शिक्षा

    Showing २०१-२१० of १,९२३ items.
  • धरानमा नाबालककै कोठाबाट २५५० लागूऔषध बरामद, एक वयस्कसहित नियन्त्रणमा

    धरान/  धरान उप–महानगरपालिका–५ सुन्दर बस्तीमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा ठुलो परिमाणमा लागूऔषध बरामद भएको छ। मंगलबार राति करिब ९:२० बजे अस्थायी प्रहरी चौकी देउराली र श्यामचोकबाट खटिएको संयुक्त टोलीले एक १४ वर्षीय नाबालकको कोठामा खानतलासी गर्दा TRAMADOL १२०० क्याप्सुल र  SPASPAN १३५० ट्याब्लेट फेला पारेको हो। बरामद लागूऔषधको कुल संख्या २५५० पिस रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा उक्त नाबालकसहित सोही कोठामा रहेका ३५ वर्षीय हरि बहादुर बि।कलाई नियन्त्रणमा लिएको छ। दुवैलाई इलाका प्रहरी कार्यालय धरानमा रा

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • ६७९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप: उपाधिका लागि वडा नं. २ र वडा नं. ९ भिड्ने

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी चौथो संस्करणको वडा स्तरीय “वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता” अन्तर्गत सेमिफाइनल चरणका खेलहरू सम्पन्न भएसँगै फाइनल समिकरण पूरा भएको छ। उपाधिका लागि अब वडा नं. २ र वडा नं.९ का बीच प्रतिस्पर्धा हुने भएको छ।देविघाटस्थित बसन्तऋतु माध्यमिक विद्यालयको खेल मैदानमा बुधबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा दोस्रो संस्करणको विजेता वडा नं. १ लाई वडा नं. ९ ले शुन्यका बिरुद्ब एक गोलको अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो। यसअघि वडा नं. २ ले वडा नं. ५ लाई हराउँदै फाइनल यात्रा तय गरिसकेको थियो। अब उपाधिका लागि गत संस्कर

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • ३२९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नर्सरीदेखि ब्याचलरसम्म एउटै छानामुनि: धरान मेघाको नयाँ शिक्षा मोडल

    धरान/ पछिल्लो समय कोशी प्रदेशकै शैक्षिक क्षेत्रमा द्रुत रूपमा आफ्नो पहिचान स्थापित गर्दै आएको धरान मेघा हिमालयन कलेज अहिले नयाँ शैक्षिक सत्रको भर्ना अभियानमा व्यस्त छ। नर्सरीदेखि ब्याचलरसम्म एउटै छानामुनि अध्ययनको अवसर, दक्ष शिक्षक टोली, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता र करियर–केन्द्रित शिक्षण प्रणालीका कारण कलेज अभिभावक र विद्यार्थीको रोजाइमा पर्दै आएको छ। यिनै विषयमा केन्द्रित रहेर कलेजका प्रिन्सिपल भास्कर पौडेलसँग कोशीपत्रले गरिएको विस्तृत कुराकानीको सम्पादित अंश प्रस्तुत छः भर्ना अभियानको अवस्था अहिले कस्तो छ ?  अहिले हाम्रो नर्सरीदेखि कक्षा ९ सम्मको भर्ना प्

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • ७१८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान नृत्यकला प्रतिष्ठानमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

    धरान/  नृत्यकर्मीहरूको हक, हित तथा कला प्रवर्द्धनका लागि क्रियाशील संस्था धरान नृत्यकला प्रतिष्ठान को हालै सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा नन्दा राई चयन भएकी छिन्। त्यसैगरी उपाध्यक्षमा देवराज खड्का र पनिता तामाङ, सचिवमा सन्तोष तामाङ तथा सह–सचिवमा प्रविन भुजेल र सागर राई चयन भएका छ। कोषाध्यक्षमा सुरेश राई चयन हुनुभएको छ भने सदस्यहरूमा पवन तामाङ, सन्देश तिमल्सिना, एलिसा ल्वागुन, आइश्वर लिम्बू, रुविन परियार, रेशु धमला, इचिङ्सा लिम्बू, सविता शेर्पा, हर्क तामाङ र तृष्णा राई चयन भएका छन्। अधिवेशन अन्तर्गत सम्पन्न कार्यक्रमको

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • ४३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ७ वर्षदेखि अलपत्र पुल , श्रमदानबाट उठ्दै, सरकार मौन: 'माग्दा पनि पाएनौँ सहयोग'

    धरान/  धरान उपमहानगरपालिका–४ स्थित सेउती खोलाको जुवाने दोभानमा वर्षौँदेखि अलपत्र परेको पुल अहिले स्थानीयवासीकै सक्रियता र श्रमदानबाट पुनः निर्माण भइरहेको छ। २०७४ सालमा सुरु भएको पुल तत्कालीन मेयर तारा सुब्बा को असामयिक निधनपछि अधुरै रहँदै आएको थियो। त्यसयता सम्बन्धित निकायको ध्यान नपुगेपछि स्थानीयले आफैं जुटेर निर्माण कार्य अघि बढाएका हुन्। पुल अभावमा  दानाबारी, कालिमाटी, नहरे, जुवाने, हर्दिया लगायतका बस्तीका बासिन्दाले वर्षौंदेखि सास्ती खेप्दै आएका थिए। विशेषगरी वर्षायाममा सेउती खोलाको बहाव बढ्दा विद्यार्थी, वृद्धवृद्धा र सर्वसाधारणले ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • ५२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईई आइडल २०२६: फाइनलमा को–को पुगे? हेर्नुहोस्

    धरान/ धरानमा ‘शिक्षाका लागि संगीत’ भन्ने मूल नारासहित आयोजना हुँदै आएको कोशी प्रदेशकै चर्चित प्रतियोगिता वाई वाई एसईई आइडल २०२६ अहिले उत्कर्षतर्फ अघि बढिरहेको छ। फक्ताङलुङ मिडिया हाउस प्रा.लि. द्वारा आयोजना र FTL Online TV को प्रस्तुतीमा भइरहेको प्रतियोगिताको छैटौं संस्करण यस वर्ष अझ भव्य बनेको आयोजकले जनाएको छ। प्रतियोगितामा काेशी प्रदेशका १४ जिल्लाबाट १६ सयभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। फिजिकल र डिजिटल दुवै माध्यमबाट गरिएको अडिसनपछि उत्कृष्ट प्रतिभाहरू छनोट हुँदै आज (शनिबार) सेमीफाइनल चरण सम्पन्न भएको छ। सेमीफाइनल धरानमा आयोजना गरिएको थियो, जहाँ गायन, नृत

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • ३३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग वैशाख २५ देखि

    धरान/ धरान अब साहसिक खेल पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्ने दिशामा अघि बढेको छ। पूर्वमै पहिलो पटक व्यावसायिक रूपमा आयोजना हुन लागेको ‘नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग’ अन्तर्गत खुला लक्ष्य नजिक अवतरण प्रतियोगिता वैशाख २५ देखि २८ गतेसम्म धरानमा सञ्चालन हुने भएको छ। नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा हुने यस प्रतियोगितामा नेपालसहित भारत, चीन, मलेसिया, श्रीलंका, जर्मनी, इटाली लगायत १२ देखि १५ देशका पाइलटहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार यो प्रतियोगिता केवल खेलकुदमा सीमित नभई नेपालको साहसिक पर्यटन, खेलकुद विकास र अन्तर्राष्ट्रिय पहिचान

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • ५४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा दुईदिने शिक्षक सशक्तिकरण तथा व्यवस्थापन कार्यशाला

    धरान/  धरानमा शिक्षक सशक्तीकरण तथा विद्यालय व्यवस्थापनसम्बन्धी दुईदिने कार्यशाला आज सुरु भएको छ । कार्यशालाको पहिलो दिन ‘शिक्षक सशक्तीकरण’ मा केन्द्रित रहेको छ । उद्घाटन सत्रमा आइडियल इङ्लिस बोर्डिङ स्कुलका निर्देशक सागर खड्काले कार्यक्रमको उद्देश्य र महत्त्वबारे स्पष्ट पार्दै शिक्षा क्षेत्रमा नयाँ सोच, नयाँ अभ्यास र आधुनिक शिक्षण पद्धति अपनाउन यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राखे । उनले पहिलो दिन शुक्रबार शिक्षक सशक्तीकरण र दोस्रो दिन शनिबार विद्यालय व्यवस्थापनसम्बन्धी तालिम रहने जानकारी दिँदै शिक्षा प्रणालीलाई समयअनुसार सुधार र परिमार्जन गर्दै गुणस्तरीय बनाउने लक्ष

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • ६१६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्कुल बस दुर्घटना : १३ विद्यार्थी घाइते, चालक फरार

    झापा/ झापाकाे कचनकवल–३ दलकीस्थित सडक खण्डमा आज बिहान स्कुल बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको विद्यापानी सेकेन्डरी स्कुलको बसले बाटोमा निस्किएको मोटरसाइकललाई ठक्कर दिँदा बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। बसमा करिब १८–२० जना विद्यार्थी सवार थिए। दुर्घटनामा मोटरसाइकल चालक ५२ वर्षीय ओमप्रसाद तिम्सिना घाइते भएका छन् भने अधिकांश विद्यार्थीको अवस्था सामान्य रहेको छ। घाइतेहरूलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पठाइएको छ। दुर्घटनापछि बस चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। दुवै

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • २२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा विज्ञान सम्मेलन: बाँदर व्यवस्थापनदेखि भूमिगत पानीसम्म गहन छलफल हुने

    धरान/ केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार मा विज्ञान तथा प्रविधि विषयक प्रादेशिक सम्मेलन वैशाख १८ र १९ गते आयोजना हुने भएको छ। सम्मेलनमा देशभर देखिँदै आएका विभिन्न ज्वलन्त समस्यामाथि वैज्ञानिक दृष्टिकोणबाट छलफल गरिने आयोजकले जनाएको छ। सम्मेलनका संयोजक सहायक क्याम्पस प्रमुख बन्टी श्रेष्ठ ले बुधवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै बाँदर व्यवस्थापन, स्वास्थ्यकर मासु उत्पादन, भूमिगत पानीको अवस्था जस्ता विषयमा केन्द्रित भएर दर्जनभन्दा बढी अनुसन्धानपत्र प्रस्तुत गरिने बताए। उनका अनुसार विज्ञान, स्वास्थ्य, वातावरण, खाद्य प्रविधि, जलस्रोत तथा भू–गर्भ विज्ञानसँग सम्बन्धित विविध क्षे

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • २७९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved