अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरानमा मार्केट मार्च

  • फागुन २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ झुनास फिट्नेस एण्ड वेलनेश धरान-१९ ले ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मार्केट मार्च कार्यक्रम आयोजना गरेको छ।

फागुन २३ र २४ गते सञ्चालन हुने यो कार्यक्रमअन्तर्गत ३२ वटा स्टलहरू रहनेछन्।

झुनास फिट्नेस एण्ड वेलनेशकी सञ्चालक तथा फिटनेस प्रशिक्षक झुना राईका अनुसार स्टलहरूमा महिलाहरूले उत्पादन गरेका हस्तकला सामग्री, रेडिमेड उत्पादन, विरुवा, रैथाने उत्पादन तथा जातीय र कोरियन परिकारहरू उपलब्ध हुनेछन्।

स्थानीय महिला उद्यमीहरूले सानो लगानीमा उत्पादन गरेका वस्तुहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले मार्केट मार्च आयोजना गरिएको राईले बताइन्। उनले भनिन्, "यो चौथो मार्केट मार्च हो, यसलाई क्रमशः परिमार्जन गर्दै लैजान्छौँ।"

महिलाहरूको कामको अधिकार, समान ज्यालाको अधिकार, मताधिकारको अधिकारसहितको विद्रोहको इतिहास बोकेको ८ मार्चको महत्त्वलाई सम्झँदै महिलाहरूको मेहनत र संघर्षलाई प्रवद्र्धन गर्न यो कार्यक्रम आयोजना गरिएको उनले उल्लेख गरिन्।

२० वर्षदेखि फिटनेस प्रशिक्षकको रूपमा क्रियाशील राईले पाँच वर्षदेखि आफ्नै लगानीमा झुनास फिट्नेस एण्ड वेलनेश सञ्चालन गर्दै आएकी छिन्।

उक्त फिटनेस सेन्टरबाट जुम्बा, एरोबिक, कार्डियो, स्पा, साउना, जिम, स्विमिङ तथा क्याफे सेवाहरू उपलब्ध छन्।

 IMG-20250307-WA0006 IMG-20250307-WA0003 IMG-20250307-WA0009 IMG-20250307-WA0015

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved