मोरङ/ पथरी शनिश्चरे नगरपालिका, न्यायिक समितिको सहकार्यमा कानेपोखरी मिडिया प्रालिले पथरी शनिश्चरे नगरस्तरीय कानुनी परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । साविकका ३ वटा गाविस हसन्दह, शनिश्चरे र पथरी लक्षित यो कार्यक्रम हसन्दह क्षेत्रका लागि असार ६ गते अमर सिंह माविको सभाहलमा, शनिश्चरे क्षेत्रका लागि असार ७ गते सरस्वती आधारभूतको सभाहलमा र पथरी क्षेत्रका लागि आज असार ८ गते हरियाली सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन प्रमुख अतिथिको रूपमा उपस्थिति यमुना विष्ट बास्तोलाले पथरी शनिश्चरे नगरमा प्राप्त विषयगत कानुन र कानुनको सुक्ष्म कार्यान्वयनको पक्ष औसत मात
धरान । युवाहरुको नेतृत्व र व्यक्तित्व विकाशका लागि आंकाक्षा नेपालले धरानमा एक दिने नेतृत्व विकाश तालिम सम्पन्न गरेको छ । युवाहरुलाई असल नेतृत्वबाट मात्र सामुहिक लक्ष्य हासिल गर्न सकिन्छ भन्ने अवधारणा अनुसार नेतृत्व विकाश तालिम प्रदान गरेको हो । आइतबार सम्पन्न तालिममा नेता र नेतृत्व, नेतृत्वका शैली र सिप, नेतृत्वको प्रकार, नेतामा हुनुपर्ने गुणहरुका विषयमा तालिम केन्द्रित भएको थियो । धरान जेसिजका पुर्व अध्यक्ष मोहन श्रेष्ठ र विष्णु बरालले तालिमको सहजीकरण गरेका थिए । युवा भविष्यको कर्णधार र सम्भावना भएका कारण उनीहरुलाई असल संस्कार र सोचको विकाश गर्न नेतृत्व विकाश तालिम प्रदान गरिएको आकांक्षा
धरान । सरकारले चैत्र ११ गते देखि लकडाउन घोषणा गरे पनि अन्य सेवा सुविधा सहित विद्यालयहरु पनि पुर्ण रुपमा बन्द रहेका छन् । जसले गर्दा विद्यार्थीहरुको पठनपाठनमा असर पुर्याएको छ । पछिल्लो समय लकडाउनको मोडालिटी परिवर्तन भए पनि विद्यालयहरु भने अझै पुर्ण रुपमा बन्दनै रहेका छन् । त्यसैले सुविसुको क्लियर टिभीले ई कक्षा संचालन गरेको छ । लकडाउनका कारण पठनपाठनमा असर परे पछि क्लियर टिभीले ई कक्षा शुरु गरेको छ । सुविसुको क्लियर टिभीले स्कुल अब घरमै अभियान अन्र्तगत टिभी च्यानलमा ई कक्षा संचालन गरेको हो । लकडाउनका कारण विद्यालय बन्द हुँदा पठनपाठनमा असर पर्न थालेको भन्दै सुविसुले क्लियर टिभी मार्फत इ कक्ष
कोभिड १९ को संक्रमण र त्यसको नियन्त्रण र रोकथामका लागि घोषणा गरिएको लकडाउनका कारण गत चैत्र ११ गतेदेखि विद्यालयहरु बन्द भएपछि विद्यालयतहमा अध्ययनरत ७० लाख बालबालिकाहरु घरमै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारदेखि बैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै घरलाई नै शिक्षालयको रुपमा विकास गर्ने उद्देश्यले टेलिभिजन, रेडियो, अनलाइनलगायत डिजिटल प्रविधिको प्रयोग गरेर पठन(पाठन गराउन लागिएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले यो अवसरका अधिकतम लाभ लिन पनि सबै विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । महामारीको समाप्तीसँगै शैक्षिक प्रणालीमा परिवर्तन आउनेपनि प्रधानमन्त्रीले बता
काठमाडौं/ सामान्यतयाः १० जुनमा नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गर्दछ । तर यस वर्ष दुई दिन ढिलो अर्थात् १२ जुनदेखि मनसुन नेपाल प्रवेश गरेको छ । पूर्वी नेपालबाट भित्रिएको मनसुन विस्तारै देशभर फैलिँदै जाने छ ।नेपालमा मनसुन भित्रिएको छ । अब पानी पर्ने क्रम बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीमा लाग्न जल तथा मौसम विज्ञान विभागले सबैलाई अनुरोध गरेको छ । पूर्वबाट पश्चिम सर्ने क्रममा छ । सामान्यता ५ देखि ७ दिनभित्र मनसुन देशभर फैलिन्छ ।’ गत वर्ष नेपालमा १० दिन ढिलो अर्थात् ५ असार ९२० जुन० मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो । नेपालबाट मनसुन बाहिरिने सामान्य मिति भनेक
काठमाडौं/विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ )को कारण विश्वका हेरक क्षेत्र प्रभावित भएका छन् । कोरोनाको प्रकोप कम तथा नियन्त्रण गर्न जारी गरेको लकडायनको कारण सबै क्षेत्र बन्द रहेका छन् । यसको प्रत्यक्ष प्रभाव विद्यार्थीहरुमा पनि परेको छ । लकडाउनका कारण विद्यालय जानबाट बञ्चित भएका विद्यार्थीहरुका लागि सरकारले असार १ गतेबाट रेडियो र टिभीबाट कक्षा सञ्चालन गर्ने भएको छ । सरकारले एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत पढाउन सुरु गर्ने तयारी थालेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम
सुनसरी / वराहक्षेत्र नगरपालिकाले प्रत्येक वर्ष प्रदान गर्ने लेखनवृत्ति (फेलोसिप) स्थानीय ४ जना सञ्चारकर्मीलाई प्रदान गर्ने भएको छ । सुनसरी सामुदायिक एफएमको आयोजनामा स्थानीय सञ्चारकर्मीलाई प्रशिक्षणसँगै फेलोसिप प्रदान गरिने कार्यक्रम संयोजक विमला घिमिरेले जानकारी दिइन् । फेलोसिपमा सहभागीलाई दुई सेशनमा प्रशिक्षण प्रदान गरी फेलोसिप लेखनका लागि फिल्डमा पठाइने बताइएको छ । प्रशिक्षणको सहजीकरण जनता टिभीमा आबद्ध पत्रकार दिनेश गजमेर र स्थानीय पत्रकार सन्तोष गुप्ताले गर्नेछन् । फेलोसिपका लागि ‘वराहक्षेत्र नगरपालिकामा क्वारेन्टाइनको अवस्था’का विषयमा र ‘लकडाउनको अवस्थामा वराहक्षेत्रका
काठमाडौं । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण स्थगित भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । बुधबार सााझ बसेको मन्त्रिपरिषदको बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । गत चैत ६ गते देखि हुने भनिएको कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित गरिएको थियो । विद्यालयहरूले आन्तरिक मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र, त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ ।
काठमाडौं । लकडाउनका कारण रोकिएको एसइई र कक्षा ११ र १२को परिक्षाबारे एक साता भित्र निर्णय हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परिक्षाका विषयमा विभिन्न तिन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आउने साता निचोडमा पुग्ने बताएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले विहिबार गरेको भर्चुअल संवादमा उनले विकल्पका विषयमा साता दिन भित्र निर्णय हुने बताए । अहिले परीक्षा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने विषयमा छलफल भइरहेको बताउँदै उनले परीक्षा सञ्चालन गर्न सम्भव नभए राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिन कस्तो कानूनी उपाय अवलम्बन गर्नुपर्छ भन्ने विषयमा पनि छलफल भइरहेक
विराटनगर । लकडाउन उलंघन गरी विराटनगरको पोखरिया माविले विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिएको विषयमा आरोप प्रत्यारोप चल्न थालेको छ । यो विषयमा सामुदायिक र निजी विद्यालय संचालकका संस्थाबीच नै आरोप प्रत्यारोप चल्न थालेको हो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) मोरङ, नेपाल निजी तथा आवाससीय विद्यालय संगठन (एनप्याब्सन) विराटनगर,संस्थागत विद्यालय शिक्षक युनियन(इष्टु) मोरङ र निजी तथा आवासीय विद्यालय संगठन(प्याब्सन) विराटनगरले संयुक्त विज्ञाप्ती प्रकाशित गरी पोखरियाले गल्ती ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् । कोरोना भाइरसको महामारीले आक्रान्त भएका बेला एकल निर्णयमार्फत ठूलो संख्याम