चौधरी फाउण्डेसनद्धारा प्रदेश सरकारलाई भेन्टिलेटर हस्तान्तरण

  • भदौ २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर, २ भदौ । प्रदेश १ सरकारलाई चौधरी फाउण्डेसनले पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ ।
आज विहान आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक रामजी कटुवालले एउटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । भेन्टिलेटर ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना नियन्त्रण सरकारबाट मात्रै संभव नभएकाले सवैको सहाकार्य आवस्यक रहेको बताउनुभयो । सवैको सहकार्यमा कोरोनालाई नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो ।
मन्त्री घिमिरेले संक्रमण बढेका स्थानहरुमा कोरोना नियन्त्रणका कामहरु भईरहेको बताउनुभयो । संक्रमण बढेसँगै प्रदेश सरकारले परीक्षणका लागि प्राथमिकता निर्धारण गरेको उहाँले बताउनुभयो । लक्षित समूहको परीक्षण गर्नेगरि प्राथमिकता निर्धारण गरिएको मन्त्री घिमिरेको भनाई छ ।

चौधरी फाउण्डेसनले देशभरी ८ वटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्ने योजना रहेको प्रवन्धक राम जी कटुवालले बताउनुभयो । उहाँले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताललाई भेन्टिलेटर हस्तान्तरण गर्ने कार्यक्रम अन्र्तगत कोशी कोभिडलाई उपलब्ध गराईएको बताउनुभयो ।

फाउण्डेसनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पनि एउटा पोर्टेवल भेन्टिलेटर उपलब्ध गराउने उहाँले बताउनुभयो ।

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved