टिकटकर्सद्वारा वालवालिकाको शिक्षामा सहयोग

  • फागुन २२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रविधिको प्रयोग बाट असहायका लागि, समाजका लागि केहि राम्रो पनि गर्न सकिन्छ भन्ने उदाहरण टिम ए टिकटकर्स गु्रपले देखाएको छ । टिम ए टिकटकर्स ग्रुप विदेशमा रहेको नेपालीहरुको हो । उनीहरुले केहि समय अघि मात्र टिकटक लाइभ मार्फत च्यारिटि अभियान चलाएका थिए । जसलाई हेरेर देश विदेशमा रहेका टिकटकर्सहरुले आर्थिक सहयोग गरेका छन ।

टिम ए टिकटकर्स ग्रुपले धरान पोजिटिभ समुहको मातहतमा रहेको एचआइभी पोजिटिभ तथा प्रभावित वालवालिकाहरुको शिक्षाको लागि हातेमालो अक्षयकोषलाई एक लाख ९ हजार ६ सय रुपैया आर्थिक सहयोग गरेका छन । उनिहरुले एचआइभी संक्रमित वालवालिका र उनीहरुको अभिभावकलाई खाना र खाजा समेत खुवाएका थिए ।

सहयोगका लागि टिम ए टिकटकर्सका सदस्य धरान ११ स्थित पविन राईले संयोजन गरेका थिए । राई व्रिटिस आर्मीमा भर्ति हुने पहिलो नेपाली महिला हुन । उनैको संयोजनमा टिम ए ले अक्षयकोषमा सहयोग गरेका हुन । टिम ए मा नेपाल, युके र युएसका गरि दश जना सदस्यहरु छन । सदस्यहरुमा पविन राई पवु युके, सानुमाया युके, गिता युके, स्विट सपु युके, माइलि राना युके, अन्तिम सोल्टि युएसए, सोनिया राई युके, वर्षा लिम्वु नेपाल र गंगा गुरुङ्ग ७ सय ३० नेपाल वाट रहेका छन । उनिहरुले टिक टक लाइभमा आएर च्यारिटि अभियान चलाएका थिए ।

धरान १ स्थित धरान पोजिटिभ समुहको कार्यलयमा एक कार्यक्रमको आयोजना गरि सहयोग रकम हस्तान्तरण गरिएको थियो । सहयोग रकम सहयोग दाताको तर्फ वाट आएका पविन राईका वुवा इन्द्रवहादुर राई, आमा प्रमिला राई, दिदि निलम राई, गु्रपका नेपाल प्रतिनिधि पवित्र सुनुवार लगायतले संयुक्त रुपमा कार्यक्रमका सभाध्यक्ष धरान पोजिटिभ समुहका कोषाध्यक्ष रोमनकुमार राई, प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र कार्यलय प्रमुख सुजना गोलेलाई हस्तान्तरण गरेका थिए ।

धरान रनको सहयोगमा स्थापना भएको अक्षयकोषमा हाल छ लाख ८२ हजार रुपैया रहेको कार्यक्रमका सभाध्यक्ष रोमनकुमार राईले जानकारी दिए । अक्षय कोषको व्याज वापत आएको रकमले हरेक ६ महिनामा संक्रमित तथा प्रभावित वालवालिकाको शिक्षामा सहयोग गदै आइरहेको थियो । तर, कोरोना महामारीको समयमा भने विद्यालय वन्द भएको कारण कोरोनाकालमा विपन्न तथा असहाय संक्रमित तथा प्रभावित परिवारलाई खाद्यान्न सहयोगमा व्याजि रकम खर्चिएको राईले वताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved