धरानकाे सुनाखरी एकेडेमीद्वारा अन्तर्राष्ट्रिय कराते विजेता छात्राहरू सम्मानित

  • जेठ १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान–१२ मा अवस्थित सुनाखरी एकेडेमीले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा चार स्वर्ण पदक जित्ने छात्राहरू निमा डोल्मा तामाङ र वर्षा राईलाई विशेष सम्मान गरेको छ।

बुधबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपल मिलन राई, निर्देशक प्रदीप राईसहित सम्पूर्ण विद्यालय परिवारको उपस्थिति थियो। विजेता छात्राहरूलाई अबिर र खदा ओढाई सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै निर्देशक प्रदीप राईले छात्राहरूको सफलताले विद्यालय मात्र नभई सिंगो धरान शहरको गौरव बढाएको बताए। प्रिन्सिपल राईले विद्यार्थीहरूलाई थप प्रेरणा र हौसला दिनका लागि सम्मान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए।

उक्त छात्राहरूले मेयर कप–२०२५ अन्तर्गत झापाको काँकडभिट्टामा सम्पन्न “११औँ अन्तर्राष्ट्रिय कराते प्रतियोगिता”मा चारवटा स्वर्ण पदक जित्दै उल्लेखनीय सफलता हासिल गरेका हुन्। प्रतियोगिता २०८२ साल जेठ ११ र १२ गते सम्पन्न भएको थियो।

नेपाल सितोरियो कराते डो संघ, झापाको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले विजयी खेलाडीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved