एसईई आइडल २०२६: फाइनलमा को–को पुगे? हेर्नुहोस्

  • वैशाख १९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा ‘शिक्षाका लागि संगीत’ भन्ने मूल नारासहित आयोजना हुँदै आएको कोशी प्रदेशकै चर्चित प्रतियोगिता वाई वाई एसईई आइडल २०२६ अहिले उत्कर्षतर्फ अघि बढिरहेको छ।

फक्ताङलुङ मिडिया हाउस प्रा.लि. द्वारा आयोजना र FTL Online TV को प्रस्तुतीमा भइरहेको प्रतियोगिताको छैटौं संस्करण यस वर्ष अझ भव्य बनेको आयोजकले जनाएको छ।

प्रतियोगितामा काेशी प्रदेशका १४ जिल्लाबाट १६ सयभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

फिजिकल र डिजिटल दुवै माध्यमबाट गरिएको अडिसनपछि उत्कृष्ट प्रतिभाहरू छनोट हुँदै आज (शनिबार) सेमीफाइनल चरण सम्पन्न भएको छ।

सेमीफाइनल धरानमा आयोजना गरिएको थियो, जहाँ गायन, नृत्य र वक्तृत्व (Speech) विधामा प्रतिस्पर्धा गराइएको थियो।

सेमीफाइनलबाट तीनै विधाका उत्कृष्ट १०,१० प्रतिस्पर्धीहरू फाइनलमा प्रवेश गरेका छन्।

गायनतर्फ आदित राई, आकाश कुलुङ, बन्दना तामाङ, बोबी श्रेष्ठ, ह्यापिसन लिम्बु, जेनीशा खड्का, रिङछेन तामाङ, समीर मलिक, स्वस्थानी श्रेष्ठ र तक्तुहाङ लिम्बु उत्कृष्ट १० मा पर्न सफल भएका छन्।

नृत्यतर्फ अलोन राई, गौरव गिरी, जेसिका लिम्बु, महिमा लिम्बु, मनीता योनजन लामा, रुची लिम्बु, शिक्षा थापा क्षेत्री, स्मारिका लिम्बु, सोनिया राई र सुजाता घिसिङ फाइनलमा पुगेका छन्।

त्यस्तै, वक्तृत्वतर्फ अंकिता थापा, हिमा घिमिरे, इशा खड्का, खुशी बिस्ट, प्रज्ञान कोइराला, रिदम दुलाल, शान्तनु चौधरी, सिम्रन गुरुङ, सुभम साह र एक्जिबिट लिम्बु उत्कृष्ट १० भित्र पर्न सफल भएका छन्।

फक्ताङलुङ मिडिया हाउस प्रा.लिका अध्यक्ष डम्बर कुमार तुम्बापो का अनुसार यस वर्ष प्रतियोगिता अझ आकर्षक र प्रतिस्पर्धात्मक बनाइएको छ। उनका अनुसार तीनै विधाका विजेताले जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

यससँगै विजेताहरूले प्लस टु अध्ययनका लागि २ देखि ४ लाख रुपैयाँसम्मको छात्रवृत्ति, वारिष्टा तालिममा ९० प्रतिशत छुट, गिफ्ट ह्याम्पर तथा मुस्ताङ र सिक्किम भ्रमणको अवसर समेत पाउनेछन्।

कार्यक्रम संयोजक राम बहादुर लिम्बु का अनुसार फस्ट रनरअपले ३० हजार र सेकेन्ड रनरअपले २० हजार नगदसहित छात्रवृत्ति प्राप्त गर्नेछन् भने शीर्ष १० फाइनलिस्टलाई समेत १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ।

विशेषगरी, फारम भर्नेदेखि तालिमसम्मका सम्पूर्ण प्रक्रिया निःशुल्क गरिएकोले आर्थिक अभावका कारण पछि परेका विद्यार्थीहरूलाई ठूलो अवसर मिलेको आयोजकको भनाइ छ।

अब प्रतियोगिताको बहुप्रतीक्षित ग्रान्ड फाइनल यही २०८३ साल जेठ ८ गते शुक्रबार बिहान ११ बजे धरान–१५ स्थित चुम्लुङ भवनमा आयोजना हुँदैछ।

फाइनलमा तीनै विधाका उत्कृष्ट प्रतिभाबीच उपाधिका लागि कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

‘शिक्षाका लागि संगीत’ भन्ने अभियानलाई आत्मसात गर्दै आयोजना गरिएको यस प्रतियोगिताले विद्यार्थीहरूमा लुकेका प्रतिभालाई उजागर गर्नुका साथै शिक्षा र सिर्जनात्मक क्षेत्रलाई जोड्ने महत्वपूर्ण मञ्चको रूपमा स्थापित हुँदै गएको छ।

 

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved