धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग वैशाख २५ देखि

  • वैशाख १८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान अब साहसिक खेल पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्ने दिशामा अघि बढेको छ।

पूर्वमै पहिलो पटक व्यावसायिक रूपमा आयोजना हुन लागेको ‘नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग’ अन्तर्गत खुला लक्ष्य नजिक अवतरण प्रतियोगिता वैशाख २५ देखि २८ गतेसम्म धरानमा सञ्चालन हुने भएको छ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा हुने यस प्रतियोगितामा नेपालसहित भारत, चीन, मलेसिया, श्रीलंका, जर्मनी, इटाली लगायत १२ देखि १५ देशका पाइलटहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार यो प्रतियोगिता केवल खेलकुदमा सीमित नभई नेपालको साहसिक पर्यटन, खेलकुद विकास र अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण कार्यक्रम हो।
संघका अध्यक्ष भुपेन्द्र चाम्लिङ राई का अनुसार नेपालमा विगत चार दशकदेखि प्याराग्लाइडिङ खेल विस्तार हुँदै आएको छ। सन् २०१८ को एसियाली खेलकुदमा नेपालले रजत पदक जितेपछि यो खेलप्रति अन्तर्राष्ट्रिय आकर्षण झनै बढेको उनले बताए।

प्रतियोगिताको उडान स्थल धरान–४ भेडेटारको ‘बिग बुद्ध’ क्षेत्र रहनेछ भने अवतरण स्थल धरान–१४ को खत्रीधारा तोकिएको छ। हरियाली पहाड, खुला आकाश र अनुकूल हावापानीका कारण धरान प्याराग्लाइडिङका लागि उपयुक्त गन्तव्य बन्दै गएको आयोजकको भनाइ छ।

प्रतियोगितालाई सुरक्षित बनाउन सहभागी खेलाडीहरूको ४० लाख रुपैयाँसम्मको दुर्घटना बिमा गरिएको छ। साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिनेछ। विदेशी तथा बाहिरी जिल्लाबाट आउने खेलाडीहरूका लागि आवास, भोजन र यातायातको व्यवस्थासमेत मिलाइएको छ।

करिब ६० लाख २५ हजार रुपैयाँ बजेटमा आयोजना हुने प्रतियोगितामा पाँच विधाअन्तर्गत कुल ६ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिनेछ। ओभरअल विधामा प्रथम हुनेले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

धरान–१५ का वडाध्यक्ष नरेश इवाराम ले यस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताले धरानको पर्यटन, होटल, यातायात र व्यापार क्षेत्रमा प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेका छन्।

स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै धरानलाई विश्वसामु चिनाउने उद्देश्यका साथ आयोजना हुन लागेको यो प्रतियोगिताले अब धरानको आकाशसँगै यहाँको पहिचान पनि अन्तर्राष्ट्रिय उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved