११४३ किलो गाँजासहित दुई महिला पक्राउ रत्नमाया श्रेष्ठको घरमा लुकाएर राखिएको गाँजा प्रहरीले बरामद, अनुसन्धान जारी

  • जेठ १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

उदयपुर/ उदयपुरमा प्रतिबन्धित लागूपदार्थ गाँजाको ठूलो परिमाणसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका–१, रानीटारस्थित ४१ वर्षीया रत्नमाया श्रेष्ठको घरबाट करिब १ हजार १४३ किलो गाँजा बरामद गरेको हो।

गाँजा ३५ वटा बोरामा हालेर लुकाइएको अवस्थामा भेटिएको थियो। प्रहरीले घटनास्थलबाट रत्नमाया श्रेष्ठसँगै सोही स्थानकी ४२ वर्षीया कमला श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको छ।

हाल दुवैजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेर लागूपदार्थ कारोबारसम्बन्धी कानुनी अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved