमा मुखियाले कोशी अस्पतालमै शिशुलाई पुष १७ गते जन्म दिएकी थिइन् ।

१८ दिन पछि बच्चालाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि पुन  कोशी अस्पततालमै उपचारका लागि ल्याइएको थियो । आकस्मिक कक्षमा उपचारका लागि ल्याएको बच्चालाई डा. आकाशले मृत घोषणा गरेपछि उनीमाथि आक्रमण भएको हो । नर्मल डेलिभरी भएर छोरीलाई जन्म दिएकी मुखियाको नवजात शिशुको तौल जन्मदाखेरि एक किलो चार सय ग्राम थियो । हस्पिटलमा केही दिन बसेपछि उनलाई डिस्चार्ज दिइएको थियोे ।

उपचारमा ल्याएका नवजात जिउदो शिशुलाई मृत्यु भएको घोषणा भएपछि आफन्तहरु आक्रोसित बनेका थिए । आक्रोसित उनीहरुले डा. यादवमाथि कुटपिट गरेका थिए । कुटपिटबाट डाक्टर डा. यादवको टाउकोमा चोटपटक लागेको छ । चिकित्सकमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मनोज मुखिया, मन्नु मुखिया र अर्को एक जनाको भने नाम खुलेको छैन । आक्रमणमा उत्रिएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको थियो ।

यस्तो थियो घट्नाको विवरण

छोरीलाई मंगलबार अचानक स्वासप्रश्वासमा समस्या देखिएका थियोे । बच्चालाई अचानक समस्या देखिएपछि मुखिया दम्पतीले बिहानको करिब ८ बजे कोशी अस्पतालको इमरजेन्सीमा लिएर पुगे । ड्युटीमा रहेका मेडिकल अफिसर डा. आकाश यादवसहित अहेवहरू लक्ष्मण माझी र टिका भण्डारीले बच्चाको उपचारमा लागे । उनीहरूको ड्युटी समय बिहान ८ देखि दिउँसो २ बजेसम्म थियो । अकस्मिक कक्षमा नवजात शिशुलाई राखेपछि चिकित्सक यादवले छोरीको स्वास्थ्य जाँच गरेका थिए । चेकजाँच पछि डा. आकाश यादवले ‘छोरीको सास छैन घर लैजानु’ भन्दा भीरबाट खसेको झै महसुस भएको मुखिया दम्पत्तिल सुनाए ।

‘चिकित्सकले आफ्नो बच्चालाई मृत घोषणा गर्ने वित्तिकै शिशुकी आमा उमा र आफन्तहरूको आकस्मिक कक्ष बाहिर रुन थाले । मैले श्रीमतीलाई समात्न थाले, त्यही बीचमा जेठानी दिदीले छोरीलाई बोक्नुभएको रहेछ । आकस्मिक कक्षको शैय्याबाट छोरीलाई बाहिर लिएर आउनुभयो तर छोरीले हातखुट्टा हल्लाइन्, डाक्टरले मृत घोषणा गरेको बच्चा हलचल गर्न थालेपछि बच्चा जिउँदै भएको थाहा भयो ।’ बच्चाका बाबु दिलिपले भने । एम्बृलेन्स चालक दिलिपले जिउँदो र मृत्यु भएको थाहा नपाउने यस्ता चिकित्सक कारबाही हुनुपर्ने माग गरेका छन् |

 

 

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved