खोटाङको दिक्तेल रुपाकोटमा कोरोना रोकथाम राहतकोषमा १ करोड भन्दा बढी रकम जम्मा

  • भदौ ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न स्थापना गरेको राहत कोषमा १ करोड ६ लाख ८ हजार रुपैया जम्मा गरेको छ ।

कोरोना रोकथाम, नियन्त्रण र उपचार तथा राहत कोषमा जनप्रतिनिधिको सेवासुविधा, कर्मचारी÷शिक्षकको तलब कट्टी, विभिन्न योजनाबाट रकमान्तर, संघीय सरकार, प्रदेश सरकार, व्यक्ति तथा संघसंस्थाबाट नगरपालिकाको कोरोना कोषमा सो रकम जम्मा भएको हो ।

कोरोना रोकथाम, नियन्त्रण र उपचार तथा राहत कोषमा नगरपालिकाका निर्वाचित जनप्रतिनिधिको एक महीनाको सेवा सुविधावापत ९ लाख ५४ हजार, नेपाल सरकारले तोकेको मापदण्ड अनुसार कर्मचारी (स्वास्थ्यकर्मी बाहेक) र शिक्षकको तलब कट्टीबापत १७ लाख ६० हजार, विभिन्न नगरस्तरीय योजना÷कार्यक्रमबाट रकमान्तर तथा संशोधनबाट ५२ लाख ६३ हजार, स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमबाट रकमान्तर १२ लाख ८८ हजार, संघीय सरकारबाट १ लाख १३ हजार, प्रदेश सरकारबाट १० लाख र विभिन्न व्यक्ति तथा संघसंस्थाबाट ३ लाख पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

त्यसमध्ये रू. ७३ लाख भन्दा बढी रकम खर्च गरेको नगरपालिकाले बताएको छ । ‘मिट द प्रेस’ कार्यक्रम आयोजना गरी नगरपालिकाले दिएको जानकारी अनुसार राहत वितरणका क्रममा ४४ लाख ८६ हजार, क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापनमा ११ लाख ५० हजार, स्वाब तथा बिरामी ओसारपसारमा ९७ हजार, सूचना, सञ्चार तथा सचेतना कार्यक्रममा ९७ हजार खर्च भएको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिए ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved