अर्थ

    Showing ९७१-९८० of १,०८८ items.
  • सुनको भाउ भाउमा पुन:गिरावट्

    काठमाडौं । नेपाली बजारमा उकालो लाग्दै गएको सुनको मुल्यमा फेरी गिरावट आएको छ । आइतबार तोलामा ९८ हजार ४ सयमा बिक्री भएको सुनको मुल्यमा ५ सय घटेर ९७ हजार ९ सय कायम भएको छ । यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९७ हजार ४ सय कायम भएको छ । हिजो तोलाको ९७ हजार ९ सय तोकिएको थियो । यसैगरी चाँदीको भाउ फेरि पनि तोलामा २५ रुपैयाँले गिरावट आएको छ । हिजो तोलाको १३ सय ४५ रुपैयाँमा झरेको चाँदी आज फेरि १३ सय २० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • १,९३१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाको शहिदभूमि गाउँपालिकामा टमाटर खेती

    धनकुटा, ७ भदौ / कोरोना भाइरसको महामारीका बाबजुद पनि धनकुटाको शहिदभूमि गाउँपालिकाबाट गत वर्ष ७२ मेट्रिक टन टमाटर बाहिर निर्यात भएको छ । कृषकहरुले सामाजिक दुरी कायम गर्दै यस वर्ष सो गाउँपालिकाको ३ सय हेक्टर जमिनमा टमाटर खेती गरेका थिए । यो सिजनमा गाउँपालिकाबाट ७२ मेट्रिक टन टमाटर बाहिर निर्यात भएको कृषि प्राविधिक खीरप्रसाद राईले बताए । गत वर्ष सहिदभूमि गाउँपालिकाबाट २० करोड रुपैयाँ बराबरको टमाटर बाहिरी जिल्लामा निर्यात भएको थियो । । यस वर्ष पनि टमाटर खेतीबाट गत वर्षकै हाराहारीमा कृषकहरुले आम्दानी गर्ने अपेक्षा लिएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । टमाटरको सिजनमा सहिदभूमि ग

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • १,१४६ पटक पढिएको
    • "सन्तोष रुचाल"
  • ग्रीनल्याण्ड कलेजद्वारा मोरङ प्रहरीलाई फेससिल्ड प्रदान

    विराटनगर । विराटनगर स्थित ग्रीनल्याण्ड कलेजले कोरोना भाईरसविरुद्धको अभियानमा कार्यरत नेपाल प्रहरीलाई फेसशील्ड सयहयोग गरेको छ । कलेजले सामाजिक उत्तरदायित्व वहन गर्दै कोभिड–१९ (कोरोना भाइरस) को महामारीको समयमा उच्च जोखिमकासाथ अग्रमोर्चामा कार्यरत जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीलाई फेसशील्ड सहयोग गरेको हो । कलेजले औपचारिक रुपमा आईबार ३ सय थान फेसशील्ड मोरङ प्रहरीअन्तर्गत वडा प्रहरी कार्यालय विराटनगर (क) का प्रहरी प्रमुख डिसपी बेदप्रसाद गौतमलाई हस्तान्तरण गरेको हो । कलेजका प्रिन्सिपल दिपक पोखरेलले फिल्डमा खटिने प्रहरीमा समेत कोरोना संक्रमण देखिन थालेकोले बचाउमा सहयोग पुगोस भन्ने उद्दे

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • १,०७४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खोटाङको दिक्तेल रुपाकोटमा कोरोना रोकथाम राहतकोषमा १ करोड भन्दा बढी रकम जम्मा

    खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न स्थापना गरेको राहत कोषमा १ करोड ६ लाख ८ हजार रुपैया जम्मा गरेको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचार तथा राहत कोषमा जनप्रतिनिधिको सेवासुविधा, कर्मचारी÷शिक्षकको तलब कट्टी, विभिन्न योजनाबाट रकमान्तर, संघीय सरकार, प्रदेश सरकार, व्यक्ति तथा संघसंस्थाबाट नगरपालिकाको कोरोना कोषमा सो रकम जम्मा भएको हो । कोरोना रोकथाम, नियन्त्रण र उपचार तथा राहत कोषमा नगरपालिकाका निर्वाचित जनप्रतिनिधिको एक महीनाको सेवा सुविधावापत ९ लाख ५४ हजार, नेपाल सरकारले तोकेको मापदण्ड अनुसार कर्मचारी (स्वास्थ्यकर्मी बाह

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • १,०५५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सहिदभूमि गाँउपालिका बाँझो जमिनको सदुपयोग गर्दै वृक्षरोपण

    धनकुटा, ६ भदौ / धनकुटाको सहिदभूमि गाँउपालिकाले खाँली रहेको बाँझो जमिनको सदुपयोग गर्दै वृक्षरोपण गर्न शुरु गरेको छ । स्थानीय कृषकहरुको दिगो आयआर्जनमा वृद्धि गर्दै लैजाने उद्देश्यले गाउँपालिकाका खाँली रहेका बाँझो जमिनमा फलफूलको विरुवा वृक्षारोपण गरिएको हो । संयुक्त राष्ट्र संघ (यूएनडिपी), सहिदभूमि गाउँपालिका र पर्डेप नेपाल धनकुटाको संयुक्त पहलमा एभोकाडो र आँपको एक हजार विरुवा गाउँपालिकाका ३ सय ५० रोपनीमा वृक्षरोपण गरिएको हो । गाउँपालिकाको वडा नं. ६ थलथलेमा रहेको एक सय ५० रोपनी खाँली सार्वजनिक जमिनमा ५ सय बोट एभोकाडोको विरुवा रोपिएको छ । त्यसैगरी वडा नं. १ को गोपालपुर बिडीटोलको दुई सय रोपनी सार

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • ९५६ पटक पढिएको
    • "सन्तोष रुचाल"
  • किसानलाई घाँस काट्ने मेसिन

    इलाम  / ‘किसानसंग संमृद्धि’अभियान अन्तर्गत इलामको सूर्योदय नगरपालिकाले १४ वडाका ५६ जना पशुपालक किसानहरुलाई मोटर सहितको घाँस काटने मेसिन वितरण गरिएको छ । कृषिमा आधुनिकिकरण गर्दै उत्पादन लागत कम गर्ने उद्देश्यले नगरपालिकाले कृषिमा आवद्ध किसानहरुलाई ५० प्रतिशत अनुदानमा घाँस काटने मेसिन वितरण गरिएको हो । नगरको बार्षिक कार्यक्रम अनुसार पशुसेवा शाखाको सिफारिसमा नगरले उक्त मेसिन बितरण गरेको छ । किसानलाई मेसिन मात्र दिदा गतबर्ष त्यति प्रभावकारी नभएकोले यो बर्ष मोटर सहित मेसिन बितरण गरिएको नगरप्रमुख रण बहादुर राईले जानकारी दिए । नगरले दुध उत्पादन बढाएर पाउडर प्लान्ट संचालन गर्ने योज

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • २,७९७ पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • चौधरी फाउण्डेसनद्धारा प्रदेश सरकारलाई भेन्टिलेटर हस्तान्तरण

    विराटनगर, २ भदौ । प्रदेश १ सरकारलाई चौधरी फाउण्डेसनले पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । आज विहान आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक रामजी कटुवालले एउटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । भेन्टिलेटर ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना नियन्त्रण सरकारबाट मात्रै संभव नभएकाले सवैको सहाकार्य आवस्यक रहेको बताउनुभयो । सवैको सहकार्यमा कोरोनालाई नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । मन्त्री घिमिरेले संक्रमण बढेका स्थानहरुमा कोरोना नियन्त्रणका कामहरु भईरहेको बताउनुभयो । संक्रमण बढेसँगै प्रदेश सरकारले परीक्षणका लागि प्राथमिकता निर्धार

    • प्रकाशित मितिः भदौ २, २०७७
    • ९१० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनका कारण मारमा परेका उद्योगी, व्यवसायीहरुलाई उद्योग वाणिज्य संघ धनकुटाले नवीकरणमा ५० प्रतिशत छुट दिने

    धनकुटा, २ भदौ / लकडाउनका कारण मारमा परेका उद्योगी, व्यवसायीहरुलाई उद्योग वाणिज्य संघ धनकुटाले नवीकरणमा ५० प्रतिशत छुट दिने भएको छ । लकडाउनका कारण उद्योग, व्यापार व्यावसाय धारासायी बन्दै गएकाले व्यावसायीहरु चरम आर्थिक संकटमा परेकाले यस आर्थिक बर्षको सदस्यता नवीकरणमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको धनकुटा उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले बताए । कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि सरकारले लगाएको लकडाउनका कारण पूर्णरुपमा व्यावसाय संचालन हुन नसक्दा अहिले उद्योगी, व्यापारी तथा व्यावसायीहरु चरम आर्थिक संकटमा परेकाले संघको तर्पmबाट पनि सदस्यता नवीकरणमा ५० प्रतिशत छुट दिने निर

    • प्रकाशित मितिः भदौ २, २०७७
    • ७९३ पटक पढिएको
    • "सन्तोष रुचाल"
  • भन्सारको लापरवाही, लकडाउन क्षेत्रमा भारतीय मालवाहक ट्रकलाई प्रवेश पास

    धरान । लकडाउनका कारण सबै क्षेत्र बन्द रहे पनि सिमानामा रहेका भन्सार कार्यालयहरुले भारतीय मालवाहक ट्रकहरुलाई प्रवेश गर्न दिए पछि निर्वाध रुपमा नेपाल प्रवेश गर्न थालेका छन् । मोरङ, सुनसरीका अधिकांश नगरहरुमा लकडाउनको घोषणा गरिएको छ, तर भन्सार कार्यालयको प्रवेश पास लिएर भारतबाट मालवाहक ट्रकमा सामान लिएर आउने क्रम पनि बढ्दै गएको छ । भन्सार कार्यालय रहेको विराटनगरमै पनि लकडाउन गरिएको छ तर भारतीय मालवाहक ट्रकहरु विराटनगर हुँदै सुनसरीको धरानमा निर्वाध रुपमा आउने गरेका छन् । गत शुक्रबार राती धरानको प्रवेशद्वार तिनकुनेमा भारतको लखनउबाट आएको दुई ट्रक आलु तिनकुने चेकपोष्टले पक्राउ गरेर राखेको छ । धरान स्

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • १,१२० पटक पढिएको
    • "दिनेश गजमेर"
  • १ अर्बको लगानीमा युवाहरुद्धारा क्वालिटी पेपर ईण्डष्ट्रिज सञ्चालन

    चितवन /  चितवनको छिमेकी जिल्ला नवलपुरको आरुङ्गखोलामा १ अर्ब रुपैयाँको लागतमा नयाँ कागज उद्योग सञ्चालन आएको छ । कागज उद्योगको ईतिहास जोडिएको नवलपरासी जिल्ला हाल नवलपुर र पश्चिम नवलपरासीको रुपमा रहेको छ । भृकृटी कागज उद्योग हाल वन्द रहेपनि तत्कालिन अवस्थामा कागजको जिल्लाको रुपमा परिचित थियो ।नवलपरासीको पहिचान फेरि स्थापित गर्न युवा व्यवसायहरुको लागानीमा क्वालिटी पेपर ईण्डष्ट्रिज  प्रा.लिले सञ्चालन आएको हो ।उद्योगले आज पत्रकार सम्मेलन गर्दै स्वदेशमा खेर गएको कागजजन्य फोहर र स्थानिय कच्चा पदार्थको प्रयोगबाट नयाँ क्वालिटी पेपर ईण्डष्ट्रिज प्रा।लिले सञ्चालन ल्याएको जनाएको छ । नवलपुरस्थित

    • प्रकाशित मितिः साउन २८, २०७७
    • ९२१ पटक पढिएको
    • "राजेन्द्र आचार्य"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved