भोजपुरको ऐतिहासिक सेल्मे फलाम खानी पुनःसञ्चालनको माग

  • जेठ १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

भोजपुर/ नेपालमा फलाम खानीको उल्लेख्य सम्भावना हुँदाहुँदै पनि राज्यको बेवास्ताका कारण कतिपय खानीहरू बन्द छन्।

त्यही मध्ये एक हो, भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ मा अवस्थित सेल्मे फलाम खानी। करिब १५० वर्ष पुरानो इतिहास बोकेको यो खानी वि.सं. २०१३ सालसम्म सञ्चालनमा थियो।

हाल यो खानी पूर्ण रूपमा बन्द छ, जसले गर्दा स्थानीय कालीगडहरू बाह्य देशबाट आयात हुने फलाममा निर्भर बन्न बाध्य छन्। स्थानीयको भनाइमा, राज्यले अध्ययन अनुसन्धान गरी पुनः सञ्चालन गरे रोजगारी र आर्थिक विकासको राम्रो आधार बन्न सक्नेछ।

स्थानीय कालिगड मनकुमार विश्वकर्मा भन्छन्, “यहाँको फलाम उत्कृष्ट गुणस्तरको छ। राज्यले खानी पुनः सञ्चालन गर्न सके कालीगड पेसा ब्यावसायिक रूपमा फस्टाउनेछ।”

त्यस्तै, अर्का कालीगड तीर्थकुमार विश्वकर्माले भोजपुरको खुकुरीलाई विश्वचिनारीको प्रतीक बनाउन यही फलाम उपयोग गर्न सकिने उल्लेख गरे। “भोजपुरे खुकुरीकै लागि प्रसिद्ध छ। यहीँको फलाम प्रयोग गरेर बनाएको खुकुरीले छुट्टै ब्रान्डिङ दिन सक्थ्यो,” उनले भने                        

१५० वर्षे इतिहास बोकेको फलाम खानी राज्यको बेवास्तामा बन्द, स्थानीय भन्छन् – ‘पुनः सञ्चालन भयो भने रोजगारी र उद्योग दुवै फस्टाउँछन्’

हाल सेल्मे क्षेत्रमा करिब नौ परिवार अझै पनि कालिगड पेसामा संलग्न छन्। तर, फलाम नपाएर पेसा छोड्ने क्रम बढेको स्थानीयहरूको गुनासो छ।

टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गका अनुसार, “सेल्मे, देवी खोला, छोक्लालगायत स्थानमा अहिले पनि फलामको धाउ पाइन्छ। प्रदेश र संघ सरकारको ध्यान गएमा हजारौँलाई रोजगारी दिने खानी बन्न सक्छ।”

उनले थपे, “हाम्रो वडाबाट यो खानी सञ्चालन सम्भव छैन। हामी प्रदेश र संघीय सरकारलाई जानकारी दिँदै आएका छौँ।”

स्थानीय खुकुरी, कृषि औजार, कट्टी, खुर्पालगायत सामग्री अझै गाउँघरमा भेटिन्छन् जसमा यही खानीबाट निकालिएको फलाम प्रयोग भएको पाइन्छ।

स्थानीयवासीको माग छ – इतिहास बोकेको खानीलाई संरक्षण गरौं, आर्थिक समृद्धिको ढोका खोलौं।

रासस

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved