धनकुटाको शहिदभूमि गाउँपालिकामा टमाटर खेती

  • भदौ ७, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा, ७ भदौ / कोरोना भाइरसको महामारीका बाबजुद पनि धनकुटाको शहिदभूमि गाउँपालिकाबाट गत वर्ष ७२ मेट्रिक टन टमाटर बाहिर निर्यात भएको छ ।

कृषकहरुले सामाजिक दुरी कायम गर्दै यस वर्ष सो गाउँपालिकाको ३ सय हेक्टर जमिनमा टमाटर खेती गरेका थिए । यो सिजनमा गाउँपालिकाबाट ७२ मेट्रिक टन टमाटर बाहिर निर्यात भएको कृषि प्राविधिक खीरप्रसाद राईले बताए । गत वर्ष सहिदभूमि गाउँपालिकाबाट २० करोड रुपैयाँ बराबरको टमाटर बाहिरी जिल्लामा निर्यात भएको थियो । ।

यस वर्ष पनि टमाटर खेतीबाट गत वर्षकै हाराहारीमा कृषकहरुले आम्दानी गर्ने अपेक्षा लिएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । टमाटरको सिजनमा सहिदभूमि गाउँपालिकाबाट दैनिक १० देखि १२ ट्रयाक्टर टमाटर निर्यात हुदै आएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न लगाइएको लकडाउन र निषेधज्ञाको समयमा केही असहजता भएपनि तरकारीजन्य वस्तुको निर्यातमा कुनै रोकतोक नभएका कारण किसानले सामाजिक दुरी कायम गर्दै आफुले उत्पादन गरेका कृषि उपज विक्री वितरण गरी रहेको गाउँपालिका अध्यक्ष राईले बताए । टमाटर विक्री गरेर आफुले वार्षिक ४ लाख रुपैयाँ आम्दानी गरेको स्थानीय कृषक नगेन्द्र राईले बताए । विगत ५÷६ वर्षदेखि व्यवसायिक रुपमा टमाटर खेती गर्दै आएका राईले ८ हजार किलो टमाटर विक्री गरेर ४ लाख बढी आम्दानी गरेको उनले खुशी हुदै बताए । उनले ५० रोपनी जग्गामा टमाटर खेती गरेका छन् ।

टमाटर कृषक राईका अनुसार हरेक वर्ष असार १५ देखि टमाटर टिप्न शुरु गरेर कार्तिक महिनासम्म टिप्न सकिन्छ । कृषकहरुबाट व्यापारीले प्रति केजी ५० रुपैयाँका दरले टमाटर खरिद गर्ने गर्दछन् । सो क्षेत्रमा उत्पादिन टमाटर हिलेबजार, धनकुटा बजार, मुलघाट हुदै तराईका विभिन्न ठूला बजारहरुमा निर्यात हुने गर्दछ । धनकुटाको सबैभन्दा बढी टमाटर खेती हुने स्थान धनकुटा नगरपालिका–९ को बेलहारा, गुठीटार र सहिदभूमि गाउँपालिकाका विभिन्न वडाहरु रहेका छन् ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved