नयाँ शैक्षिक सत्र वैशाखमै

  • चैत २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt -फाइल तस्बिर

धरान । सरकारले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान वैशाख महिनामै सञ्चालन गर्न सबै स्थानीय तह र विद्यालयहरुलाई निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यतालिका सहित विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो । ‘व्यवस्थापन समितिको बैठकबाट नै निर्णय गराई कार्यतालिका सहित विद्यार्थी भर्ना कार्यक्रम २०७९ वैशाख महिनामा नै सञ्चालन गर्ने, केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ । विकास केन्द्रका प्रवक्ता डिल्ली लुइँटेलले नयाँ भर्नाका लागि रेडियो, एफएम लगायत माध्यमबाट प्रचारप्रसार गर्न पनि स्थानीय तह र विद्यालयलाई आग्रह गरेको जानकारी दिए ।

उनले भने, ‘आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक अध्ययन केन्द्रहरुलाई विद्यालय बाहिर रहेका बालबालिकाहरूको लगत संकलन, भर्नाको समय स्थान सबै मिलाउन पनि भनेका छौँ, भर्ना गराएपछि सबै तथ्यांक उनीहरुले हामीलाई दिनुपर्छ ।’ पठनपाठन भने जेठ १ बाट थाल्न यसअघि नै शिक्षा मन्त्रालयले निर्देशन दिइसकेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved