हल्ला नगरि काम गर्ने लायन्स क्लव लायन्स वाटिका निर्माण गरि हस्तातरण गरे  १५ लाखको लगानीमा धरानका लायन्स क्लबहरूको पहल

  • जेठ १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt -विकाश चाम्लिङ राई

धरान/  “जहाँ आवश्यकता, त्यहाँ लायन्स” भन्ने नारालाई आत्मसात गर्दै विगत २८ वर्षदेखि धरानमा सामाजिक कार्य गर्दै आएका लायन्स क्लबहरूले एक नयाँ नमूना प्रस्तुत गरेका छन्।

धरान–१४ स्थित पिण्डेश्वर मन्दिर अगाडि रहेको खाली र अव्यवस्थित जग्गामा अहिले एक सुन्दर ‘लायन्स वाटिका’ निर्माण गरिएको छ।

करीब १५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त वाटिकाको उद्घाटन बुधबार एक समारोहबीच सम्पन्न भएको हो।

धरानभर क्रियाशील २० वटा लायन्स क्लबहरूको संयुक्त लगानीमा निर्माण गरिएको पार्कको उद्घाटन इन्टरनेशनल लायन्स ३२५ सी डिष्ट्रिक्ट गर्भनर विकास अधिकारी, पूर्व डिष्ट्रिक्ट गर्भनर धीरज गुरुङ र वाटिका निर्माण संयोजक कविता लिम्बूले संयुक्त रूपमा लायन्स वाटिका बोर्डको पर्दा हटाएर गरेका थिए।

निर्माण संयोजक लिम्बूका अनुसार वाटिकाका लागि जग्गा धरान उपमहानगरपालिका–१४ वडा कार्यालयले उपलब्ध गराएको हो भने वडा नं.१५ ले नगद ८० हजार रुपैयाँ सहयोग गरेको थियो। “मन्दिर अगाडि रहेको अव्यवस्थित जग्गाको सदुपयोग गरी सुन्दर वाटिका निर्माण गरिएको हो,” संयोजक लिम्बूले बताइन्।

पूर्व गर्भनर गुरुङले लायन्स क्लबले विगत तीन दशकदेखि शिक्षा, स्वास्थ्य, आपतकालीन राहत, भौतिक पूर्वाधार निर्माण, र गरिब तथा असहायहरूलाई सहयोग गर्दै आइरहेको जानकारी दिए। “हामीकहाँ पहेँलो हाफ ज्याकेट लगाएका स्वयंसेवकहरू जहाँ आपत् छ, त्यहीँ देखिन्छन्,” उनले भने।

गुरुङले लायन्स क्लबले धरान–१३ मा करिब दुई करोड रुपैयाँको लागतमा निर्माण गरिएको सत्य साई स्कुल, धरान–१७ स्थित सयपत्री बालविकास केन्द्र भवन, इलाका प्रशासन कार्यालयमा ३ वटा सार्वजनिक शौचालय, खानेपानी ट्यांकी, पञ्चकन्या मन्दिर परिसरमा चौतारा निर्माण, डस्टबिन वितरण, औषधि उपचार सहयोग, स्टेशनरी वितरण, रक्तदान लगायत थुप्रै सामाजिक कामहरू उल्लेख गरे।

नव–निर्मित लायन्स वाटिका अब स्थानीयवासी तथा पिण्डेश्वर बाबा धाम समितिलाई हस्तान्तरण गरिने जनाइएको छ। “हामीले निर्माण गरिदियौं, अब यसको संरक्षण स्थानीयवासीले गर्नुपर्नेछ,” संयोजक लिम्बूले भनिन्।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved