अर्थ

    Showing 301-310 of 1,043 items.
  • किसानलाई ५० लाखको गाई

    भोजपुर/ पौवादुङमा गाउँपालिकाले दूधमा आत्मानिर्भर बन्दै किसानलाई आय आर्जनमा जोड्न उन्नत जातको गाई वितरण गरेको छ । यहाँका पशुपालनका लागि उपयुक्त मानिने तीन वटा वडाका ७५ जना किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण थालेको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा किसानसँगको सहकार्यमा उन्नत जातका गाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिनुभयो । यो कार्यक्रम अन्तर्गत गाउँपालिकाले रु. ५० लाख बजेट विनियोजन गरेर गाई वितरण गरिरहेको उनको भनाइ छ । किसानहरुलाई उद्यमसँग जोड्न यो कार्यक्रमले टेवा पुग्ने बताए । “यहाँका किसानलाई उन्नत जातका गाई वितरण गरेका छौँ

    • प्रकाशित मितिः माघ १५, २०८१
    • 757 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी टप्पुबाट पर्यटन बर्षको तयारी सुरु व्यवसायी उत्साहित,प्रोत्साहनको अपेक्षा

    धरान/  कोशी प्रदेश सरकारले २०८२ लाई ‘पर्यटन बर्ष’ घोषणा गरेसँगै त्यही अनुरुपको तयारी समेत थालेको छ । ‘रमणीय कोशी’ भन्ने नाराका साथ आयोजना हुन लागेको पर्यटन बर्षको तयारीमा कोशी प्रदेश उत्साहित बनेसँगै कोशी प्रदेशमा रहेका पर्यटन व्यवसायी, होटल व्यवसायी तथा पर्यटनसम्बन्धी सरोकारवाला पक्ष उत्साहित बनेका छन् । नेपालको अन्य प्रदेशको तुलनामा कोशी प्रदेश पर्यटकीय सम्भवना बोकेको प्रदेशभित्र पर्दछ । सम्भावना बोकेकै कारण यस प्रदेशभित्र अधिक भन्दा अधिक आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ २०८२ लाई पर्यटन बर्षको रुपमा मनाउने तयारीमा लागेको हो ।कोशी प्रदेश

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 485 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुन्तलाको उन्त्पादनमा कमीः माग धान्नै धौ धौ

    धरान/ अहिले सुन्तालको पिक समय हो । पूर्वी पहाडी जिल्लामा उत्पादन भएका सुन्तलाको माग अत्याधिक भए पनि उत्पादन कम हुदा माघ धान्नै गार्हो भएको कृषि उपज बजारले जनाएको छ । पूर्वी पहाडी क्षेत्रमा यतिखेर सुन्तलाको सिजन सुरु भएको छ । तर गतवर्षको तुलनामा यसपटक पूर्वी पहाडी जिल्लाहरुमा माग अनुसारको सुन्तलाले बजार धान्न नसक्दा सुन्तलाको मूल्य बढेको छ । धरानस्थित कृषि उपज बजारस्थलका अनुसार गत वर्षको तुलनामा ५० प्रतिशत मात्र सुन्तला बजारमा आएको छ । गतवर्ष यो सिजनमा पौष मसान्तसम्म कृषि उपजबजार स्थल धरानमा ४५ सय मेट्रिक टन सुन्तलाको कारोबार भएको थियो । तर, यो वर्ष ३५ सय सय मेट्रिक टन बराबरको सुन्त

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 613 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिर्तामोड महोत्सव: ताप्लेजुङदेखि जुम्लासम्मको अग्यार्निक उत्पादन

    झापा/ जुम्लाकी गंगादेवी राउत यतिबेला आफ्नै खेतीमा उत्पादित अग्यार्निक खाद्य सामग्री लिएर बिर्तामोड आइपुगेकी छिन् । आफ्नै उपार्जन र जिल्लावासीले उत्पादन गरेका कोदो, फापर , मकै , जौं, गहुँको पिठो र मार्सी धानको चामल लिएर उनी बिर्तामोड अन्तराष्ट्रिय व्यापार महोत्सवको स्टलमा बसेकी छिन् । त्यस बाहेक जडिबुटीको चिया, जिम्मु र दाँते ओखरपनि उनको स्टलमा रहेको छ । पोखराकी संगीता गुरुङले रुकुम र डोल्पाको सिमा क्षेत्रबाट भीर महुरीको मह ल्याएकी छिन् । उनको स्टलमा औषधिय गुण भएको मह र लेकाली भेडाको ध्यू उपलब्ध छ । ताप्लेजुङस्थित फुङ्लिनकी माया गुरुङले अलैंचीको रेसाबाट निर्मित हस्तकलाका आर्कषक सामग्रील

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 334 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्काईवाकले तान्यो पर्यटक

    धरान/  कोशी प्रदेशको पर्यटकीय स्थल सुनसरी र धनकुटाको संगम स्थल भेडेटारमा स्काइ वाक सञ्चालनमा आएसँगै आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । वोन्डर्स एम्युजमेन्ट पार्कस् एण्ड एट्रयाक्सन्स प्रालिले धनकुटा साँगुरीगढी गाउँपालिका–६ मा ११ रोपनी क्षेत्रफलमा निर्माण गरेको स्काइ वाक सञ्चालनमा ल्याएसँगै टावर चढेर मजा लिने पर्यटकहरु थपिदै गएका हुन् । टावर सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढेको छ । यहाँ नेपालकामात्र हैन भारतको दार्जिलिङ, पश्चिम बंगालसम्मका पर्यटकहरु भेडेटार आउने गरेका छन् । भेडेटारमा आएका पर्यटकहरुलाई यहाँका आकर्षक स्थलले तान्ने गरेको छ । यो सँगै स्काई

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 1,488 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिलो पटक ‘कोशी एक्सिलेन्स अवार्ड’अवार्ड के हो ?

    इटहरी ।कोशी प्रदेशमा पहिलो पटक ‘कोशी एक्सिलेन्स अवार्ड’ हुने भएको छ । नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सन्चालित प्रदेश खबर इटहरीले उक्त अवार्ड आयोजना गर्ने भएको हो । स्थापनाको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षको अवसरमा आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको दिन कार्यक्रमको भव्य आयोजना गरि अवार्ड प्रदान गरिने प्रालिका अध्यक्ष पवन अधिकारीले बताए ।के हो ‘कोशी एक्सिलेन्स अवार्ड’ ?उक्त अवार्ड १३ विधामा प्रदान गरिने भएको छ । अध्यक्ष अधिकारीका अनुसार शिक्षा,स्वास्थ्य,सञ्चार,साहित्य,पर्यटन,कृषि,कर्पोरेट,बैंिकङ,खेलकुद,सामाजिक, स्टार्टअप, टेक्नोलोजी र इन्स्योरेन्स विधामा महत्त

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 567 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान एक्स्पो २०८१ सकियो,५ करोड कारोबार भएको दाबी

    धरान/  सुनसरीको धरान स्थित रंगशालामा पुस २५ गतेबाट सुरु भएको धरान एक्स्पो २०८१ माघ ८ गते सकिएको छ । नेपाली काँग्रेसका नेता, उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहद्वारा उद्घाटन गरिएको एक्स्पोलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले समापन गरेका हुन्। प्रमुख अतिथी मन्त्री भण्डारीले स्थानीय सरकारलाई प्रष्ट नीति निर्माण गरेर सहकार्यमा अघि बढ्न सुझाव दिएका छन्। उनले भने, ूस्थानीय सरकार भएर आफनो ठाँउको स्पष्ट नीति के हो छुट्याएर अघि बढ्नुपर्छ। हचुवाको तालमा हिँड्न मिल्दैन।ू साथै, उनले कोशी प्रदेश सरकारले धरानको खानेपानी समस्यालाई उच्च प्राथमि

    • प्रकाशित मितिः माघ ९, २०८१
    • 507 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्योग बन्द हुँदा मजदुरको बिजोग

    विराटनगर/ मोरङ सुनसरी औद्योगिक करिडोर अन्तरगत सुनसरीको दुहवीमा सञ्चालनमा रहेको युनाइटेड टेनरिज बन्द हुँदा त्यहाँ कार्यरत मजदुरहरु समस्यामा परेका छन् । उनीहरुलाई जहान परिवार चलाउन समस्या हुन थालेको छ । २०४६ सालदेखि निरन्तर चल्दै आएको उद्योग बन्द हुँदा त्यस उद्योगमा आश्रित भएर परिवार चलाउँदै आएका मजदुरहरु समस्यामा परेका हुन् । दुहबी नगरपालिका वडा नम्बर ६ स्थित युनाइटेड टेनरिज गत असोज छ गतेदेखि बन्द छ ।स्थानीयहरुको विरोधले गर्दा उद्योग बन्द भएको हो । जनावरको छाला प्रशोधन गरी इटाली, चीन, भियतनाम, इन्डोनेसिया, टर्की लगायतका मुलुकमा निर्यात गर्दै आएको उक्त उद्योग स्थानीयको विरोधका कारण सञ्चा

    • प्रकाशित मितिः माघ ९, २०८१
    • 386 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिसान सुनसरीको स्पोर्ट्स सप्ताह

    सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८१ शनिबार देखी सुरु हुने भएको छ । हिसान सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी ११ औं संस्करणको स्पोर्ट्स मिट माघ १३ देखी १९ गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो ।एक सातासम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका बिभिन्न इभेन्ट्सहरुमा प्रतिष्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भटराईले जानकारी दिए । बिगत दुई बर्षदेखी सुरु गरिएको हिसान इटहरी रनलाई ५ किलोमिटरबाट बढाएर यसबर्ष ८ किलोमिटर बनाइएको कार्यक्रम संयोजक सुभाष लुईट

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 496 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान फागुन १० गते कुद्ने (भिडियो सहित )

    धरान/ धरान रन समुहले आफ्नो १३ औ नेवा च्यारीटी तथा धरान १० के रन आउदो फागुनमा गर्ने भएको छ ।धरान रनले आगामी फागुन १० गते उक्त दौड प्रतियोगिता आयोजना गर्न लागेको हो । धरान रनका अध्यक्ष रमु राईले मंगलबार धरान २ देशिलाईन स्थित होटेल नबयुगमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त प्रतियोगिता बारे जानकारी दिएका हुन । राईले वि.स. २०६८ सालमा स्थापित धरान रनले स्थापनाकाल देखि नियमितरुपमा प्रत्येक शनिबार यलम्बर पार्क–तिनकुने रुटमा साप्ताहिक दौड कार्यक्रमको आयोजना गर्दै आईरहेको साप्ताहिक दौड बाहेक हरेक वर्ष फागुन महिनामा “धरान १० के रन नेवा च्यारेटी“ दौड प्रतियोगिता गर्दै आएको र सोहि प

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 647 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved