स्वास्थ्य

    Showing 1-10 of 2,445 items.
  • धरानमा १४ औषधि पसल शिलबन्द, सञ्चालक अनुगमन टोली देख्नासाथ भागे

    धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुख्य गेट बाहिर सञ्चालनमा रहेका औषधि पसलमाथिको अनुगमन थप कडा बनाइएको छ। सोमबार गरिएको अनुगमनमा विभिन्न कानुनी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि १४ वटा औषधि पसल शिलबन्द गरिएको छ। औषधि व्यवस्था विभागका अधिकृत एलन खड्काका अनुसार पछिल्ला चार–पाँच दिनदेखि निरन्तर भइरहेको अनुगमनका क्रममा शिलबन्द गरिएका पसलका धनी तथा सञ्चालकलाई सात दिनभित्र विभागमा उपस्थित हुन पत्राचार गरिएको छ। उनका अनुसार केही औषधि पसलका सञ्चालक भने अनुगमन टोली पुगेको थाहा पाउनासाथ पसल बन्द गरेर भागेका थिए। जेभीआर मेडिकलका सञ्चालकले समेत टोलीसँग आवश्यक समन्

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 83 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको युएन नवोदयले विद्यार्थीलाई पुर्‍यायो ‘साइन्स सिटी

    धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ कलेजले कक्षा ११ को विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूलाई भारतको प्रख्यात ‘साइन्स सिटी’मा  निःशुल्क शैक्षिक अवलोकन भ्रमण गराएको छ। विद्यार्थीहरूले विज्ञानलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी प्रत्यक्ष रूपमा बुझ्न, अनुभव गर्न र आधुनिक वैज्ञानिक प्रविधिसँग परिचित गराउने उद्देश्यले कलेजले उक्त भ्रमणको आयोजना गरेको जनाएको छ। भ्रमणका क्रममा विद्यार्थीहरूले विभिन्न वैज्ञानिक आविष्कार, प्रयोग, प्रविधि तथा विज्ञानका व्यावहारिक पक्षलाई नजिकबाट अवलोकन गर्ने अवसर पाएका थिए। कलेजका प्रिन्सिपल डम्बरकुमार तुम्बापोले विज्ञान शिक्षा अन

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 410 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घर फर्किने बाटो नै अन्तिम बन्यो, खोटाङमा बाढीले दुईको ज्यान लियो

    धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस्मिक बाढीले दुई जनाको ज्यान गएको छ। जिल्लाका दुई फरक स्थानका खहरे खोलामा आएको बाढीमा एक महिला र एक वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय परशुराम परियार रहेका छन्। प्रहरीका अनुसार छाँगे खोलामा आएको आकस्मिक बाढीले शान्ता राईलाई बगाएको हो। आफन्तको घर गएकी उनी रातिसम्म घर नफर्किएपछि परिवार र स्थानीयले खोजी गरेका थिए। खोजतलासका क्रममा उनी खोलामा मृत अवस्थामा फेला परेकी थिइन्। खोला तर्ने क्रममा एक्कासि

    • प्रकाशित मितिः साउन ३, २०८३
    • 61 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगरसहित २२ वर्षीय युवक पक्राउ, पानमारा स्टेण्डबाट २.५५ ग्राम बरामद

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा स्टेण्ड क्षेत्रमा ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले एक युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ। शनिबार (साउन २ गते) साँझ ७ः२० बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (पीआईटी) र अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले धरान–५ खैरेनी निवासी २२ वर्षीय रोहन शाक्यलाई शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिई शरीर तथा साथमा रहेको सामान जाँच गरेको थियो। जाँचका क्रममा उनको साथबाट २.५५ ग्राम ब्राउन सुगर  बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका शाक्यलाई बरामद लागूऔषधसहित इलाका प्रहरी

    • प्रकाशित मितिः साउन ३, २०८३
    • 361 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा ब्राउन सुगरसहित दुई पक्राउ, मोटरसाइकल पनि नियन्त्रणमा

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–६, ऐतबारेबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति करिब ९ बजे लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ वर्षीय अशोक राई र ४६ वर्षीय ईश्वरकुमार कार्कीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले अशोक राईको शरीर खानतलासीका क्रममा १ दशमलव ६७ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। घटनास्थलबाट को १७ प ८३२९ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा र

    • प्रकाशित मितिः साउन १, २०८३
    • 236 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तिम पटक सँगै तास खेले, फर्किएनन् बुद्धिबहादुर– साथीकै हातबाट भयो विभत्स हत्या

    लमजुङ/  बेंसीसहर नगरपालिका–८ का ५७ वर्षीय बुद्धिबहादुर बोहोरा र दोर्दी गाउँपालिका–१ ढोकेका ३० वर्षीय विजय लामिछाने मिल्ने साथी हुनुहुन्थ्यो। दुवैबिच घुमफिर गर्ने, तास खेल्ने, खानपिन गर्ने घनिष्ठ सम्बन्ध थियो। लामिछाने बोहोराको घरमा नियमित आउजाउ गर्नुहुन्थ्यो। बोहोराले पनि लामिछानेले भनेका कुरालाई सहजै स्वीकार गर्ने गरेको परिवारजन बताउँछन्। यति घनिष्ठ सम्बन्ध भएका साथीबाट अप्रिय घटना होला भनेर दुवै परिवारले कल्पना गरेका थिएनन्। तर, एक साताअघि मृत फेला परेका बोहोराको हत्या आफ्नै साथी लामिछानेले सुन लुट्ने उद्देश्यले गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले घटनामा संलग्न

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 298 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बेपत्ता भएको चार दिनपछि शव भेटियो

    मकवानपुर/ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा बाढीले स्कुटरसहित बगाएका चालकको शव चार दिनपछि फेला परेको छ। सोमबार खोलाले स्कुटरसहित बगाएका चालकको शव बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। चालकले चलाएको स्कुटर भने मङ्गलबार क्षतिग्रस्त अवस्थामा भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार स्कुटरमा फेला परेको ब्लुबुकका आधारमा स्कुटरधनी सर्लाहीका महेश कार्की रहेको खुलेको छ। कार्कीका आफन्त घटनास्थलमा पुगेका छन्। प्रहरीका अनुसार सिमखोलाले बगाएको शव घटनास्थलबाट करिब १५० मिटर तल बालुवामा पुरिएको अवस

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 157 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पत्रङ्गा पुलमा ब्राउन सुगरसहित धरानका युवक पक्राउ

    सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित पत्रङ्गा पुलबाट प्रहरीले ७.५६ ग्राम ब्राउन सुगरसहित धरानका एक युवकलाई पक्राउ गरेको छ। मंगलबार साँझ करिब ५ः३० बजे कालाबन्जरबाट धरानतर्फ स्कुटरमार्फत लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन सुरक्षा बेस चतराको संयुक्त टोलीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा धरान उपमहानगरपालिका–१८ निवासी २५ वर्षीय सौगात सुनुवारले चलाएको को २८ प २४३२ नम्बरको स्कुटर रोकेर तलासी लिँदा ७.५६ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। बरामद लागूऔषध र स्कुटरसहित सुनुव

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 638 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजदेखि देशभरि भरी सिलिण्डर ग्यास पाइने

    काठमाडौँ/ आजदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ। नेपाल आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको जानकारी दिएको हो । निगमले इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट भएको लोडिङ्गको अवस्थामा सुधार तथा आम उपभोक्ता वर्गबाट १४.२ केजी ग्यास सिलिण्डरको उच्च मागको अवस्थालाई समेत मध्यनजर गर्दै मुलुकभरी नै साविककै १४.२ केजी ग्यास भर्ने जनाएको छ । १४.२ केजी ग्यासको मूल्य दुई हजार ६० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि अभावलाई मध्यनजर गर्दै अस्थायी रूपमा ७.१ केजी ग्यास भर्ने व्यवस्था गरिएको थियो ।

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 75 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात मजदुर व्यवसायीले बनाए संयुक्त समिति आवश्यक परे सडक संघर्षको तयारी

    काठमाण्डौं/ सार्वजनिक यातायात क्षेत्र सुधारका लागि यातायात व्यवसायी महासंघ तथा यातायात मजदुर सम्बध संगठनहरुले संयुक्त समन्वय समिति गठन गरेको छ । यातायात सम्बध ऐन, कानुनहरु संशोधन र आवश्यक परे सडक संघर्षसम्म जाने तयारी समितिको रहेको छ ।  मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कार्यालयमा सम्पन्न संयुक्त बैठकले महासंघको अध्यक्ष पूण्यप्रसाद सिटौला (सरोज), नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसी, महासंघका महासचिव डेकनाथ गौतम रहेको सार्वजनिक यातायात क्षेत्र

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 1,471 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved