धरान/ “जहाँ आवश्यकता, त्यहाँ लायन्स” भन्ने नारालाई आत्मसात गर्दै विगत २८ वर्षदेखि धरानमा सामाजिक कार्य गर्दै आएका लायन्स क्लबहरूले एक नयाँ नमूना प्रस्तुत गरेका छन्। धरान–१४ स्थित पिण्डेश्वर मन्दिर अगाडि रहेको खाली र अव्यवस्थित जग्गामा अहिले एक सुन्दर ‘लायन्स वाटिका’ निर्माण गरिएको छ। करीब १५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त वाटिकाको उद्घाटन बुधबार एक समारोहबीच सम्पन्न भएको हो। धरानभर क्रियाशील २० वटा लायन्स क्लबहरूको संयुक्त लगानीमा निर्माण गरिएको पार्कको उद्घाटन इन्टरनेशनल लायन्स ३२५ सी डिष्ट्रिक्ट गर्भनर विकास अधिकारी, पूर्व डिष्ट्रिक्ट गर्भनर ध
सुनसरी/ यस वर्षको मनसुन सुरु भएको पहिलो दिन शुक्रबार रातिको भीषण वर्षापछि धनकुटाको लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको करिब ३० मिटर सडक कटान गरेको छ। धनकुटाको साँघुरीगढी गाउँपालिका–६ फेदीमा कालोपत्रे सडक कटान गरी खोलाले बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। धनकुटा प्रहरीले दिएको जानकारीअनुसार, एसपी शरदकुमार थापा क्षेत्रीले भने, “रातिको झरीले खोलामा बाढी आयो, जसले २५–३० मिटर सडक भत्काएको छ। यसले आज बिहानैदेखि कोशी लोकमार्ग बन्द भएको छ।” धनकुटाबाट पाँचथर–ताप्लेजुङ जोड्ने सडकसमेत अवरुद्ध बाढीले धनकुटामा अरु दुई ठ
धरान/ वुमन्स वर्थ ग्रुप (WWG) द्वारा बिहीबार आयोजित ‘मिसेस स्टेट २०२५’ सिजन थ्री कोशी प्रदेश प्रतियोगितामा अन्जु गुरुङले शीर्ष उपाधि जितेकी छन्। १७ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिसेस स्टेटको साथसाथै ‘मिसेस ब्युटिफुल’ र ‘बेस्ट स्माइल’ शीर्षक पनि हात पारिन्। गुरुङले उपाधिसँगै नगद ५१ हजार रुपैयाँ, ट्रफी, गिफ्ट ह्याम्पर र एक वर्षको सूर्य ज्योति लाइफ इन्स्योरेन्स प्राप्त गरिन्। उनलाई पूर्व मिस नेपाल एवं प्रमुख निर्णायक उषा खड्गी र मिसेस स्टेट सिजन टु विजेता पुष्पा फोम्बोले ताज पहिराइदिएका थिए। प्रतियोगितामा ममता शाह फर्स्ट रनरअप घोषित भइन्। उनले २५ हजार रु
भोजपुर/ नेपालमा फलाम खानीको उल्लेख्य सम्भावना हुँदाहुँदै पनि राज्यको बेवास्ताका कारण कतिपय खानीहरू बन्द छन्। त्यही मध्ये एक हो, भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ मा अवस्थित सेल्मे फलाम खानी। करिब १५० वर्ष पुरानो इतिहास बोकेको यो खानी वि.सं. २०१३ सालसम्म सञ्चालनमा थियो। हाल यो खानी पूर्ण रूपमा बन्द छ, जसले गर्दा स्थानीय कालीगडहरू बाह्य देशबाट आयात हुने फलाममा निर्भर बन्न बाध्य छन्। स्थानीयको भनाइमा, राज्यले अध्ययन अनुसन्धान गरी पुनः सञ्चालन गरे रोजगारी र आर्थिक विकासको राम्रो आधार बन्न सक्नेछ। स्थानीय कालिगड मनकुमार विश्वकर्मा भन्छन्, “यहाँको फलाम
उदयपुर/ उदयपुरमा प्रतिबन्धित लागूपदार्थ गाँजाको ठूलो परिमाणसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका–१, रानीटारस्थित ४१ वर्षीया रत्नमाया श्रेष्ठको घरबाट करिब १ हजार १४३ किलो गाँजा बरामद गरेको हो। गाँजा ३५ वटा बोरामा हालेर लुकाइएको अवस्थामा भेटिएको थियो। प्रहरीले घटनास्थलबाट रत्नमाया श्रेष्ठसँगै सोही स्थानकी ४२ वर्षीया कमला श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको छ। हाल दुवैजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेर लागूपदार्थ कारोबारसम्बन्धी कानुनी अनुसन्धान अघि
धरान/ धरान उपमहानगरपालिका–५ र ६ को सिमानामा पर्ने शेरा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको लामो समय भइसक्यो। तर, पुल बने पनि जोखिम भने टरिसकेको छैन। खोलाको सतह बर्सेनि उचाइँ लिँदै जाँदा बाढीको त्रास झन् बढेको छ। खोलाले गाउँमै पानी पस्ने अवस्था सिर्जना गरेपछि स्थानीय बासिन्दा त्रासमा बाँचिरहेका छन्। धरान–६, पानबारीका स्थानीय कृष्ण गौतम भन्छन्, “करोडौं रुपैयाँ खर्चेर पुल त बनाए, तर खोलाको सतह नै यति अग्लो हुँदै गएको छ कि खोलामा बाढी आउँदा पुल मात्र होइन, सिंगो गाउँ डुब्ने खतरा देखिएको छ।” स्थानीयले हरेक वर्ष वर्षायाम नआउँदै त्रासको सामना गर्नुपर्ने बाध्यता
धरान/ धरान–१२ मा अवस्थित सुनाखरी एकेडेमीले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा चार स्वर्ण पदक जित्ने छात्राहरू निमा डोल्मा तामाङ र वर्षा राईलाई विशेष सम्मान गरेको छ। बुधबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपल मिलन राई, निर्देशक प्रदीप राईसहित सम्पूर्ण विद्यालय परिवारको उपस्थिति थियो। विजेता छात्राहरूलाई अबिर र खदा ओढाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै निर्देशक प्रदीप राईले छात्राहरूको सफलताले विद्यालय मात्र नभई सिंगो धरान शहरको गौरव बढाएको बताए। प्रिन्सिपल राईले विद्यार्थीहरूलाई थप प्रेरणा र हौसला दिनका लागि सम्मान कार्यक्रमको आयोजना गरिएको जान
धरान/ धरान नगरका मेयर हर्क साम्पाङको श्रमशील दृष्टिकोण र समाजसेवामा योगदानलाई कदर गर्दै धरानस्थित प्राइम भिजन इन्टरनेशनल होस्पिटालिटी म्यानेजमेन्ट कलेजले अभिनव शैलीमा सम्मान गरेको छ। कलेजका विद्यार्थीहरूले सेफ कबिन राई र सेफ सबिन थापा मगरको मार्गदर्शनमा फलफूल नक्काशी तथा प्लेटर तयारीको प्रयोगात्मक कक्षा सम्पन्न गरेका थिए, जहाँ विशेष आकर्षण थियो मेयर साम्पाङको तस्बिर उतारिएको कलात्मक नक्काशी। विद्यार्थीहरूले उक्त कलाकृति स्वयम् मेयर साम्पाङको कार्यलयमै पुगी सम्मानपूर्वक हस्तान्तरण गरे। नक्काशी मात्र होइन, कार्यक्रममा सामुदायिक भावना झल्काउने एउटा गहिरो सन्देश पनि थियो। कलेजका निर्देशक अनिल श
धरान/ लामो समय पत्रकारितामा सक्रिय रहँदै आएका दिनेश गजमेर २०७९ सालको स्थानीय तहको निर्वाचनपछि धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्य बने। दुई दशकसम्म दलित अधिकार र सामाजिक विषयमा कलम चलाउँदै आएका गजमेर अब भने अधिकारको मुद्दा स्थापित गर्न राजनीतिक क्षेत्रमा होमिएका छन्। स्थानीय सरकारको कार्यपालिका सदस्य भए पनि अपेक्षा गरेअनुसार काम गर्न सहज नभएको उनी बताउँछन्। “पत्रकारितामा रहेर मुद्दा उठाउन सकिन्छ, तर कार्यान्वयन गर्न सत्ता नै चाहिँदो रहेछ,” गजमेरले भने। उनले कार्यपालिका सदस्यका रूपमा पहिलो बैठकमै दलित डेस्क स्थापना गर्ने प्रस्ताव राखे, जुन सर्वसम्मत निर्णय
धरान/ धरान उपमहानगरपालिका वडा नं. ४, ५, ६ र २० लाई कृषि पकेट क्षेत्र घोषणा गरिए पनि किसानको खेतबारी भने फौजी कीराको कब्जामा परेको छ। कृषि योजनाको नाममा भाषण र कागजी प्रतिबद्धता मात्रै हुँदा यहाँका कृषक वर्षेनी झैँ यो साल पनि मकैबाली गुमाउने त्रासमा छन्। वडा नं. ६ अन्तर्गत पर्ने पानबारी, डाँगी, सतिससाले लगायतका क्षेत्रका किसान मकैबालीमा फैलिएको फौजी कीराका कारण हैरान छन्। वैशाखको अन्तिम साता देखिनै मकैबालीको गुबोभित्र पसेर पात खाने, बोट सुकाउने र बाली सखाप पार्ने कीराले किसानको मेहनत सडकमै आएको छ। "हामी मेहनत गर्छौं, मल–पानी, औषधि सबै गर्छौं तर कीराले बोटै सिध्याउँछ" किसान कृष्णब