स्कुल बस दुर्घटना : १३ विद्यार्थी घाइते, चालक फरार

  • वैशाख १७, २०८३
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

झापा/ झापाकाे कचनकवल–३ दलकीस्थित सडक खण्डमा आज बिहान स्कुल बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्।

दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको विद्यापानी सेकेन्डरी स्कुलको बसले बाटोमा निस्किएको मोटरसाइकललाई ठक्कर दिँदा बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। बसमा करिब १८–२० जना विद्यार्थी सवार थिए।

दुर्घटनामा मोटरसाइकल चालक ५२ वर्षीय ओमप्रसाद तिम्सिना घाइते भएका छन् भने अधिकांश विद्यार्थीको अवस्था सामान्य रहेको छ। घाइतेहरूलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पठाइएको छ।

दुर्घटनापछि बस चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। दुवै सवारी साधन प्रहरी नियन्त्रणमा रहेका छन्।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved