भन्सारको लापरवाही, लकडाउन क्षेत्रमा भारतीय मालवाहक ट्रकलाई प्रवेश पास

  • साउन ३२, २०७७
  • "दिनेश गजमेर"
alt

धरान । लकडाउनका कारण सबै क्षेत्र बन्द रहे पनि सिमानामा रहेका भन्सार कार्यालयहरुले भारतीय मालवाहक ट्रकहरुलाई प्रवेश गर्न दिए पछि निर्वाध रुपमा नेपाल प्रवेश गर्न थालेका छन् ।
मोरङ, सुनसरीका अधिकांश नगरहरुमा लकडाउनको घोषणा गरिएको छ, तर भन्सार कार्यालयको प्रवेश पास लिएर भारतबाट मालवाहक ट्रकमा सामान लिएर आउने क्रम पनि बढ्दै गएको छ । भन्सार कार्यालय रहेको विराटनगरमै पनि लकडाउन गरिएको छ तर भारतीय मालवाहक ट्रकहरु विराटनगर हुँदै सुनसरीको धरानमा निर्वाध रुपमा आउने गरेका छन् ।

गत शुक्रबार राती धरानको प्रवेशद्वार तिनकुनेमा भारतको लखनउबाट आएको दुई ट्रक आलु तिनकुने चेकपोष्टले पक्राउ गरेर राखेको छ । धरान स्थित कृषि उपज बजार स्थलका व्यापारी शिवचन्द्र चौधरीले भारतको लखनउबाट आलु मगाएका हुन् । अहिले पनि ट्रक तिनकुने चेकपोष्टमै रहेको छ । भारतको लखनउबाट युपि ४१ एटि ५४४२ र युपि ५८ टि ५५०१ नम्बरको मालवाहक ट्रकमा ५१ टन आलु ल्याइएको हो ।
भन्सारबाट प्रवेश रोकेको थियो भने सामान लिएर नआउने ट्रकका चालक संजय कुमार बताउँछन् । उनले भने, ‘एजेन्टले भन्सार कटाइ दिए पछि हामीले सम्बन्धीत व्यापारीको सम्म पुर्याउने गर्छौ, बन्द छ नल्याउन भनेको भए हामी ल्याउनेनै थिएनौं ।’

आलु अर्डर गरेका शिवचन्द्र पनि अहिले सम्म रोकिएको सामान हेर्न पुगेका छैनन् । उनलाई बारम्बार सम्पर्क गर्दा पनि आउँने भन्दै जवाफ फर्काउने गरेको संजयले बताए । दुई वटा ट्रकमा ४ जना आएका छन् । उनीहरु अहिले पनि गाडिमै पकाउने, खाने गरेका छन् । तर उनीहरु कोरोना संक्रमणबाट सुरक्षित छन् कि छैनन्, कुनै चेकजाँच गरिएको छैन् ।

लकडाउन घोषणा भएका स्थानहरुमा प्रवेश गर्न दिनु अघि स्थानीय प्रशासन सँग भन्सारले समन्वय गर्नु पर्ने आवश्यक्ता रहेको तिनकुने क्षेत्रका रमेश पौडेल बताउँछन् । उनले भने, ‘भन्सारबाटै रोक लगाउनु पर्छ, नेपाल छिरे पछि त के हो नि । स्थानीय तहले लकडाउन गरेको छ, भारतबाट सामान ल्याउन दिएको छ, यो त भन्सारको पनि लापरवाही हो, यहाँको व्यापारीको पनि हो ।’

लकडाउनमा तरकारी लगायत अन्य वस्तुहरु आयात बन्द गर्न स्थानीय सरकारले आव्हान गरे पनि धरानका व्यापारीहरुले लुकिछिपी वस्तुहरु ल्याउने गरेको पाइएको छ । पहाडी क्षेत्रबाट पनि रातको समयमा बेस क्याम्प माथि सम्म उतैको गाडिले ल्याउने र तलतिर चै व्यपारीको गाडि पुग्ने गरेको पाइएको हो ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved