विपत्तिको सामाना गर्न विद्यार्थीलाई शिक्षा

  • चैत १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । दैनिक जीवनमा आइपर्ने विपद एवं प्रकोप र त्यसबाट जोगिने उपाय बारे विद्यार्थीहरुलाई जानकारी दिंदै एकदिने विपद जोखिम न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

इटहरी–६ स्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी बोर्डिंङ्ग स्कुलमा रहेको मोडर्न बाल क्लबको आयोजनामा विद्यालयमा अधययनरत एकसय जना भन्दा बढि विद्यार्थीहरुलाई प्रकोप एवम् विपदबाट जोगिने उपायहरुबारे जानकारी गराईएको हो ।

सशस्त्र प्रहरी बल एक नम्बर, बराह बाहिनी पकलीले सहजीकरण गरेको कार्यक्रममा सशस्त्र प्रहरीबलका प्रदेश स्तरीय विपद व्यवस्थापन टिमका कमान्डर डिएसपी विरेन्द्र खनालले प्राकृतिक एवम् मानिवय कमजोरीका कारणले आइपर्ने विपद एवं प्रकोपबाट जोगिने उपाय बारे स्कुले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । कुनैपनि प्रकोप वा विपदले पूर्व सूचना दिएर नआउने बताउँदै आईपर्ने दुर्घटनाबाट बच्न विपद व्यवस्थापन र क्षति न्यूनीकरण बारेको चेतना र पूर्व तयारी अत्यावश्यक रहेको बताए । डिएसपी खनालले भने, ’विपदबाट बच्न पहिलो कुरा समुदायको चेतनाको स्तर बढाउँनु पर्छ । अर्को कुरा, सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्व तयारी गर्नुपर्छ । त्यसका लागि विद्यालय स्तरबाटै विद्यार्थीहरुलाई जोखिम न्यूनीकरणका उपाय सिकाउँन सके समुदाय स्तरमा जोखिम न्यूनीकरणमा सहयोग पुग्छ ।’

विगतमा चीन र हाईटीमा गएको भूकम्पमा भएको मानवीय र भौतिक क्षतिको तुलना गर्दै विपद व्यवस्थापनका विज्ञ डिएसपी खनालले पूर्व तयारी र विपद सम्बन्धि चेतना भएकाले चीनमा मानवीय र भौतिक क्षति तुलनात्मक रुपमा कम भएको बताए ।

भूकम्प, बाढी, आगलागीको जोखिम उच्च रहेको बताउँदै उनले भने, ‘पूर्व तयारीको अभाव र समुदाय स्तरमा चेतनाको कमिले हईटीमा मानवीय र भौतिक क्षति बढी भयो । हामीले पनि तयारी र चेतना बृद्दी गराउन सकेनौं भने ठुलो क्षति बेहोर्नुपर्ने अवस्था छ ।’

त्यसैगरी, विद्यालय संचालक समितिका अध्यक्ष संजीव वाग्लेले यस्ता सचेतनामुलक प्रशिक्षणले विद्यार्थीलाई पाठ्यपुस्तकमा पढ्नुपर्ने विपद सम्बन्धि विषयहरुमा अझ जागरुक र सचेत बनाउँने बताउँदै समाजमा आइपर्ने विभिन्न प्रकोप एवम् विपद व्यवस्थापन, न्यूनीकरणमा योगदान गर्ने बताए ।

समाज जोखिम न्यूनीकरणमा जति सचेत हुन्छ प्रकोपबाट हुने क्षति त्यतिनै कम हुने बताउँदै वाग्लेले भने, ‘विपद न्यूनीकरणको लागि विपद व्यवस्थापन संबन्धि चेतनाले धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसका लागि किशोर किशोरी अवस्थाबाटै दिईने यस्ता प्रशिक्षणहरुले समाजमा आइपर्ने विपदको सम्भावित जोखिम कम गर्न मद्दत गर्छ ।’

बुधवार ‘मोर्डन बाल क्लब’को आयोजनामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भीम बहादुर श्रेष्ठले सहभागी बालबालिकाले विपदबाट जोगिने विषयमा राम्रो जानकारी पाएको बताउँदै यस्ता कार्यक्रमले भोलिहुने सम्भावित क्षति न्यूनीकरणका लागि चेतनशील समाज निर्माणमा समेत महत्वपूर्ण योगदान हुने बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved