सहिदभूमि गाँउपालिका बाँझो जमिनको सदुपयोग गर्दै वृक्षरोपण

  • भदौ ६, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा, ६ भदौ / धनकुटाको सहिदभूमि गाँउपालिकाले खाँली रहेको बाँझो जमिनको सदुपयोग गर्दै वृक्षरोपण गर्न शुरु गरेको छ ।

स्थानीय कृषकहरुको दिगो आयआर्जनमा वृद्धि गर्दै लैजाने उद्देश्यले गाउँपालिकाका खाँली रहेका बाँझो जमिनमा फलफूलको विरुवा वृक्षारोपण गरिएको हो । संयुक्त राष्ट्र संघ (यूएनडिपी), सहिदभूमि गाउँपालिका र पर्डेप नेपाल धनकुटाको संयुक्त पहलमा एभोकाडो र आँपको एक हजार विरुवा गाउँपालिकाका ३ सय ५० रोपनीमा वृक्षरोपण गरिएको हो ।

गाउँपालिकाको वडा नं. ६ थलथलेमा रहेको एक सय ५० रोपनी खाँली सार्वजनिक जमिनमा ५ सय बोट एभोकाडोको विरुवा रोपिएको छ । त्यसैगरी वडा नं. १ को गोपालपुर बिडीटोलको दुई सय रोपनी सार्वजनिक जमिनमा ५ सय बोट आँपको विरुवा रोपण गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मीनप्रसाद सुवेदीले बताए । उक्त विरुवा खरिद गर्दा ५ लाख ५० हजार खर्च भएको थियो ।

सहिदभूमि गाँउपालिकाको कार्यक्रम, संयुक्त राष्ट्र संघ (यूएनडिपी) को सहयोग तथा पर्डेप नेपालको समन्वयमा गाउँपालिकाको कुनै पनि बोटविरुवा नभएका खाँली जमिनहरु छनौट गरेर फलफूलका विरुवाहरु रोपण गरिएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । उनले भने–‘फलफुलको विरुवा रोपणले भिरालो भएको जमिनमा पहिरो जानबाट रोक्नुको साथै कृषकहरुको आयआर्जनमा पनि बृद्धि हुन सक्छ ।

त्यसैले यो कार्यक्रमलाई अगाडी बढाएका हौं ।’ यसका साथै अहिले विश्वमा जलवायू परिवर्तनका कारण वातावरणमा गम्भीर प्रभाव परिरहेकाले वातावरणलाई बृक्षरोपणले सन्तुलनमा राख्न पनि सहयोग पु¥याउँदछ–अध्यक्ष राईले भने ।117532004_311522053430003_7091305627533824663_n 117532629_2557495241228220_923166769484784043_n

गाउँपालिकाले सार्वजनिक जमिनमा रोपिएको आँप र एभोकाडोको विरुवा संरक्षण तथा हुर्काउने बढाउने र आम्दानीको स्रोत बलियो बनाउनका निम्ति कृषकहरुलाई जिम्मा दिएको छ । यसबाट गरिब, विपन्न कृषकहरुलाई दिगो आयआर्जनका लागि नियमित आम्दानीको स्रोत पनि बन्न सक्दछ ।

दिगो शान्ति, समृद्ध र विकासको लागि आर्थिक रुपान्तरण आवश्यक रहेकाले यो अभियानलाई अगाडी बढाएको पनि अध्यक्ष राईले जोड दिए । सहिदभूमि गाँउपालिकामा सिंचाईबाट सिञ्चित बनाउन प्रदेश सरकार मार्फत सिंचाई कार्यक्रम पनि सञ्चालन भईरहेको प्रदेश नं. १ का सांसद निरन राईले बताए । यसले पनि बाँझो र सुख्खा क्षेत्रमा बृक्षरोपण गर्न सहयोग पुग्ने स्थानीय कृषक पदम भण्डारीले बताए ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved