धरानका मेयर साम्पाङलाई प्राइम भिजनका विद्यार्थीले बनाएको नक्काशी हस्तान्त्रण

  • जेठ १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान नगरका मेयर हर्क साम्पाङको श्रमशील दृष्टिकोण र समाजसेवामा योगदानलाई कदर गर्दै धरानस्थित प्राइम भिजन इन्टरनेशनल होस्पिटालिटी म्यानेजमेन्ट कलेजले अभिनव शैलीमा सम्मान गरेको छ।

कलेजका विद्यार्थीहरूले सेफ कबिन राई र सेफ सबिन थापा मगरको मार्गदर्शनमा फलफूल नक्काशी तथा प्लेटर तयारीको प्रयोगात्मक कक्षा सम्पन्न गरेका थिए, जहाँ विशेष आकर्षण थियो मेयर साम्पाङको तस्बिर उतारिएको कलात्मक नक्काशी।

विद्यार्थीहरूले उक्त कलाकृति स्वयम् मेयर साम्पाङको कार्यलयमै पुगी सम्मानपूर्वक हस्तान्तरण गरे। नक्काशी मात्र होइन, कार्यक्रममा सामुदायिक भावना झल्काउने एउटा गहिरो सन्देश पनि थियो।

कलेजका निर्देशक अनिल श्रेष्ठका अनुसार, श्रमदान र सामाजिक सेवाप्रतिको सम्मानस्वरूप मेयर साम्पाङद्वारा सिफारिस गरिएका दुई विद्यार्थीलाई कलेजले ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ।

उक्त सम्मानप्रति आभार व्यक्त गर्दै मेयर साम्पाङले प्राइम भिजन कलेज र प्रशिक्षक सेफ केभिन राई सहित सम्पूर्ण विद्यार्थीलाई धन्यवाद दिएका छन्। “यस प्रकारको कार्यक्रममा सहभागी हुनुले विद्यार्थीहरूमा सिर्जनशीलता र सामाजिक जिम्मेवारी दुवैको विकास हुन्छ,” मेयर साम्पाङले प्रतिक्रिया दिएका थिए।

प्राइम भिजन इन्टरनेशनल होस्पिटालिटी म्यानेजमेन्ट कलेजले व्यवहारिक शिक्षा र सामुदायिक सहकार्यलाई जोड दिँदै भविष्यका दक्ष होटल व्यवस्थापक उत्पादन गर्दै आएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved