कृषि पकेट क्षेत्रको नाममा धोका! धरानको मकैबाली फौजी किराको कव्जामा

  • जेठ १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान उपमहानगरपालिका वडा नं. ४, ५, ६ र २० लाई कृषि पकेट क्षेत्र घोषणा गरिए पनि किसानको खेतबारी भने फौजी कीराको कब्जामा परेको छ। कृषि योजनाको नाममा भाषण र कागजी प्रतिबद्धता मात्रै हुँदा यहाँका कृषक वर्षेनी झैँ यो साल पनि मकैबाली गुमाउने त्रासमा छन्।

वडा नं. ६ अन्तर्गत पर्ने पानबारी, डाँगी, सतिससाले लगायतका क्षेत्रका किसान मकैबालीमा फैलिएको फौजी कीराका कारण हैरान छन्।

वैशाखको अन्तिम साता देखिनै मकैबालीको गुबोभित्र पसेर पात खाने, बोट सुकाउने र बाली सखाप पार्ने कीराले किसानको मेहनत सडकमै आएको छ।

"हामी मेहनत गर्छौं, मल–पानी, औषधि सबै गर्छौं तर कीराले बोटै सिध्याउँछ" किसान कृष्णबहादुर विष्ट भन्छन्, "बर्षेनी उस्तै समस्या, तर समाधान शून्य।"

कृषि पकेट क्षेत्रको ‘ट्याग’ पाए पनि स्थानीय सरकार र सम्बन्धित निकायको संयोजन कमजोर छ। वडाध्यक्ष भुपेन्द्र भट्टराईका अनुसार केही औषधि वितरण गरिएको भए पनि बजेटको अभाव र प्राविधिकको समन्वय नहुँदा प्रकोप नियन्त्रणमा चुनौती आएको छ।

फसल सखाप, किसान निराश

शुरुआतमा हरियो भएर फस्टाएको मकैबालीबाट राम्रो आम्दानीको आशा गरेका किसान अहिले निराश छन्। खेतिपातीमै निर्भर सयौँ परिवारको जीविका फौजी कीराले चौपट पारेको छ।

"गोड्ने बेला भयो, तर मकैको पात र गुबोभित्र कीरा भरिएको छ। यस्तो लाग्छ, मेहनतको कुनै अर्थ छैन" अर्का किसानको गुनासो छ।

धरानभित्र मात्र नभई, यहाँ उत्पादन हुने मकै र फलफूल धरान बाहिरका बजारमा समेत आपूर्ति हुने गर्दछ। यस्तो अवस्थामा उत्पादनमै संकट आउँदा खाद्य सुरक्षासमेत जोखिममा पर्ने विज्ञहरूको भनाइ छ।

अभियान होइन, समाधान चाहिएको छ

प्रकोप नियन्त्रणका लागि कहिले औषधि बाँड्ने त कहिले ‘जागरण कार्यक्रम’ भन्दै सरकारको उपस्थिति देखाइन्छ। तर, किसानलाई चाहिएको हो स्थायी समाधान।

कृषि पकेट क्षेत्रको वास्तविकता भोगिरहेका किसान अब योजनाभन्दा काम माग्न थालेका छन्।"फोटो खिच्न हैन, बाली बचाउन आउनुपर्छ" उनीहरू भन्छन्।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved