इलाम / ‘किसानसंग संमृद्धि’अभियान अन्तर्गत इलामको सूर्योदय नगरपालिकाले १४ वडाका ५६ जना पशुपालक किसानहरुलाई मोटर सहितको घाँस काटने मेसिन वितरण गरिएको छ ।
कृषिमा आधुनिकिकरण गर्दै उत्पादन लागत कम गर्ने उद्देश्यले नगरपालिकाले कृषिमा आवद्ध किसानहरुलाई ५० प्रतिशत अनुदानमा घाँस काटने मेसिन वितरण गरिएको हो ।
नगरको बार्षिक कार्यक्रम अनुसार पशुसेवा शाखाको सिफारिसमा नगरले उक्त मेसिन बितरण गरेको छ । किसानलाई मेसिन मात्र दिदा गतबर्ष त्यति प्रभावकारी नभएकोले यो बर्ष मोटर सहित मेसिन बितरण गरिएको नगरप्रमुख रण बहादुर राईले जानकारी दिए ।
नगरले दुध उत्पादन बढाएर पाउडर प्लान्ट संचालन गर्ने योजना अनुसार अहिले नगरका किसानलाई गाई वितरण, घासको बीउँ र बिरुवा बितरण गर्नुका साथै भकारो सुधार कार्यक्रम समेत गरिरहेको छ । सूर्योदय नगरपालिकाका आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माले प्रतिगोटा ३० हजार मुल्यको मेसीनमा किसानले आधा लगानी गरेको बताए ।
पुरै अनुदान दिदा किसानको दायीत्व नदेखिने भएकाले किसानलाई थप जिम्मेवार बनाउन ५० प्रतिशत अनुसानको कार्यक्तम ल्याईएको जानकारी दिए । नगरपालिकाले ‘किसानसंग संमृद्धि’अभियान नामको कार्यक्रम नै नगरपालिकामा संचालन गरिरहेको छ ।